SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » ‘राष्ट्रकवि’ के ‘विश्वकवि’ ! ​
बिभिन्न साहित्य/कला

‘राष्ट्रकवि’ के ‘विश्वकवि’ ! ​

Sahitya SagarBy Sahitya SagarJuly 18, 2021No Comments9 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

 

 

 

 

 

 

 

डा. माधव प्रसाद पोखरेल

मधवप्रसाद पोखरेल (२००५ मंसिर ५, विजयपुर, सुनसरी, सुपुत्र : गङ्गाधर पोखरेल र कृष्णदेवी पोखरेल) नेपाली भषा साहित्यका उन्नयनमा बहुमुखी ढङ्गले सक्रिय विशिष्ट प्रतिभा हुन् । उनी भाषाविज्ञानमा विद्यावारिधि एवम् प्राध्यापन पेसामा संलग्न व्यक्तित्व हुन् । उनको पहिलो रचना २०२५ सालमा संस्कृत शब्द चिन्ने तरिका शीर्षकको लेख हो । यो लेख धरानबाट निस्कने विजयध्वनि पत्रिकामा प्रकाशन भएको थियो । पोखरेलका व्याकरणका कृतिहरूमा क्याम्पस स्तरीय नेपाली व्याकरण (२०५३), नेपाली वाक्यव्याकरण (२०५४), ध्वनिविज्ञान र नेपाली भषाको ध्वनि परिचय जस्ता कृति प्रकाशित छन् । उनी सिर्जनातर्फ कवि र निबन्धकार हुन् । उनका मेरो मान्छे (२०५४), नागदहको स्थिति (२०५९), गार्गीको गाँठो (२०६२), निबन्धसंग्रह प्रकाशित छन् । पोखरेलका सम्पादनमा आजको जापानी समाज (२०४४), थकाली र नेपालको खेतीपाती (२०४४), ड्रगागनको देश (२०५१), बुद्धवाणी (२०५३), नेपाली साहित्यकोश (२०५५), जनकलाल शर्माका प्रबन्ध (२०५८), लिम्बु नेपाली–अङ्ग्रेजी शब्दकोश (२०५९), गोरखापत्रका एक सय एक निबन्ध (२०५९), जनकलाल शर्माका संस्मरण (२०६१) जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास क र ख (२०७४ र २०७६) जस्ता विविध कृति प्रकाशित छन् । पोखरेल नेपाली साहित्यका विशिष्ट अध्यता, भाषाविज्ञानका आधिकारिक श्रोतव्यक्तित्व र नेपाली साहित्यका बृहत् इतिहासका अन्वेषक पनि हुन् । उनले सिर्जनातर्फ कविता र निबन्ध विधालाई प्रिय विधा बनाएका छन् । सिर्जना, समीक्षा र भाषाविज्ञानका त्रिआयाममा समानान्तर उचाइमा देखिने पोखरेल सीमित नेपाली उच्चबौद्धिक व्यक्तित्वमध्ये पर्दछन् उनले साहित्य र भषाको सेवावापत विभिन्न पदक, मान, सम्मान र पुरस्कार पाएका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा पोखरेलको राष्ट्रकवि के विश्वकवि शीर्षकको घिमिरेको जीवनी समीक्षालाई समेटिएको छ । यसलाई यहाँ संस्मरण तत्वका आधारा संस्मरणात्मक निबन्धका रुपमा लिइएको छ । यस रचनाले नेपाली साहित्यमा घिमिरेको स्थान र उनको समग्र परिचय राष्ट्रकविका रुपमा मात्र होइन विश्वकविका रुपा छ भन्ने पुष्टि गरेको छ । –सम्पा.

राष्ट्रकवि माधव घिमिरे १०२ पुग्न पाँच हप्ता बाँकी हुँदै आफ्ना कृतिमा मात्र बाँचे । उमेरले दुइटा शताब्दी छोएका घिमिरेको एक मात्र चिनारी कवित्व हो । कविता नै घिमिरेको मूल विधा हो । उन्नाइसौँ शताब्दीमा अमेरिकाली कवि वाल्ट ह्विट्मन र फ्रान्सेली कवि चार्ल्स भोद्लेयरले गद्य कविता लेख्न थाल्नु भन्दा अगाडि र पछाडि नै पनि गेयात्मकता नै कविताको टड्कारो स्वरूप हो । पद्यमयता र गेयात्मकता नै माधव घिमिरेका कविताको एकल विशेषता हो । ‘आफ्नो बाँसुरी, आफ्नै गीत’ (२०४९) का निबन्धहरू पनि ‘चारु चर्चा’ ९२०५८० का समालोचना पनि कवितात्मक र काव्यात्मक नै छन् । प्रज्ञा प्रतिष्ठानबाट उनले सम्पादन गरेको कृति (पच्चीस वर्षका खण्डकाव्य, २०३९) पनि काव्यकै छ । घिमिरेले अनुवाद गरेको ‘नागानन्द’ (२००२) नाटक पनि संस्कृतको पद्यमय (चम्पू) नाटक नै हो । आफैँले लेखेर मञ्चन गराएका उनका गीतिनाटकहरूको गीतिमयता र गेयात्मकताको त कुरै नगरौँ ! घिमिरेका प्रौढ कविता सङ्ग्रह (‘नवमञ्जरी’ १९९४ र ‘चैत वैशाख’ २०६०) र बाल कविता सङ्ग्रह (‘घामपानी’ २०१२, ‘सुनपङ्खी चरी’ २०५३, ‘मनचिन्ते मुरली’ २०५७ र ‘बिजुले र बिजुला’ २०६३) अनि गीत सङ्ग्रह (‘किन्नर किन्नरी’ २०२१) मा पनि गेयात्मकता छुट्ने कुरै आएन !
माधव घिमिरे नेपालका मात्र होइन, अनुवाद गरेर विश्वकै पाठक सम्म पुर्‍याउनु हो भने, विश्वभरका सबै सिकारु र सिद्धहस्त कविहरूका समेत अटुट प्रेरणा स्रोत हुन सक्छन्, किन भने कवि घिमिरे ‘सिलोक’ र ‘श्लोक’ लेख्तैनन्, कविता मात्र लेख्छन् ।
‘कविता’ लेख्ने हरेक कविले आफ्नो रचना कविता भयो कि श्लोक मात्र भयो भन्ने लेखाजोखा गर्नु पर्छ । धेरैजसो तथाकथित ‘कवि’ हरू छन्दमा श्लोक मात्र लेख्छन् र ‘कविता’ लेखेँ भनेर फुरुक्क पर्छन् । गद्य कविता लेख्ने धेरै कविहरूको पनि हालत त्यस्तै छ । हरफहरू भाँचेर पढ्ने वेलामा लेग्रो तान्यो भने, कविता भई हाल्यो भन्ने ठानेर तिनीहरू भुईँमा न भाँडामा हुन्छन् । श्लोकलाई कविता ठान्नु हो भने, गद्यमा भन्दा पद्य (छन्द) मा ‘कविता’ लेख्नु सजिलो हुन्छ ।
कविता चिन्ने एउटा चाहिँ सजिलो सूत्र के हो भने, त्यो रचनामा प्रयोग भएका शब्दहरू बटुलबाटुल गर्दा जे अर्थ आउँछ, त्यो भन्दा बढ्ता अर्थ त्यो रचनाबाट आएन भने, त्यो कवितै होइन । कवितामा त शब्दहरूले पनि रचनामा पस्ता शब्दकोशले दिने आफ्नो अर्थ छोड्न सक्छन् र नयाँ अर्थ दिन थाल्छन्, अनि कवितामा प्रयोग भएका वाक्यले दैनिक बोलचालमा दिने अर्थ नदिएर अर्कै नचिताएको अर्थ दिन थाल्छन् ।
कविता ठम्याउने यस कसीमा विश्वभरका सिद्धहस्त कविका रचनामा कहिलेकहिँ त कविले नै आफुले कहिल्यै चिताएको अर्थ पाठकले निकाल्न सक्छ अनि बेग्ला बेग्लै पाठकले लगाएका बेग्ला बेग्लै अर्थलाई कविले नै पनि त्यो अर्थ बेठिक भयो भनेर आफुले लेखेकै कविताको अर्थमा पनि एकलौटी खटन गर्न पाउँदैन भन्ने कुरो रोलाँ बाथ जस्ता उत्तर संरचनावादी समालोचक र मिसेल फुको जस्ता उत्तर आधुनिक समालोचकहरू ठान्दछन् । गडेमा जस्ता समालोचकहरू त कवितालाई लाक्षणिक बनाउने नै कविले होइन, पाठकले हो भन्ने दृष्टिकोण राख्छन् । यी दृष्टिबाट माधव घिमिरेका २० (२५ ओटा किताबमा भएका असङ्य श्लोकहरू होड गरेर कवितै ठहर्छन् भन्ने मेरो अड्कल छ ।
काव्य र अकाव्यमा के फरक छ भने, अकाव्य ९जस्तै, वैज्ञानिक प्रबन्ध० मा प्रयोग भएका हरेक शब्द र वाक्यले अकाट्य रूपमा एउटै अर्थ दिनु पर्छ, तर काव्यमा चाहिँ शब्द, वाक्य र पुरै कृतिबाट जति धेरै अर्थ निक्लन सक्यो, त्यसको गुण स्तर र उच्चकोटिता त्यसै अनेकार्थताकै अनुपातमा बढ्दै जान्छ । माधव घिमिरेका रचना दोस्रा किसिममा चाहिँ पर्छन् । कृतिबाट सर्वसाधारण पाठकले एउटा अर्थ लगाउँछ, मर्मज्ञ रसिकले एउटै हरफ, श्लोक र कृतिबाट अनेक अर्थ निकाल्न सक्छ । ‘नैषधीय चरित’ मा एउटै श्लोकबाट पाँच ओटा बेग्ला बेग्लै अर्थ लागे जस्तो !
माधव घिमिरेका खण्डकाव्य (‘गौरी’ (२००४) २०१५, ‘नयाँ नेपाल’ २०१३, ‘राजेश्वरी’ २०१७, ‘पापिनी आमा’ २०२७, ‘राष्ट्र निर्माता’ २०३०, ‘इन्द्रकुमारी’ २०५७, ‘दुर्गा सप्तशती’ २०५९) र गीति नाटक (‘शकुन्तला’ २०३७, ‘मालती मङ्गले’ २०४२, ‘विषकन्या’ २०५०, ‘अश्वत्थामा’ २०५३ र ‘हिमाल पारि, हिमाल वारि’ २०५४) जस्ता आख्यानात्मक काव्यहरूमा पनि कथावस्तु जोड्न नभई नहुने अकवितात्मक श्लोक पनि अत्यन्त कम र सके सम्म झिना छन् ।
‘ऋतम्भरा’ महाकाव्य लेखी सकियो भनेर मैले राष्ट्रकविकी जेठी छोरी शान्तिलाई मैले सोधेको थिएँ । उनले भनिन्, ‘हाम्रा लागि त उहाँको महाकाव्य पुरा भई सक्यो, तर उहाँ त्यसलाई दिनहुँ चिल्याई रहनु हुन्छ । जब ‘ऋतम्भरा’ चाँडै प्रकाशित होला, अरु रचना भन्दा त्यो के कम होला र १ महाकाव्य लेख्ने जससुकैलाई महाकवि भन्न सकिन्छ भनेर ‘साहित्य दर्पण’ ले लेखे पनि संस्कृतमा महाकाव्य नै नलेख्ने भवभूतिलाई पनि ‘महाकवि’ भन्ने चलन छ, तर नेपालमा चाहिँ देवकोटा बाहेक अरुलाई महाकवि नभन्ने समालोचकहरूको कन्जुसी ‘ऋतम्भरा’ पढे पछि हट्ला कि !
मेलवादेवी, सेतुराम, मास्टर मित्रसेन थापा, बहादुरसिंह बराल र धर्मराज थापाले नेपाली गीतमा नेपाली लोक तत्त्व मिसाए, तर नेपाली गीतलाई काव्यात्मक लाक्षणिकता चाहिँ माधव घिमिरेले नै दिए । गीतलाई उत्कृष्ट कविता बनाउने प्रेरणा माधव घिमिरेले नै हरिभक्त कटुवाल, अम्बर गुरुङ, रत्न शम्सेर थापा, किरण खरेल, राममान तृषित, कालीप्रसाद रिजाल, क्षेत्र प्रताप अधिकारी, कृष्णहरि बराल, दिनेश अधिकारी, राजेन्द्र थापा र श्रवण मुकारुङ, जस्ता गीतकारहरूलाई दिए ।
कवि घिमिरेलाई ‘राष्ट्रकवि’ को पदवी दिने र रथयात्रा गराउने योजना नेपाल सरकारले बनाएका वेलामा घिमिरेको सम्मानमा एउटा विशेषाङ्क निक्ल्यो । त्यसका लागि मसँग पनि सम्पादक मण्डलले एउटा लेख माग्यो । म चाहिँ ‘पार्टटाइम’ समालोचक मात्र हुँ, त्यसैले मैले माधव घिमिरेजीलाई फोन गरेर भनेँ, ‘सम्पादकहरूले मसित पनि तपाईँका विषयमा एउटा लेख मागेका छन् । भाषामा धेरै भासिएको हुँदा म कुनै ठुलो कृतिमा समालोचना लेख्न भ्याउँदिन, त्यसैले तपाईँका विचारमा तपाईँको कुन चाहिँ कवितामा समालोचकको आँखै नपुगे जस्तो तपाईँलाई लाग्छरु म त्यसै कविताको अर्थ विश्लेषण गरी हेर्छु ।’ घिमिरेले भने, ‘किन्नर किन्नरी’ भित्रको ‘अचम्म हो खालि’ भन्ने गीतमा समालोचकका आँखा पुगेकै छैनन् । मैले त्यो गीतको अर्थ विश्लेषण गरेँ अनि एक प्रति सम्पादकहरूलाई दिएँ, एक प्रति कविजीलाई दिएँ । मेरो लेख पढे पछि कविजीको फोन आयो, ‘तपाईँले मेरो त्यो गीतको कस्तो राम्रो अर्थ विश्लेषण गर्नु भएछ ! मैले तपाईँलाई सय पूर्णाङ्कमा सन्तानब्बे नम्बर दिएँ । तिन नम्बर त कविले पनि आफ्नो भाग राख्नु पर्‍यो नि !’
राष्ट्रकविले सय वर्ष टेके पछि मैले फेरि फोन गरेँ, ‘अब यो वर्ष भरि तपाईँका विषयमा मसित धेरै जनाले लेख माग्छन् । अब ‘किन्नर किन्नरी’ कै चारपाँच ओटा गीत मलाई फेरि रोजी दिनु होस् !’ कविले छोराको इमेलबाट मलाई ६ ओटा गीत पठाई दिए । त्यसबाट तिन ओटा गीतको व्याख्या मैले विभिन्न पत्रिकामा प्रकाशित गरेँ : ९१० ‘राति त्यतै शिरानी होस्’ (आज भोलि देख्तिन म तिनी कता गइन्, राति त्यतै शिरानी होस् तिनी जता गइन्), ९२० ‘जून एक मुठी’ (आज राति कोठाभित्र जून एक मुठी, किन पस्यो किन बस्यो किन गयो उठी १०, ९३) ‘तिम्रो गीत गाउँछु म’ (शीतको थोपा अल्मलियो फूलको तरेलीमा, तिम्रो आँसु छिपेको छ मेरै परेलीमा ।) यी तिन ओटा गीत बाहेक मैले राष्ट्रकविको चौथो गीत ९४० ‘गाउँछ गीत नेपाली’ ९गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली, जय जय जय हे नेपाल सुन्दर शान्त विशाल १० र माथि उल्लेख भएको ९५० ‘अचम्म हो खालि’ ९हाँगाबाट क्वैली बोल्यो कोहो कोहो भनी, दोबाटोमा मैले बोलेँ म हो म हो भनी । प्रश्न होइन उत्तर होइन अचम्म हो खालि, मेरो कहीँ अन्त्य छैन प्रारम्भ हो खालि।० समेत गरी जम्मा पाँच ओटा गीतको विश्लेषण गरेको छु । यस बाहेक मैले कविको ९६० ‘वैशाख’ कविताको विश्लेषण पनि गरेको छु । मैले गरेका आफ्ना यी छ ओटै विश्लेषण पढेर कविजीले फोटबाट मेरो हरेक विश्लेषणको टिप्पणी गरेका छन् ।
एक दिन मैले कविजीलाई सोधेको थिएँ, ‘‘ज्योतिको पंख उचाली’ भन्ने पदावली सोच्न तपाईँलाई कति समय लाग्योरु’ कविले जवाफ दिएका थिए, ‘कुनै कुनै कविता लेख्न त मलाई दश वर्ष सम्म लागेको छ ।’ ‘ज्योतिको पंख उचाली’ सबै नेपालीलाई कण्ठस्थ भएको पाउ हो । यसको अर्थ सोचेर बुझ्ने चाहिँ कति जना छन्, मलाई थाहा छैन । यति मात्रको मैले केलाएको अर्थ यस्तो छ स् हरेक नेपाली एउटा गाइने चरो जस्तो हो । नेपालको राष्ट्रिय झन्डाका सूर्य र चन्द्रमा अङ्कित दुइटा तिनकुने कपडा त्यस चराका पखेटा (पंख) हुन् अनि नेपाली चराले सूर्य र चन्द्रको संयुक्त ज्योति भएका पखेटा फट्फटाएर (नेपाली राष्ट्रियताको गीत) गाउँछ । त्यो चरो कवि आफैँ पनि हुन् १ यो गीतको एक पाउ मात्र सोच्न माधव घिमिरे जस्ता सिद्धहस्त कविलाई त दश वर्ष लाग्दो रहेछ भने, जुनसुकै सिकारु कविले आफुलाई महाकवि देवकोटा जस्तै अतुल प्रतिभाशाली आशुकवि ठानेर तुरुन्तै कविता लेखेर आफ्नो कविता बिगार्नु र प्रकाशित गर्न हतार गर्नु हुँदैन भन्ने अर्ती मैले राष्ट्रकविबाट सिकेँ ।
राष्ट्रकविले फोन गरेरै टिप्पणी गरेका मेरा अरु दुइटा लेख हुन् ‘कान्तिपुर’ मा प्रकाशित भएका ‘संस्कृतको अशुद्ध उच्चारण’ र ‘सरस्वती नदीको रूपान्तरण’ ।
माधव घिमिरे नेपाली कविहरूमा लोक तत्त्वको अधिकतम प्रयोग गर्ने कवि हुन् । लेखनाथ र देवकोटा भन्दा बालकृष्ण सम के कुरामा फरक छन् भने, उनले नेपाललाई कहिलै पनि ‘हाम्रो भारतवर्ष’ भनेनन् । बालकृष्ण समले ‘चिसो चूह्लो’ महाकाव्यमा लोक सामग्रीको सके सम्म प्रयोग गरे, तर आफ्ना रचनामा नेपाली लोक तत्त्वको अधिकतम उपयोग गर्ने कविमा माधव घिमिरेलाई कसैले पनि भेट्न सक्तैन । घिमिरे आफ्ना गीत, बाल साहित्य र कति कवितामा पनि ‘संस्कृत नेपाली’ होइन, ‘प्राकृत नेपाली’ प्रयोग गर्छन् । सके सम्म सबैले बुझ्ने शब्द चलाएर, धेरै लोक छन्द नै प्रयोग गरेर नेपाली लोक सामग्रीको अधिकतम प्रयोग गरेर घिमिरेले नेपाली साहित्यमा सबभन्दा लामो समय सम्म उत्कृष्ट काव्य दिएका छन् । अनुवाद गरेर विश्वका पाठक सम्म पुर्‍याउन सकियो भने, माधव घिमिरे नेपालका ‘राष्ट्रकवि’ मात्र होइन, रवीन्द्रनाथ ठाकुरलाई समेत उछिन्ने ‘विश्वकवि’ बन्न सक्छन् भन्ने मेरो मान्यता छ ।
नेपाली साहित्यको त्यो विराट् प्रतिभाको यही हप्ता हामीले आर्यघाटमा चिता पखाल्यौँ, तर घिमिरेका रचनाहरूले आउँदा युग युग सम्म नेपाली पाठकहरूलाई ताजा अर्थ दिई रहने छन् भन्ने मलाई लाग्छ । काव्यमै कवि बाँच्तछ !
(२०७७ भदौ ६, शनि बार, अन्नपूर्ण पोस्ट, फुर्सद) 
  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 166
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

लेखक राजु अधिकारीको उपन्यास ‘राज्याभिषेक’ विमोचित

October 1, 2021

शान्ति समाजले १५ स्रष्टालाई सम्मान गर्ने, को हुन् ती स्रष्टा ?

October 1, 2021

एपीवानमा ‘किताब जात्रा’

September 30, 2021

कलाकार शाह र केसी पुरस्कृत

August 29, 2021

टुकादेवीको कथा सङ्ग्रह ‘बार्दली’ सार्वजनिक

August 29, 2021

हिमाली समाजको जीवन्त चित्र

August 28, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.