SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » कोरोना भाइरस (कोभिड-१९): अभिभावकले जान्नु पर्ने कुरा
unicef1

कोरोना भाइरस (कोभिड-१९): अभिभावकले जान्नु पर्ने कुरा

Sahitya SagarBy Sahitya SagarJuly 17, 2021Updated:July 18, 2021No Comments9 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
नोभल’ कोरोना भाइरस के हो?
नोभल कोरोना भाइरस (CoV) कोरोना भाइरसकै एक नयाँ प्रजाति हो।
नोभल कोरोनाभाइरसका कारण शुरु भएको रोग चीनको वुहानमा पहिलो पटक पहिचान गरिएको थियो। यसलाई हाल कोरोनाभाइरस रोग २०१९ (अर्थात कोभिड-१९) नामाकरण गरिएको छ जसमा ‘को’ ले कोरोना र ‘भि’ ले भाईरस भन्ने जनाउँछ। यस भन्दा पहिले यो रोगलाई ‘२०१९ नोभल कोरोना भाइरस’ वा ‘२०१९-एन-कोभि (2019-nCoV)’ भन्ने गरिएको थियो।
कोभिड-१९ भाइरस एक परिवर्तित स्वरुपको भाइरस हो जसलाई सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रम (सार्स) र सामान्य प्रकारका रूघाखोकीसँग पनि सम्बन्धित मानिएको छ।
कोभिड-१९ कसरी फैलिन्छ?
संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनबाट (खोक्दा वा हाच्छ्युँ गर्दा) उत्पन्न भएको श्वासप्रश्वासजन्य सूक्ष्म थोपाहरूबाट र भाइरसबाट संक्रमित सतह/वस्तुहरू छुँदा यो भाइरस सर्ने गर्दछ।
कुनै पनि स्थान तथा सतहमा कैयौं घण्टासम्म कोभिड-१९ भाइरस जिवित रहन सक्छ तर सामान्य जिवाणुनाशकको प्रयोगबाट यसलाई मार्न सकिन्छ।
 
कोरोनाभाइरसका लक्षणहरू के के हुन्?
ज्वरो आउनु, खोकी लाग्नु तथा स्याँस्याँ हुनु यसका लक्षणहरू हुन्। जटिल अवस्थामा यसको संक्रमणले निमोनीया हुनुका साथै सास फेर्न कठिनाई समेत हुने गर्दछ। अत्यन्तै सघन संक्रमण भएको अवस्थामा बिरामीको मृत्यु समेत हुन सक्दछ, जुन हालसम्म निकै न्युन रहेको छ।
यि लक्षणहरू ईन्फ्लुएन्जा (फ्लु) वा सामान्य रुघाखोकीका लक्षणहरू जस्तै देखिन्छन, जुन कोभिड-१९ भन्दा धैरै देख्न सकिन्छ। त्यसकारण कसैलाई कोभिड-१९ को संक्रमण भएको हो वा होईन भनेर निर्क्योल गर्नकालागि परिक्षण नै गर्नुपर्ने हुन्छ। यसबाट जोगिनका लागि अपनाइने उपायहरू पनि उस्तै नै छन्, जस्तै नियमित हात धुनु र श्वासप्रश्वास सम्बन्धी व्यवहारमा ध्यान पुर्याउनु (खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी-रुमालको प्रयोग गर्नु र त्यसपश्चात उक्त कागजी-रुमाललाई बन्द फोहोरदानीमा फाल्नु)।  
 
संक्रमणको जोखिमबाट म कसरी जोगिन सक्छु?
संक्रमणको जोखिमबाट आफु र आफ्नो परिवारलाई जोगाउन तपाईंले निम्न चार उपायहरू अवलम्बन गर्न सक्नुहुन्छ:
नियमित रुपमा साबुन लगाएर हात धुनुहोस् वा अल्कोहलमा आधारित जिवाणुनाशक पदार्थको प्रयोग गर्नुहोस्।
 
खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी-रुमालले नाक र मुख छोप्नुहोस् र प्रयोग पश्चात तत्कालै त्यसलाई बन्द फोहोरदानीमा फाल्नुहोस्।
 
रुघाखोकी वा फ्लुका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्नुहोस्।
 
आफु वा आफ्ना बालबालिकामा ज्वरो, खोकि वा सास फेर्न कठिनाई भएमा तुरून्तै स्वास्थ्य सेवा लिनुहोस्।
 
के मैले (स्वास्थ्यकर्मीहरूले लगाउने) मास्क लगाउनु पर्दछ?
यदि तपाईंलाई श्वासप्रश्वास सम्बन्धी समस्याको लक्षण देखिएको छ भने आफ्नो संक्रमण अरुलाई नसरोस् भनि मास्कको प्रयोग गर्नुहोस्। अन्यथा कुनै लक्षण नदेखिएको अवस्थामा मास्कको प्रयोग आवश्यक छैन।
मास्क लगाइएको छ भने त्यसको प्रभावकारिता बढाउन तथा भाइरसको थप संक्रमणबाट जोगिन उपयुक्त तवरले प्रयोग गर्न र प्रयोग पश्चात व्यवस्थित रूपमा फ्याक्न जरुरी हुन्छ।
मास्कको प्रयोग मात्रले संक्रमण रोक्न सम्भव नहुने भएकोले अन्य उपायहरू पनि अपनाउन जरूरी हुन्छ – जस्तै: नियमित रुपमा साबुन लगाएर हात धुने, खोक्दा वा हाच्छ्युँ गर्दा नाक र मुख छोप्ने, रुघाखोकी वा फ्लुका लक्षणहरू (ज्वरो, हाच्छ्युँ र खोकी) देखिएका व्यक्तिबाट टाढै बस्ने।
 
 
के कोभिड-१९ ले बालबालिकालाई असर गर्छ?
यो एक नयाँ प्रकारको भाइरस भएको कारण यसले बालबालिका तथा गर्भवती महिलालाई कसरी असर गर्छ भन्ने बारे विस्तृत जानकारी उपलब्ध छैन। यस भाइरसले सबै उमेरका मानिसमा संक्रमण गर्नसक्ने भएतापनि हालसम्म बालबालिकाहरूमा कोभिड-१९ को संक्रमण तुलनात्मक रुपमा कमै मात्र पाईएको छ। हालसम्म कोभिड-१९ का कारण मृत्यु भएको संख्या एकदमै न्युन छ, जसमा पहिल्यै देखि स्वास्थ्य सम्बन्धी समस्या भएका ज्येष्ठ नागरिकहरू पर्दछन्।
 
मेरा बालबालिकामा कोभिड-१९ का लक्षण देखिएमा के गर्ने?
कोभिड-१९को लक्षण देखिएमा स्वास्थ्य सेवा लिनु पर्दछ तर कृपया याद राख्नुहोस् – खोकी र ज्वरोजस्ता सामान्य रुघा-खोकीको लक्षण र कोभिड-१९को लक्षण उस्तै देखिन सक्छन् र हालको मौसममा धेरैलाई सामान्य रुघाखोकी मात्रै लागेको हुनसक्छ।
नियमित रुपमा हात धुने जस्ता हात तथा श्वासप्रश्वासको सरसफाईका आनिबानीमा विशेष ध्यान दिंदै बालबालिकालाई खोपपनि अध्यावधिक गर्नुहोस् ताकि उनीहरूलाई अन्य भाइरस तथा ब्याक्टेरियाबाट हुने संक्रमणबाट जोगाउन सकियोस्।
आफ्ना बालबालिकामा फ्लु जस्ता श्वासप्रश्वास सम्बन्धी अन्य संक्रमणको लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् र अरूलाई संक्रमणबाट जोगाउन भिडभाड हुनसक्ने कार्यालय, विद्यालय, सार्वजनिक यातायात जस्ता सार्वजनिक स्थानबाट टाढै रहनुहोस्।
 
परिवारको सदस्यमा लक्षण देखिएमा के गर्ने?
तपाईं आफु वा आफ्ना बालबालिकामा ज्वरो आएमा, खोकी लागेमा वा सास फेर्न कठिनाई भएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्। आफु कोभिड-१९को संक्रमण भएको स्थानमा गएको वा उक्त स्थानहरूमा पुगेका र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएका अन्य कोहि सँग सम्पर्कमा आएको भएमा स्वास्थ्यकर्मीलाई प्रत्यक्ष भेट्नु भन्दा पहिल्यै (फोन गरेर) जानकारी दिनुहोस्।
 
के मैले मेरा छोराछोरीलाई विद्यालय जानबाट रोक्नुपर्दछ?
यदि तपाईंका बालबालिकामा यसका लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् र स्वास्थ्यकर्मीको सल्लाह लिनुहोस्। अन्यथा श्वासप्रश्वास सम्बन्धी (सामान्य रुघाखोकी) समस्या देखिएमा अन्य समयमा जस्तै घरैमा मनग्गे आराम गराउनुहोस् र अरूमा संक्रमण हुनबाट जोगाउन सार्वजनिक स्थानहरुमा नजानुहोस्।
यदि तपाईंका बालबालिकामा यसका कुनैपनि लक्षण देखिएका छैनन् र सार्वजनिक रुपमा कुनै स्वास्थ्यसम्बन्धी आधिकारिक निषेधाज्ञा वा सम्बन्धित विद्यालय बारे निषेधात्मक सुचना जारी भएको छैन भने बालबालिकालाई विद्यालय पठाउनु नै उपयुक्त हुन्छ।
बालबालिकालाई विद्यालय नपठाउनुको विकल्पमा बरू उनीहरूलाई विद्यालय र अन्यत्रका लागि पनि काम लाग्ने गरि श्वासप्रश्वास सम्बन्धी असल व्यवहार सिकाउनुहोस्, जस्तै: नियमित रुपमा हात धुने (विस्तृत विधि तल हेर्नुहोस्), खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी-रुमालले नाक तथा मुख छोप्ने र प्रयोग पश्चात त्यसलाई बन्द फोहोरदानीमा फाल्ने, राम्रोसँग हात नधोईएको अवस्थामा हातले आँखा, नाक वा मुख नछुने आदि।
 
हात धुने उत्तम तरिका के हो?
बगिरहेको पानीमा हात भिजाउने,
भिजेको हातमा मनग्गे साबुन लगाउने,
हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तिमा २० सेकेण्डसम्म राम्रोसँग मिच्ने,
बगिरहेको पानीले राम्ररी हात पखाल्ने,
सफा कपडा वा एकपटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने।
नियमित रुपमा हात धुनुहोस् – खासगरि खाना खानु भन्दा अगाडि, र सिंगान पुछ्नु, खोक्नु, हाच्छ्युँ गर्नु, र शौचालय जानु आदि गरिसकेपछि।
यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तिमा ६० प्रतिशत अल्कोहल भएको जिवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्नुहोस्। हात फोहोर छन् भने सधैं साबुन पानीले हात धुनुहोस्।
 
यात्रा गर्दा आफ्नो परिवारका लागि के कस्तो सावधानी अपनाउन पर्ला?
वैदेशिक यात्रा गर्दा उक्त देशमा लागु गरिएको यात्रा सम्बन्धी निर्देशनहरू जस्तै प्रवेशमा निषेध, क्वारेन्टाईनको आवश्यकता आदिको अध्ययन गर्नुहोस्।
नियमित अपनाइने यात्रा सम्बन्धी सावधानीहरू बाहेक स्वदेश फर्केपश्चात क्वारेन्टाईन हुन र प्रवेशमै निषेध हुनबाट जोगिन अन्तराष्ट्रिय हवाई यातायात संघको वेबसाईटमा उपलब्ध कोभिड-१९ सम्बन्धी अध्यावधिक सुचना लिनुहोस्।
यात्राका क्रममा आफु र आफ्ना बालबालिकाले सरसफाईका विधिहरू अपनाउनु होस् – नियमित रुपमा हात धुने वा कम्तिमा ६० प्रतिशत अल्कोहल भएको जिवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्ने, श्वासप्रश्वास सम्बन्धी असल व्यवहार अपनाउने (खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी-रुमालले नाक र मुख छोप्ने र प्रयोग पश्चात त्यसलाई तत्कालै बन्द फोहोरदानीमा फाल्ने), र खोकिरहेका वा हाच्छ्युँ गरिरहेका व्यक्तिबाट टाढै रहने। यसका साथै जिवाणुनाशक जेल वा क्रिम (स्यानिटाईजर), एक पटक मात्र प्रयोग गरिने कागजी-रुमाल, र पुछ्‍न प्रयोग गरिने जिवाणुनाशक रुमाल अभिभावकले हरदम आफुसँग राख्नु होस्।
यसका अतिरिक्त बस वा हवाईजहाजमा बसिसकेपछि आफ्नो सिट, हात अड्याउने स्थान, छोएर प्रयोग गरिने स्क्रिन आदिलाई जिवाणुनाशक रुमालले सफा गर्नुहोस्। साथै आफु र आफ्ना बालबालिका बसेको होटल वा अन्य आवासमा प्रयोगमा आउने सतहहरू, ढोका खोल्ने ह्यान्डल, रिमोट-कन्ट्रोल आदिलाई जिवाणुनाशक रुमालले सफा गर्नुहोस्।
 
के गर्भवती महिलाबाट बच्चामा कोरोनाभाइरस सर्न सक्छ?
हालसम्म उपलब्ध जानकारीका आधारमा गर्भावस्थामा आमाबाट बच्चामा यो भाइरस सर्ने वा नसर्ने तथा उक्त भाइरसले बच्चामा पार्ने असरका बारेमा पर्याप्त तथ्य उपलब्ध छैन। यस विषयमा हाल अध्ययन भइरहेको छ। गर्भवती महिलाहरूले भाइरसबाट जोगिन उपयुक्त सावधानी अपनाउनु पर्दछ र ज्वरो, खोकी वा सास फेर्न कठिनाईजस्ता लक्षणहरू देखिएमा समयमै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ।
 कोरोनाभाइरस बाट संक्रमित आमाले स्तनपान गराउनु सुरक्षित हुन्छ?
कोरोनाभाइरस प्रभावित तथा यसको जोखिम भएका स्थानमा बसोबास गर्ने सबै आमाहरूले ज्वरो, खोकी वा सास फेर्न कठिनाईजस्ता लक्षणहरू देखिएमा समयमै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ र प्राप्त सल्लाह अनुसार गर्नुपर्दछ।
स्तनपानको महत्व र भाइरस प्रसारणमा यसको नगन्य भूमिकालाई लाई ध्यानमा राख्दै स्तनपानलाई निरन्तरता दिन सकिन्छ। तर भाइरसबाट जोगिनका लागि अन्य सावधानीहरू भने अपनाउनु पर्दछ।
लक्षण देखिएका तर सबल आमाहरूले भने स्तनपान गराउँदा र बालबालिकासँग नजिक हुँदा मास्क लगाउने, बालबालिकाको सम्पर्कमा आउनुभन्दा अगाडि तथा पछाडि हात धुने, संक्रमित वस्तु तथा सतहहरूलाई जिवाणु नाश हुने गरि सफा गर्ने गर्नुपर्दछ जुन अन्य अवस्थामापनि कोभिड-१९ भएको शंकालागेका वा संक्रमित बालबालिका तथा वयस्कहरु सँग अन्तर्क्रिया गर्दा अपनाउनुपर्ने हुन्छ।
आमा निकै नै अस्वस्थ भएको अवस्थामा उनको दुध निकाली सफा कप वा चम्चाले शिशुलाई खुवाउन सकिन्छ र भाइरसबाट जोगिनका लागि अन्य सावधानीहरू निरन्तर अपनाउनु पर्दछ।
अहिलेको समयमा म दुर्व्यवहार, भेदभाव र लाञ्छनाका बारेमा चिन्तित छु। अहिले जे भईरहेको छ, त्यसबारेमा कसरी कुरा गर्ने??
अहिलेको अवस्थामा तपाईं  कोरोनाभाइरसको कारणले चिन्तित हुनु स्वाभाविक हो। तर भय र त्रासले विद्यमान समस्यालाई झनै जटिल बनाउँछ। उदाहरणका लागि, अहिले एसियाली मुलका मानिसहरूमाथि मौखिक तथा शारिरिक दुर्व्यवहार समेत भएको समाचारहरू आईरहेका छन्।
स्वास्थ्य सम्बन्धी आपतकालीन अवस्था, यसबाट प्रभावित सबैका लागि तनावपूर्ण समय हो। यस्तो समयमा सहि जानकारी लिईराख्नु र एक अर्का प्रति माया र सद्भाव कायम राख्नु महत्वपूर्ण हुन्छ। विद्यमान भेदभावलाई बढावा दिने खालको भाषा र शब्दावलीहरूको प्रयोगले मानिसहरूलाई आवश्यक जाँच गराउनबाट निरुत्साहित गर्न सक्छ र उनीहरू तथा उनीहरूका समुदायनै जोखिममा पर्न सक्छन्।
आफ्ना बालबालिका, परिवार तथा साथीभाइसँग कोरोनाभाइरसको बारेमा कुरा गर्दा निम्नानुसार गर्नुहोस:
👍गर्नुहोस्: कोरोनाभाइरस (कोभिड-१९) को बारेमा कुरा गर्नुहोस् ।
👎नगर्नुहोस्: यो रोगलाई कुनै स्थान वा जाति विशेष सँग नजोड्नुहोस्। याद राख्नुहोस्: भाइरसले कुनै एक जनसंख्या, समुदाय वा जातिलाई मात्र आक्रमण गर्दैन ।
👍गर्नुहोस्: कोभिड-१९ को संक्रमण भएका”, “कोभिड-१९को उपचार गराईरहेका”, “कोभिड-१९ को उपचार पश्चात निको भईरहेका”, वा “कोभिड-१९ को संक्रमणका कारण मृत्यु भएका” व्यक्तिहरूका बारेमा कुरा गर्नुहोस्।
👎नगर्नुहोस्: यी व्यक्तिलाई ‘कोभिड-१९ को केस’ वा ‘कोभिड-१९ पिडित’ भनेर नभन्नुहोस्।
👍गर्नुहोस्: मानिसहरूलाई कोभिड-१९ को संक्रमण भएको बारेमा कुरा गर्नुहोस्।
👎नगर्नुहोस्: कसैले “कोभिड-१९ संक्रमण गराएको”, “कोभिड-१९ सारेको” वा “कोभिड-१९ फैलाएको” भनेर नभन्नुहोस् किनभने त्यसो भन्दा उनीहरूले नियतवश संक्रमण फैलाएको तथा यो उनीहरूको दोष भएको ईकित गर्दछ।
👍गर्नुहोस्:तथ्यपरक सुचना तथा सबैभन्दा पछिल्लो आधिकारीक स्वास्थ्य सल्लाहका आधारमा कोभिड-१९ को जोखिमबारे कुरा गर्नुहोस्।
👎नगर्नुहोस्: अपुष्ट हल्लालाई नदोहोर्याउनुहोस् तथा थप नफैलाउनुहोस्, र “महामारी”, “विश्व-विनास” जस्ता त्रास फैलाउनसक्ने अतिशयोक्तिपूर्ण शब्दहरूको प्रयोग गर्नुहोस्।
👍 र अन्तमा यस रोगको रोकथामका प्रभावकारी विधिहरू – जस्तै साबुन पानीले हात धुने तरिका आदिलाई विशेष महत्व दिई सकारात्मक तवरले कुरा गर्नुहोस्। धेरैजसो मानिसका लागि यो रोगको सामना गर्न सम्भव छ। आफु, आफ्नो परिवार तथा अत्यन्तै जोखिममा रहेकालाई सुरक्षित राख्न सरल उपायहरू द्वारा सम्भव छ।
 
युनिसेफले कसरी सहयोग गरिरहेको छ?
कोभिड-१९ बाट धेरै प्रभावित चीन सरकार र पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका राष्ट्रहरूलाई सघाउनमा हाल युनिसेफको सहयोग केन्द्रित छ। २९ जनवरी देखि युनिसेफले स्वास्थ्यकर्मीहरूलाई आवश्यक सुरक्षा सुट, मास्क, चस्मा तथा पञ्जा समावेश गरि १३ टन सामग्री प्रभावित क्षेत्रमा पैठारी गरिसकेको छ। थप सामग्री तयारी अवस्थामा राखिएको छ र कतिलाई प्रमुख स्थानहरूमा लगेर राखिसकिएको छ।
भाइरसको अप्रत्याशित प्रकृति र निरन्तर फैलावट हेरेर, ठुलो रोगका प्रकोपबाट बच्नका लागि सिमित क्षमता भएका र कमजोर स्वास्थ्य प्रणाली भएका देशहरूको सहयोगका लागि युनिसेफले जोखिमको सामना गर्नकालागि आकस्मिक योजनाहरूको विकास गर्न सम्बन्धित सरकारहरू, विश्व स्वास्थ्य संगठनका निर्दिष्ट विभागहरू र अन्य साझेदारहरूसँग समन्वय गरिरहेको छ।
कोभिड-१९ को नियन्त्रणका लागि आवश्यक सहयोगका काम गर्न युनिसेफले १६ फेब्रुअरीमा ४ करोड २३ लाख अमेरिकी डलरको आव्हान गरेको थियो। यस प्रारम्भिक रकमले युनिसेफलाई बालबालिका, गर्भवती महिला तथा तिनका परिवारलाई कोभिड-१९ को संक्रमणबाट जोगिने र आवश्यक सहयोग खोज्ने बारेमा जोखिम सम्बन्धी सुचना संप्रेषण तथा गलत सुचनाको प्रवाह नियन्त्रण गरी कोभिड-१९को फैलावट रोक्न सहयोग पुर्याउनेछ।
  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 229
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

लेखक राजु अधिकारीको उपन्यास ‘राज्याभिषेक’ विमोचित

October 1, 2021

शान्ति समाजले १५ स्रष्टालाई सम्मान गर्ने, को हुन् ती स्रष्टा ?

October 1, 2021

एपीवानमा ‘किताब जात्रा’

September 30, 2021

कलाकार शाह र केसी पुरस्कृत

August 29, 2021

टुकादेवीको कथा सङ्ग्रह ‘बार्दली’ सार्वजनिक

August 29, 2021

हिमाली समाजको जीवन्त चित्र

August 28, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.