SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » कृषिसभ्यताका आकर्षक पक्ष असारे गीत र बेठीबाजा
सम्पादकीय

कृषिसभ्यताका आकर्षक पक्ष असारे गीत र बेठीबाजा

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments10 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
  • सम्पादकीय

नेपाली समाज कृषिप्रधान समाज हो । यस समाजमा रहेको लोकसंस्कृतिमा श्रमको प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध रहन्छ । कुनै न कुनै रूपले कृषिकर्म गरिने हुँदा र अधिकांश नेपालीको जीवन श्रमशील हुने हुँदा नेपाली श्रमगीतबाट नेपाली समाजको समाजशास्त्र, संस्कृति र मनोविज्ञान पनि बुझ्न सकिन्छ । नेपाली समाज हलो, कोदालो, हँसिया, चर्खा, स्वेटर– रुमाल बुन्ने काँटा, कपडा, राडीपाखी आदि बुन्ने तान र गाई–भैँसी, बाख्रा–भेडा, चौँरी, घोडा खच्चर आदि चराउने, सदाउने र बाह्रैमास श्रम गरिरहने गरिरहने समाज हो । यस समाजमा श्रम र गोठाले जीवनसँग सम्बद्ध अनेक गीतहरू सुरक्षित छन् । यहाँ त्यस्ता गीतलाई मोटामोटी जेठे, असारे, साउने, भदौरे, कात्तिके, रामदली, रसिया, मङ्सिरेरदाइँगीत, भारी उचाल्ने गीत, भैँजडी गीत, पमलकम गीत, फिरी गीत, बाली गीत, आदिले समेट्न सक्छन् । अरू पनि गीत नभएका होइनन् । तीमध्ये असारे गीतको ठुलो महत्त्व छ । पूर्वतिर बेठी लगाएर धान रोप्ने चलन अहिले पनि छँदैछ ।

नेपाल कृषिपधान मुलुक हो । यस मुलुकमा असारलाई मानो रोपेर मुरी फलाउने समय भनिन्छ । यस महिनामा रोपाईँ गरिन्छ । नेपालका विभिन्न ठाउँमा असारमा धान रोप्दा थकाई मार्ने क्रममा र रोपाईँ गरेको रोपो राम्ररी हुर्कियोस् भन्ने कामनाका उद्देश्यले पनि लोकगीत गाइन्छ । यसरी गाइने गीतलाई असारे गीत भनिन्छ ।

नेपालका अधिकांश ठाउँमा खास गरी असार महिनामा धान रोप्ने गरिन्छ । रोपाइँका बेला कृषकहरूलाई कामको भ्याइनभ्याइ हुन्छ । रोपाईंमा कठोर काम गरेर बिहानभर वा दिनभर थाकेका बाउसे र रोपारहरू एकअर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै थकाई विर्सन खोज्छन् । यस्तो गीत गायनले थकाइ बिर्साउँदै पुनर्ताजकी गर्छ । खेतका गह्रा, खोलानाला र खहरेहरूबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका खुल्दछ । कोदालीका तालमा, रोपो छुपुछुपु रोप्ता आउने आवाजका तालमा र कतिपय ठाउँमा बाजाको तालमा पनि असारे गीत गाउने चलन हुन्छ । जस्तै,

कालै र गुन्युँ कालै र चोलो, चुलैर पोत्नेलाई
खाइलाग्दो जवान् घरैमा थियो के हेछ्र्यौ जोत्नेलाई । (सुवेदी, २०३९)

नेपालका विभिन्न भेगमा गाइने असारे भाकाले भौगोलिक विविधता पनि समेटेको देखिन्छ । असारे भाकालाई पूर्वी भेगमा ‘रसिया’ पनि भनिन्छ । यही गीतलाई पश्चिमाञ्चलतिर ‘काँठेभाका’ भनिन्छ । अन्यत्र ठाउँअनुसार यसको अरू पनि नाम हुन सक्छ । फरक भाषा र भाषिकाका नाम त हुने नै भए ।

असारे गीतमध्ये लेग्रो तानेर गीतको पहिलो फाँकी झिकेपछि बीचमा अनुप्रासका टुक्काहरू मिलाई अनि मात्र अन्तिम फाँकी वा टुप्पो गीत भन्ने चलन प्राय: असारे गीतमा प्रचलित छ । यस भाकाका फाँकीहरू प्राय: १६ र १६ अक्षरका हुन्छन् र हरेक पाउका १० अक्षरमा विश्रान्ति लिई लामो स्वरमा लेग्रो तानी तानी यो भाका गाइन्छ । असारे भाकाले थकित वातवारणलाई आनन्ददायी र रोचक बनाइदिन्छ । नारी पुरुष दुवै मिलेर मात्र रोपाइँ सम्पन्न हुने हुँदा प्रेम र छेडखान पनि असारेगीतमा समेटिएको हुन्छ ।

असार कृषि सभ्यतामा असाध्यै महत्त्वको महिना हो । लोक समाजमा असार महत्त्वपूर्ण भएकै कारण संस्कृतका महाकवि कालिदासले ‘आषाढस्य प्रथम दिवसे’ भनेर नै मेघदूतमा आफ्ना भाव प्रस्तुत गरेको पाइन्छ । त्यसबाहेक महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याललगायत थुप्रै लेखक कविले विभिन्न कोणबाट असारलाई आफ्ना सिर्जनामा समेटेको पाइन्छ ।

नेपालको यो संस्कृति परम्परित भए पनि यसमा श्रममा उत्साह थप्ने र नयाँ पुस्तालाई श्रमप्रति आकर्षित गर्ने गहिरो समाज मनोविज्ञान छिपेको छ । यसलाई किसानले निरन्तरता दिन नसके गाउँपालिकाहरूले कुनै न कुनै क्षेत्रलाई विशेष धानउत्सवका रूपमा मनाएर निरन्तरता दिन आवश्यक छ ।

असारे गीत विशेषत: हली, बाउसे, रोपाहार, घरबेटी, खेतालासमेतले खेतीपातीको बयान, सामाजिक अवस्थाको व्याख्या, श्रमजीवनका दु:खसुख तथा एक आपसमा छेडखान गर्दै गाइने गीत हो । यो गीत ठाउँअनुसार शब्द र लयमा फरक भएको पाइएता पनि कामको साथमा गाइने भएकाले सबै ठाउँका असारेगीत बेठी लगाउँदाको अवस्थाबाहेक ढिलो लयमा गाएको पाइन्छ । विशेष गरी पूर्वी पहाडी क्षेत्रमा गाइने गरेको असारे जुहारी लोक गीतका शब्दहरू बढी प्रचलित छन् :

बाउसे :
मुखिया बा को टारी है खेतमा सुन चेलीबेटीउ ढुकुरै लुक्ने बिउ, (ढुकुरै लुक्ने बिउ हो हो हो हो)
सुन चेलीबेटीउ ढुकुरै लुक्ने बिउ
जतिमा हेर्यो झन हेरौँ लाग्ने सुन चेलीबेटीउ सोह्रैमा बर्षे जिउ ।
(सोह्रैमा बर्षे जीउ हो हो हो हो ), सुन चेलीबेटीउ सोह्रैमा बर्षे जीउ ।

रोपाहार :
असारै मासको दबदबे हिलो,
सुन माइती राजाउ गोरुले साएको ।
(गोरुले साएको हो हो हो हो )
सुन माइती राजाउ गोरूले साएको ।
असारे झरी निहुँ गरी गरी सुन माइती राजाउ छेउ किन आएको ?
(छेउ किन आएको ? हो हो हो हो )
सुन माइती राजाउ छेउ किन आएको ? (पूर्वमा मेलापात जाँदा लेखकले सुनेको)

यस किसिमका गीतहरूले काम गर्न अल्छी लागेको बेला पनि काममा उत्साह जगाउने काम गर्छन् । यहाँ केही थप असारे गीतका नमुना अनेक छन् ।

पूर्वी नेपालमा गाइने असारे गीतका केही नमुना यस्ता छन् :

१) रोप न रोप रोपारै रानी म पँज्याई दिउँला बिऊ
हलीलाई दिउँला एक राते दही बाउसेलाई दिउँला घिउ
असार मास छिपछिपे हिलो खै लाग्यो फालीमा
बुवालाई भनी भुरुल्ली काटेँ ओइलायो आलीमा ।

२) गुदुमा गुदु भातै र पाक्यो तिहुन् न सिरिङ्गी
हलीलाई लाग्यो कैटेको व्यथा बाउसेलाई भिरिङगी
हलै र भाँच्यो जुवै र भाँच्यो ढाँड् क्याले जोतूँ ला
सम्धी र जस्ता पाहुँना आउँदा गाँड क्याले छोपूँला
हलै र भाँच्यो जुवै र भाँच्यो खुर्खुरे ढाँडले
असार मास र सुत्केरी भैछे के खान्छे राँडले । (लेखकले मेलापातमा सुनेको पुरानो गीत)

असारे गीतको प्रचलन पूर्वपश्चिम उपत्यका सबैतिर उत्तिकै छ । कर्णाली क्षेत्रमा पनि असारे गीत प्रचलित छन् । कर्णाली क्षेत्रमा असारे गितलाई स्थानीय भाषामा ‘अवाली’ भन्छन् । यसले असारे गीतलाई नै ठाउँअनुसार फरक फरक सम्बोधन गरिने कर्णाली क्षेत्रमा गाइने असारे गीतको नमुना यसप्रकार छ :

कठै छुपुछुपु रोपी ल्याऔँ सिउँती सेरा अ
कठै बडिमाईका थान चढेइ मोती मेराइ अ
कठैबाट डिलबाट भिता काट्यो तरिस
कठै बाँची रहे हली बाउसे लाखै बरिस
कठै शिरसैनको मुला चोतो चिर भाइ हो खाउँ
कठै लाला झ्याउँ झ्याउँ बसी गया अब घर जाउँ
कठै शिरसैनको मुला चोतो चिरेइ खाँदैन
कठै यति राम्रा साते छोडी घर जाँदैन
कठै झुमुझुमे मेघु आयो माँझै असार
कठै शिरको शिरबन्दी ल्यायौं बाहुली पसार
कठै उमा देश हाम्रा माइत जाइआ भमर
कठै बुवाज्यूका बगलीमा बस्यै भमर
हाम्रा बुवा सोध्याउन्ना बोल्यै भमर
तम्री चेली बडा दु:ख कहेइ भमर ।

असारेगीत गाउने काठमाडौं उपत्यकामा पनि पाइन्छ । अहिले पनि काठमाडौँ उपत्यकाका खाली जमिन र आसपासका गाउँमा धानखेती गरिन्छ । काठमाडौँमा गाइने असारे लोकगीतका नमुनाहरू धेरै प्रचलित छन् । काठमाडौँ उपत्यकामा गाइने असारे गीत अन्यत्रका तुलनामा लेग्रो तानेर गाइन्छ । गीतको पहिलो फाँकी झिकेपछि बीचमा अनुप्रासका टुक्का मिलाई अनि मात्र अन्तिम टुप्पो वा फाँकी गाउने गरिन्छ । जस्तै :

सिरी पशुपति सिरी गुजेश्वरी उहीमाथि आर्जेघाट,
बाला जीवनको हातको माला सुक्यो कैले होला भेटघाट
तेन्जिङ शेर्पा हिमाल चढ्यो भन्छन्, कैले होला भेटघाट ।
काफल पाक्यो, कोइली डाक्यो, नागार्जुनको बनैमा
शिरको फूल शिरमै सुक्यो, आधा सुक्यो मनैमा
हरेराम राम हिउँदको घाम आधा सुक्यो मनैमा । (बिना बञ्जरा, काठमाडौँबाट संकलित)

नेपालको पश्चिमी भूभाग नेपाली साहित्यका आदिकवि भानुभक्तको जन्मस्थल तनहूँतिर असारेगीतको प्रचलन अत्यधिक छ । त्यस क्षेत्रमा गाउने गरिएको असारे गीतका केही अंश यस्ता छन् :

भित्र खोक्रो न बाहिर बोक्रो, गुलियो कसार…
हनुमान ढोका उघारी हेर्दा लागेछ असार

‘छुपुमा छुपु खेतमै रोपु, हातको बिउ छउन्जेल
जे खानु खाइयो, जे लाउनु लाईयो बाबाको ज्यु छइन्जेल’
असारै खाउला दुधिलो मकै, साउने खाउला खीर
घरमा छैन शितलु बचन, मनमा छैन थिर ।

कठमाडौँ नजिकै पर्ने रसुवा जिल्लामा पनि धान रोप्दा असारे गीत गाउने चलन छ । रसुवालीहरू असारेगीत गाउँदै धान रोप्छन् । त्यहाँ धान रोप्दा असारे गाउने प्रचलन अलिहे पनि छँदैछ । त्यहाँ खाजा खाने र चिया खाने बेलामा एक पटक बाउसे र रोपाहारबिच दोहोरी नै गाउने चलन रहेको छ । उदाहरण :

गाईको दाम्लो, भैंसीको दाम्लो किलाको किलै छ, किलाको किलै छ
अलैँची दाना बाडौंला भन्थें हात मेरो हिलै छ ।
हात मेरो हिलै छ……. अलैंची दाना बाडौंला भन्थेँ हात मेरो हिलै छ ।

असारेगीतलाई ठाउँअनुसार फरक फरक नाम दिइएको पाइन्छ । पर्वत जिल्लाको उत्तरी भेगमा गाइने असारे गीतका अन्त्यमा भलो भलो भन्ने थेगो जोडिने भएकाले यस गीतलाई भलागीत भन्ने गरेको पनि पाइन्छ । विभिन्न ठाउँमा गाइने असारे गीतका थप नमुनाहरू तल टिपोट गरिएको छ :

क) न भित्र खोक्रो, न बाहिर बोक्रो, गुलियो कसार,
पुरबै ढोका खोलेर हेर्दा लागेछ असार
असारमासको चीजको वस्तु पाकेको खुर्सानी,
एक चरन असारे भन्देउ राजै सम्झाउनी विर्साउनी

ख) असारे मासुको दबदबे हिलो छि मलाई घिन लाग्यो
पातली नानीलाई फरिया किन्दा छ बीस रिन लाग्यो । (वेदप्रसाद ढुङ्गेल, इलामबाट सङ्कलित)

प्रस्तुत साक्ष्यमा जस्तै असारे भाकामा प्रेम, वियोग, व्यथा, पीडाका साथै हस्य रस पनि पाउन सकिन्छ । जस्तै,

असारलाई भनी कुटेको च्युरा म कति साँचूँला,
सौताका हात दुइ कुड्की भात म कति बाँचूला
जुत्ता है सिउने सार्की दाजु फूल भिने सर्किनी,
डाँडै र काटी गएको म त मायाले फर्के नि ।
बाटो है माथि बाटो है तल बूढो नि खरायो,
रोपाहार रानी रोपदै थिए बाउसे नै हरायो ।

असारे गीतहरूमा असारमा आउने बाढी पहिरोका विपत्ति पनि समेटिएको हुन्छ । यस्तै कतिपय गीतले विपतलाई पनि चिरेर श्रम गर्नुपर्ने पक्षलाई समेटेका हुन्छन् । असारमा खाइने खाजापानी, गोरु, हली र रोपाहारका प्रसङ्गलाई पनि समेटिएको हुन्छ । यस्ता विविध पक्षलाई समेटेको गीतको एउटा अंश यस्तो छ :

खोल्सा र खोल्सी बाढी है आयो बर्षाको बेलैमा
काँधमा हलो हातमा जुवा लागी हुन मेलैमा
मै पनि जान्थें हल गोरु साउनु बेँसीको खैतैमा
लैबरी भाखा गाएको सुन्थें डाँडा र पाखैमा ।
धानको बिउ हातमा लिइ रोप्दी हुन छुपु छुपु
आलीमा बसी गहुँको रोटी खादी हुन् कुपु कुपु
तारे र माले गोरुले पनि खोज्दै होला खै हली भनेर
रात भरी पाले बस्दैछ हली डलर सम्झेर
बट्टामा भात झोलामा लगाई डलरको खेतीलाई
कठुवामा जांड मकैको खाजा धनको खेतीलाई । (स्रोत : पाँचथरकी वृद्धा ७० वर्षीया टंकमाया लुइटेल)

नेपाल कृषिप्रधान समाज हुँदा असारे गीतको प्रचलन प्राय: सबै ठाउँमा भएको पाइन्छ । लेखकले सुनेका केही असारे गीतका अंशहरू

क) धान है रोप्नु छुपुमा छुपु असार मासैमा
राजाको बेठी म कन्ने केटी, बाँच्नु छ आशैमा ।

ख) छुपुमा छुपु धान है रोप्नु हातैमा बिउछैन्जेल
राम्रैमा लाउँला मिठैमा खाउँला यो जीवन रहुन्जेल ।

ग) असार मासको दोपरे खाजा रानीको कसार
सुनको ढोका उघारी हेर्दा गएछ असार ।

घ) दुलाहा भन्दा मायालु नाठो हितैको परानी
हली है राजा खेताली रानी बाउसे खरानी । (पाँचथर निबासी पुण्यमाता लुइटेलबाट संकलित वर्ष ५५)

कुनै काम गर्दा श्रम परिहारका रूपमा लोकले गाउन सुरु गरी प्रचलनमा ल्याएका गीतहरू नै श्रम गीत हुन् । नेपाली समाजमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अनेकौं यस्ता गीत रहेको पाइन्छ जसमध्ये गोडेलो, बाली ,रोपाईँ दाइँ गीत आदि रहेका छन् ।

नेपाली समाजमा प्रचलित श्रमगीतमध्ये असारे गीत उल्लेख्य र चर्चित छन् । बिशेष गरी रोपाइँ गर्दा गाउने गीतहरू असारे गीत हुन् । खेतीपातीमध्ये हिलो पानी नभनी खट्नु भिड्नु पर्ने गाह्रो काम धान रोप्ने कामलाई किसानहरूले प्राथमिकता दिएका हुन्छन् । यसलाई सहज र मनोरञ्जकसमेत बनाउन विभिन्न उपाय अपनाइएको पाइन्छ जसमध्ये बेठी लगाउने, रसिया गाउने , हिलो छ्यापाछ्याप गर्ने, हली बाउसे र रोपाहारहरू मिलेर गीत गाउँदै रोपाइँ गर्ने चलन बढी देखिन्छ ।

असारेगीत र बेठीको अनन्य सम्बन्ध हुन्छ । रोपाइँमा पञ्चेबाजा बजाएर र भोज ख्वाएर गरिने श्रमउत्सवलाई बेठी भनिन्छ । जतिसुकै झमझम पानी परिरहे पनि त्यसको कुनै पर्वाह नगरी पञ्चे बाजाको तालमा बाउसेले कोदालो चलाउने र रोपाहारले छुपुछुपु रोपेर यस श्रम उतसवलाई रमाइलो बनाउँछन् । बेठी लागिरहेका बेला बाहुसेका कोदाला र फ्याउरी तालबद्ध रूपमा चलेका हुन्छन् । हलीले गोरु धपाउँदाको ह ह, स्थिर अवस्थाको ‘हो …हो …’ तथा गोरू घुराउँदाको ‘हो….रा’, पछाडि सार्नु पर्दाको पच पच भन्ने आवाजको ताल पनि बाजाको तालमा मिलाइएको हुन्छ । यस्तो बाजासँगै ब्याडेहरूले बिउ उखेल्ने र फ्याँक्ने ताल पनि मिलाइएको हुन्छ । बिउ फ्याक्नेले ‘भिजिएला है !’, आयो है, होसियार है, आछिछिछि का साथै बिउ लिएका रोपाहार र कोदाली बोकेका बाहुसेहरूले हिलो छ्यापाछ्याप गरेको र नाचेको देखिन्छ । बाजाका तालमा विविध गीत गाउने चलन पाइन्छ । त्यस्ता गीत रोपाइँ आरम्भ गर्दा, खलो बाँध्दा, खाजा खादा, विदायी भोज खादा फरक फरक गाइन्छन् ।

बेठी जाउँदा र सामूहिक रूपमा रोपाइँ गर्दा खेतका मालिक र खेतालाबिचका वर्गीय भिन्न पक्ष र त्यसबाट उब्जिएका अनुभूतिहरू पनि असारेगीतमा प्रयाप्त पाइन्छ । नेपालको यो संस्कृति परम्परित भए पनि यसमा श्रममा उत्साह थप्ने र नयाँ पुस्तालाई श्रमप्रति आकर्षित गर्ने गहिरो समाज मनोविज्ञान छिपेको छ । यसलाई किसानले निरन्तरता दिन नसके गाउँपालिकाहरूले कुनै न कुनै क्षेत्रलाई विशेष धानउत्सवका रूपमा मनाएर निरन्तरता दिन आवश्यक छ । साहित्यसागरकातर्फबाट सम्पूर्ण श्रमजीवी किसानहरूमा शुभकामना ।

– सम्पा.

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 927
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

हाम्रो पुरुषार्थको पुरुषार्थ

February 5, 2024

साहित्यमा बहुलताको अवधारणा र चुतौति

January 28, 2024

प्राचीन नेपाली नाट्य सिर्जन प्रदर्शन परम्परा

January 18, 2024

स्मृति विम्बमा प्रतिविम्बित भारतीय नेपाली साहित्यका रत्नहरू 

January 9, 2024

युवा पुस्तामा मडारिएको निराशाको तुवाँलो

December 26, 2023

नमः सभाभ्यः सभापतिभ्यश्य

December 7, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.