SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्झनामा
बिभिन्न साहित्य/कला

राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्झनामा

Sahitya SagarBy Sahitya SagarJuly 18, 2021No Comments8 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

 

 

 

 

 

 

 

 

कृष्णप्रकाश श्रेष्ठ

कृष्णप्रकाश श्रेष्ठ ( ई.सं. ७ नोभेम्बर १९३८,चुनीखेल, शोणिवपिितपुर, थानकोट, काठमाडौं, नेपाल) नेपाली साहित्यमा विविध ढङ्गले सेवा गरिरहेका व्यक्तित्व हुन् । उनी नेपाली, अङ्ग्रेजी, रुसी आदि भाषाका ज्ञाता मानिन्छन् ।नेपाली साहित्यालोचनात्मक चिन्तनको विषयमा विद्यावारिधिको लागि अनुसन्धान रसियाली विज्ञान प्रज्ञाप्रतिष्ठानअन्तर्गत प्राच्यविद्या संस्थान भारतवर्ष अध्ययन केन्द्रमा शोधकार्यरत प्रतिभा हुन् । उनले रूस नेपालविद्या केन्द्र (सन् २००३) को संस्थापक,  रुस–नेपाल सहयोग एवं मैत्री समाजको सदस्य (स्थापनाकालदेखि),  रुस लेखक सङ्घको सदस्य (सन् १९९९ देखि), विश्व नेपाली साहित्यमहासंघ, विश्व केन्द्रीय समितिको केन्द्रीय सल्लाहकार (सन् २०१६ देखि), रूस हिमालयतथातिब्बत अनुसन्धाता संघको सदस्य (स्थापनाकाल ५ मार्च २०१९ देखि), गैरआवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय परिषद्को  संस्कृतितथा सम्पदाउपसमितिको सल्लाहकार (सन् २०१९—२०२१) भएर नेपाली जाति र साहित्यको सेवामा समर्पित छन् । ः उषा–अनिरुद्ध मिलन (नाटक), मञ्चन (वि.सं. २०१३) का साथै नेपाली र रूसी भाषामादशौं मौलिकतथाअनुदित पुस्तकप्रकाशित छन् । उनको कलमबाट नेपाली र रुसी साहित्यिक सांस्कृतिक सामग्रीहरू दुवै भषी  पाठकले पढ्न पाइराखेका छन् । उनी अंग्रेजी विषयका आधिकारिक विज्ञ मानिन्छन् । उनले भाषासाहित्यको सेवावापत जगदम्बा–श्री (सन् २००३), नइ देरुनिख (सन् २०११)  जस्ता विशिष्ट पुरस्कार पाइसकेका छन् । टेलिभिजन र रेडियोका उत्कृष्ट कार्यकर्ता (सन् १९८८), शिक्षानुरागीप्रतिपुश्किन स्वर्णपदक (रुसी वाङ्मय प्रज्ञाप्रतिष्ठान, मास्को), मैत्रीकार्यमा योगदानवापत् (सन् २००५), भानुभक्त स्वर्णपदक (सन् २०१४), सत्यमोहनजोशीशताब्दीपदक (सन् २०१६) आदि पदकका साथै   महाकवि देवकोटा शताब्दी सम्मान (सन् २००९), जय पृथ्वी – इभान मिनाएभ स्रष्टा–सम्मान (सन् २०१४), अस्वीकृत विचार साहित्य सम्मान (सन् २०१७) आदि प्राप्त गरेका छन् । साहित्य सागरको प्रस्तुत शृड्खलामा श्रेष्ठको राष्ट्रकवि माधव घिमिरेको सम्झनामा शीर्षकको संस्मरण समेटिएको छ । यस संस्मरणमा घिमिरेको मस्को भ्रमणका बहुमुखी पक्ष समेटिएको छ । रुस–नेपाल सम्बन्ध र  अन्य विविध पक्ष समेटिएको छ । घिमिरेको रुस भ्रमणका बेलाका घटनालाई रोचक पाराले प्रस्तुत गरिएको छ । -सम्पा.

राष्ट्रकवि माधवप्रसाद घिमिरेसँग मेरो पहिलो साक्षात्कार रूसको राजधानी मास्कोमा भएको होे, यद्यपि ःस्कुलमा पढ्दाखेरि नै उनका लयदार कविताको लालित्यमय भाषाले मलाई लठ्याउँथ्यो भन्न सकिन्छ ।. नेपालको प्राकृतिक सौन्दर्यको चित्रणले मात्र नभई उनका कविताको आभ्यान्तरिक भावनाले मलाई आकर्षित गर्दथ्यो ।  उनका कवितामा नेपाली आत्मा बोलिरहेको जस्तो लाग्दथ्यो ।
राष्ट्रकविको नेतृत्वमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको कलाकार मण्डली मस्को आएको थियो । मण्डली आइपुगेको समाचार पाउने बित्तिकै म उनलाई भेट्न पुगेको थिएँ । उनको छोटो मस्को बसाइभरि नै मैले उनको सामिप्यमा उठबस गर्ने अवसर पाएको थिएँ । उनको मृदुभाषी र मिलनसारिताबाट म ज्यादै प्रभावित हुन पुगेको थिएँ । .त्यस छोटो भेट र आत्मीय सम्बन्धको मलाई अहिलेसम्म सम्झना भइरहेको छ ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेबाट दुईपटक रूसको यात्रा भ्रमण सम्पन्न गरिएको थियो ।. उनी यस देशको यात्रा गर्ने पहिला नेपाली साहित्यकारहरूमध्ये एक हुन् । सन् १९५६ को २९ जुलाईमा रूस (तत्कालीन सोभियत संघ) र नेपालबिच दौत्य सम्बन्ध स्थापना भएको दुई वर्षपछि नै उनले पहिलो पल्ट सन् १९५८ मा लक्ष्मीप्रसाद देवकोटाको साथमा उज्बेकिस्तानको राजधानी तासकन्दमा सम्पन्न भएको एसिया–अफ्रिका लेखक सम्मेलनमा नेपाली साहित्यकारहरूको प्रतिनिधित्व गरेका थिए । दोस्रो पल्ट चाहिँ सन् १९८४ को वसन्तमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका उपकुलपतिको हैसियतले तत्कालीन सोभियत सङ्घका विभिन्न गणतन्त्रहरूमा नेपालीनृत्य, गायन र वाद्यवादनको प्रदर्शनार्थ आएको नेपाली नृत्यकला टोलीको नेतृत्व गर्दै पुनः रूसको भूमिमा पदार्पण गरेका थिए । उनको यही दोस्रो रूस यात्राको क्रममा राष्ट्रकविसित मेरो भेट र परिचय भएको थियो । त्यतिखेर रेडियो मस्कोेमा नेपाली कार्यक्रम सञ्चालकको रूपमा मलाई उनको अन्तवार्ता लिने समेत सैभाग्य प्राप्त भएको थियो । 
घिमिरेभन्दा पहिले सोभियत सङ्घ पुग्ने नेपाली कविहरूमा मात्र बालकृष्ण समको नाम उल्लेख गर्न सकिन्छ । कविवर माधवप्रसाद घिमिरेले रुसको भूमिमा पदार्पण गर्नुभएको थियो भन्नपाउँदा अहिले पनि गर्वको अनुभूति हुन्छ । उहाँले हाम्रा महाकवि कविवर माधवप्रसाद घिमिरेका केही कविताहरू  सोभियत सङ्घका अन्यकेही भाषाहरूमा पनिप्रकाशित भएको हुन सम्भव छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा अस्वस्थ भएको बेला वहाँ देवकोटा दम्पतीलाई  मस्कोमै छाडेर कविवर माधवप्रसाद घिमिरे आप्mनो पहिलो रुस यात्रापछि नेपाल फर्कनुभयो । .
 रुसी भाषामा सन् १९५८ मै मा प्रकाशित कवितासङ्ग्रह ‘नेपालका कविहरू’ (पृष्ठ १८–२५) मा समेटिएका उनका चार कविताहरूले पनि उनको त्यस प्रथम यात्राको सम्झना गराउँछन् । यस कवितासङ्ग्रहमा परेका माधवप्रसाद घिमिरेका अन्य दुई कवितामध्ये एउटाको शीर्षक पहाडीगीत रहेको छ भने अर्को चाहिँ अप्रैल शीर्षकमा प्रकाशित भएको छ । . यी दुवै कविताहरू ब.पार्मुजिनले अनुवाद गरेका थिए । पछिल्लो कविता ‘अप्रैल’ चाहिँ नेपालीमा ‘वैशाख’ शीर्षकमा प्रसिद्ध छ । नेपालको प्राकृतिक छटाको चित्रण गरिएको यो लयदार कविता राष्ट्रप्रेमको भावनाले ओतप्रोत छ । यस कविताका केही श्लोकहरूको अहिले पनि मलाई सम्झना आइरहन्छ । सन् १९५६ मै सर्वप्रथम तासकन्दबाट निस्कने पत्रिका ‘ज्वेज्दाभःतोका’ (अंक ९, पृष्ठ ८७–८८) मा रसियाली कवि भ. कोस्तिरको रूसी अनुवादमा छापिएको ‘स्वदेशीपहाडहरू’ (‘रोदनिये गोरी’) शीर्षकको उनको कविता छापिएको थियो । यहीकविता सन् १९५९ मा कीभबाट प्रकाशित हुने ‘भ्सेस्वीत’ (‘संसार’) भनिने  पत्रिका (अङक ४, पृष्ठ ७९ – ८०) मा उक्राइनी भाषामा पनि प. दोरोस्कोको अनुवादमा ‘पिस्न्याउज्गीर’ भन्ने शीर्षकमा प्रकाशित भएको थियो । उनको कविताको सन्दर्भमा उक्त कविता संग्रहका संयोजक यु.भ.बासिस्तोभले जनाएको विचार यसप्रकार छ ः ‘माधवप्रसादघिमिरेको कविता ‘हाइड्रोजनबम’ निकै रोचक छ । कविले पारमाणविक विध्वंशको विभीषिकाको अभिव्यञ्जनात्मक चित्रणगर्दै हिरोसिमाका हत्याराहरूको घोर विरोध गरेका छन् । परन्तु यस कवितामा तिनको भत्र्सना गरिएको छैन जसले संसारमा आणविक युद्धको खतरा उत्पन्न गरिरहेका छन् । न त यसमा सक्रिय सङ्घर्षको नै आह्वान गुञ्जेको पाइन्छ’ (नेपालकाकविहरू, तासकन्द, ई.सं. १९५८, पृ. ९) ।
यहाँ म एउटा मार्मिक घटनाको चर्चा गर्न चाहन्छु । सोभियत राजधानी मस्कोका दर्शकहरूको निम्ति चलचित्रभवन ‘ज्वेज्दनी’ मा नेपाली कलाकारहरूले आफ्नो कला प्रदर्शन गर्नुपरेको थियो । यसको लागि पूर्वाभ्यास हुँदा म पनि प्रेक्षालयको अगिल्लो दर्शक दीर्घाको सिटमा राष्ट्रकविको साथमै बसेर तयारी कार्यको अवलोकन गर्दै विभिन्न विषयमा कुराकानी गरिरहेको थिएँ । त्यसै बेला केही कलाकारहरू आएर मञ्चको दयनीय अवस्थाबारे गुनासो गर्न थाले । वास्तवमा नै चलचित्र भवनको मञ्च नृत्य–प्रदर्शनका लागिउपयुक्त हुन सक्तैनथ्यो, त्यो पनि नेपाली नृतकीहरूका लागि जसले गोडाम ापाउपोश नलगारै नाच्नुपर्दथ्यो । तर फल्याक ठोकिएको मञ्चको भुइँभने ठाउँ–ठाउँमा किला उप्केको हुनाले खाली गोडाले नाच्न त के हिँड्नसमेत कठिन अवस्थामा थियो । भलै त्यहाँ एक ठाउँमाउभिएर गाउँन चाहिँ सम्भव हुन्थ्यो होला । तर नेपाली नृतकीहरूले त त्यहाँ नाच्नुपरेको थियो !.. गुनासो र टिप्पणी शान्त भई सुनेपछि राष्ट्रकविज्यूले निम्न आशयको अभिव्यक्ति दिनुभयो ः
‘…आफ्नो कला र संस्कृतिको परिचय दिन हामी यहाँ निम्त्याइएका हौँ . आतिथेयले जेजस्तो व्यवस्था गरेका छन् त्यसको आलोचना गर्नु हाम्रो काम होइन । हामीले त जसरी भए पनि आफ्नो दायित्व पूरा गर्नुपर्छ…’
आतिथेयको हेलचक्य्राइँप्रति असन्तोष जनाउनुको बदला शान्त भावले यस्तो अभिव्यक्तिm दिइएको सुनेर म अवाक् बन्न पुगेको थिएँ । हामीहरू तत्कालै मञ्चमा उप्केका फल्याकहरू मिलाउने व्यवस्थामा जुट्यौँ । कतैबाट हतौडा खोजेर उप्केका किलाहरू ठोकठाक गरी चलचित्र भवनको मञ्च साँझको नेपाली नृत्य–प्रदर्शनका लागि तयार पारियो । त्यस साँझ नेपाली नृतकीहरूको सुकोमल गोडाले कतिपल्ट किलाको प्रहार सहनु परेको होला कुन्नि ? !..
त्यतिखेर रूसको राजधानीेमा प्रदर्शित नेपाली नृत्यको बारेमा ‘सोभियतब्याले’ भनिने मासिक पत्रिकामा ‘पहाडी मुलुकका कलाकारहरू’ शीर्षकमो सचित्र समीक्षा छापियो । त्यसमा नेपाली कलाकारहरूबाट प्रस्तुत सेब्रु नाच, डँफीनाच, चौँरीनाच, टप्पानाच, सोरठीनाच आदि नेपालका विभिन्न अञ्चल र जनजातिका शास्त्रीय नृत्य तथा लोकनृत्यको विवेचना गरिएको छ । अंशतः सामूहिक डँफीनाचको सन्दर्भमा यस्तोे लेखिएको छ :
‘मुख्यतः जीवनानन्दीभावाभिव्यक्तिको प्रदर्शन गर्ने नृत्य प्रस्तुतकर्ताहरूको हावभावको गति क्रमशःबढ्दै गएर अन्त्यम ापराकाष्ठामा पुगी वास्तवमानै तीव्र तालमा एक्कासी विष्फोटित भएभैंm प्रतीतहुन्छ’ (सेस्ताकोभाओल्गा, पहाडी मुलुकका कलाकारहरू, सोभियतब्याले, अंक ६, ई.सं. १९८४, पृ. ३७) । अनि पश्चिमी नेपालमा प्रचलित टप्पा नाचलाई लघुनाटिकाको संज्ञादिँदै व्यक्त गरिएको छ : ‘मेला भर्न आएका विभिन्न गाउँका तन्नेरी र तरुनीहरू नाचगानमा रउसिन्छन् । गायकहरुको चर्को उद्गार, नृतकीहरुको द्रुत चाल, सहभागीहरूले लगाइराखेको किनखाप र मखमलको तडकभडकपूर्ण पोशाकले लोकोत्सवको मनमोहक वातावरण सिर्जना गर्दछ…’ (ऐजन, पृ. ३७) .
यसरी विभिन्न नृत्य र वाद्यवादनको सङ्क्षेपमा विवेचनागर्दै अन्त्यमा यस्तो निष्कर्ष निकालेको छ् ः ‘सौन्दर्यशाःत्रीय अभिव्यञ्जनाको आधारमा भन्ने हो भने यस कलाकार टोलीेले प्रस्तुत गरेको कार्यक्रमले उच्च स्तरीय पेशागत कलात्मकताको प्रदर्शन गरेको छ भन्न सकिन्छ । कार्यक्रममा प्रस्तुत गरिएका गीत, नृत्य र वाद्यवादनको अभिव्यञ्जनात्मक सम्भावनाको पूर्ण उपयोग गरेर राष्ट्रिय लोकसस्कृतिका नमुनाहरूको सटिक अभिव्यक्ति, प्रभावोत्पादकता, प्रस्तुतिको स्वाभाविकता झल्काउँदै नेपाली मौलिक कलाको विकासको झलक प्रस्तुत गरिएको थियो’ (ऐजन, पृ. ३७–३८)  निश्चय नै पनि राष्ट्रकवि माधवप्रसादघिमिरेको निर्देशन र सुयोग्य नेतृत्व पाएर नै कतिपय कठिनाइहरूको सामना गर्दै नेपाली कलाकार टोलीले रूसमा नेपाली संस्कृतिको पहिचान दिने कार्यमा पूर्ण सफलता पाएको थियो भन्नु अत्युक्ति हुने छैन । नेपालीकलाकार टोलीले त्यतिखेर मस्कोमा मात्र नभई तत्कालीन सोभियत संघका मोल्दाभियालगायत अन्य गणराज्यहरूमा समेत नेपाली नृत्य र गायनको माध्यमबाट नेपालका विभिन्न जनजातिहरूको मौलिक र सम्पन्न संस्कृतिको कलात्मक परिचय दिएको थियो भन्न सकिन्छ ।
यस सन्दर्भमा के पनि सूचित गर्न चाहन्छु भने सन् २९६२ मा ‘नेपालक ाकविहरूका कविता’ शीर्षकमा मस्कोबाट प्रकाशित नेपाली कवितासङ्ग्रहम ापनि हाम्रा राष्ट्रकवि माधवप्रसाद घिमिरेका ‘कलमवीर’, ‘शहीदप्रति’, ‘युवकप्रति’ र ‘मेरो नेपाल’ शीर्षकमा  चारवटाकविताहरू (पृ. ४४—५)) समावेशगरिएका छन् भने तीन वर्षअघि सन् २२०१७ मा मेरै अनुवादका रूसी भाषामा प्रकाशित ‘नेपाली कविता कुञ्ज’ को थालनी नै राष्ट्रकविको ‘घामपानी’ (पृ. ३२–३३) शीर्षकको कविताबाट भएको छ ।
सधैंभैंँ वेबसाइटमा नेपालको खबर हेर्दै गर्दा अचानक मेरो नजर हाम्रा राष्ट्रकवि माधवप्रसाद घिमिरेको देहावसानको हृदयविदारक कुसमाचारमा पर्यो । म के गर्ने, के नगर्ने भनी विखलबन्दमा परेँ . मस्कोमा दिन घमाइलो थियो तर मनमा सम्झनाको बादल मडारिन थाल्यो । एकाएक मेरो मस्तिस्कमा राष्ट्रकविसित नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा केही वर्षअगाडिको ठाडो भेटको दृश्य झल्कियो । प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित मेरो पुस्तक ‘स्थाननामकोश’ मा वहाँले लेख्नुभएको मन्तव्यको चित्र पनि कोरिन थाल्यो . अनि स्वूपूmर्त रूपमा तलका हरफहरू  पनि फुर्न थाल्यो र मैले झटपट टेलिफोनकै पर्दामा टिपिहालेँ ।  अन्त्यमा राष्ट्रकविको स्मृतिमा तल उद्धृत ती हरफहरूको श्रद्धाञ्जलि अर्पण गर्दछ’ !..
बित्नुभो राष्ट्रकवि रे माधव घिमिरे .
उनले लेखे कविता राष्ट्रका हित खातिर,
गौरखगाथा गाएथे देशको माया जागेर .
उथलपुथल देखेथे पुरै शताब्दी बाँचेर,
गरे सिर्जना कविता विचार नौला साँचेर ..
बित्नुभो…
 
पहिले महाकविको साथमा रूस पुगेथे,
त्यसपछि गरी नेतृत्व सांस्कृतिक टोली ल्याएथे .
भेटेथेँ मैले मस्कोमा स्वागत उन्को गरेर,
गुञ्जियो गीत नेपाली रूसको मन छोएर ..
बित्नुभो…
 
गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली,
उनैको काव्य क्षेत्रमा प्रफुल्ल हुँदै चहारी .
अस्ताए राष्ट्रविभूति शताब्दीभरि चम्केर
हला उन्को कृतित्व युगानुयुग गुञ्जेर ..
बित्नुभो…!
​
(अगस्ट २)२), बुधबार
मस्को, रुस महासङ्घ
  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 137
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

लेखक राजु अधिकारीको उपन्यास ‘राज्याभिषेक’ विमोचित

October 1, 2021

शान्ति समाजले १५ स्रष्टालाई सम्मान गर्ने, को हुन् ती स्रष्टा ?

October 1, 2021

एपीवानमा ‘किताब जात्रा’

September 30, 2021

कलाकार शाह र केसी पुरस्कृत

August 29, 2021

टुकादेवीको कथा सङ्ग्रह ‘बार्दली’ सार्वजनिक

August 29, 2021

हिमाली समाजको जीवन्त चित्र

August 28, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.