SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » अभिप्रेरक साहित्यिक विधा आत्मकथा
सम्पादकीय

अभिप्रेरक साहित्यिक विधा आत्मकथा

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments7 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

स्रष्टा स्वयमद्वारा प्रथम पुरुष शैलीमा सिर्जना गरिने स्वयमको जीवन कथा नै आत्मकथा हो । यसलाई सोझो भाषामा आफ्नै जीवनमा आधारित कथा भन्न सकिन्छ । शाब्दिक अर्थमा ‘आत्म’ र ‘कथा’ दुई भिन्न पदको मेलबाट बनेको यो व्युत्पन्न पदको साहित्यिक अर्थ निकै व्यापक र स्थापित बनिसकेको छ ।

लेखकले आफ्नो जीवनकथालाई लेखक स्वयम्ले लेखेको रचना विशेष हुँदा यसलाई आत्मकथा वा आफ्नै कथा भनिएको हो । यसलाई आधुनिक एवम् उत्तरआधुनिक साहित्यका उपविधाहरूमध्ये विशिष्ट उपविधाका रूपमा लिइन्छ । अङ्ग्रेजी साहित्यमा प्रयोग हुने गरेको अटोबायोग्राफीको रूपलाई नै नेपालीमा आत्मकथा भनिन्छ । यसलाई आत्मजीवनी, आत्मसंस्मरण, आत्मचरित्र, आत्मकहानी, आत्मलाप, संस्मरण आदि फरक फरक नामले चिन्दै चिनाइँदै आइएको छ ।

नेपाली साहित्य परम्परामा पछिल्लो दशकमा आत्मकथा लेखन र प्रकाशनको लहर निकै बाक्लो चलेको छ । यो विधा केही लेखकका कृतिलाई लिएर ढाँट, छल र आत्मप्रशंसाको पुलिन्दाका रूपमा बदनाम बनिरहेको छ भने केही लेखकका कृतिका उदाहरणबाट आदर्श एवम् अभिप्रेरक विधाका रूपमा स्थापित भइरहेको छ । यसको मूल आदर्श अभिप्रेरक र प्रामाणिक लेखन नै हो ।

लेखक स्वयम्ले आफ्नो जीवनकथा आख्यानात्मक र केही निजात्मक शैलीमा प्रस्तुत गर्ने विधा विशेष हुँदा यो विधा सजिलो र जटिल दुवै विधामा पर्दछ । लेखकले आफ्नै बारेमा लेख्ने हुँदा विषयवस्तुका बारेमा गहन अध्ययनको खाँचो नपर्ने यसको सरल पक्ष हो भने जीवनका सत्य तथ्यलाई नलुकाई र स्मरणशाली ढङ्गले बाहिर ल्याउनु यसको जटिल पक्ष हो । आत्मकथा विधाका प्रमुख तत्त्वहरूमा आख्यानात्मकता, जीवनमा भोगेका घटना सिलसिला, प्रभावोत्पादक गद्यमयता, रोमाञ्चपूर्ण भाषिक प्रस्तुति, अनुभूतिका सूक्ष्म कथायोजना, सरल र सरस अभिव्यक्ति, घटनाको कलात्मक प्रस्तुति जस्ता जस्ता पक्षहरू पर्दछन् । यस विधाले आख्यान र निबन्ध विधाका तत्वहरूलाई आफूमा संयोजित रूपमा समाहित गर्न सक्छ ।

नेपाली साहित्य परम्परामा केदारमणि आदीको आफ्नै कुरा (२०३४), दिलबहादुरको मेरा वितेका दिनहरू (२०३४) आदिलाई विधा पहिचानपछिका आत्मकथा मानिँदै आएको छ । नेपाली साहित्य परम्परामा विश्वश्वरप्रसाद कोइरालाका आफ्नो कथा (२०४०), जेल जर्नल (२०५४) र आत्मवृत्तान्त (२०५५) बढी पढिएका आत्मकथात्मक कृतिहरू हुन् । आत्मकथा आख्यानका कथा र उपन्यास जस्तै विस्तृत वा सङ्क्षिप्त दुवै आयतनमा रचना गर्न सकिने विधा विशेष हो । नेपाली आत्मकथा लेखन परम्परामा लघु र प्रबन्धात्मक दुवै किसिमका लेखन प्रयोग हुँदै आएका छन् ।

आत्मकथाको मूल धर्म लेखक आफैले आफूलाई पात्र बनाएर कथात्मक रूपमा व्यक्तत गर्ने प्रक्रिया हो । यसका तत्त्वहरू न आख्यानसापेक्ष मात्र हुन्छन् न निबन्धसापेक्ष मात्र हुन सक्छन् । दुवै विधाका तत्वलाई समाहित गर्न सक्ने खालका तत्त्वलाई गर्भित गर्ने हुँदा यस विधाप्रति निबन्धका पाठक र आख्यानका पाठकहरूको रोजाई र रुचि बढिरहेको छ ।

आत्मकथा मूलतः लेखककै कथा हो । यसमा लेखकले आफ्नो कथासँगै अन्य व्यक्ति, आफन्त, सहकर्मी, प्राणी, निर्जीव वस्तु, यन्त्र, प्रकृति आदिको कथा पनि समेट्न सक्छ । त्यस्ता पक्षलाई आत्मपरक दृष्टिकोणमा प्रथमपुरुष दृष्टिबिन्दुमै कथा निर्माण गर्न सक्छ तर त्यो आत्मकथा होइन । त्यो आत्मकथा नभएर लेखकको प्रतिभा र उसले आधार सामग्रीका रूपमा पाएका ज्ञान र प्रस्तुतिको कलात्मक संवेगका आधारमा समाहित हुने पक्ष मात्रै हो । मूलतः आत्मकथा म पात्रकै कथा हो । अन्य पक्ष आत्मकथाले लिँदै नलिने होइन तर तिनलाई लेखकै कथाका केन्द्रीयतामा अन्तघुर्लन गरेर लिएको हुन्छ ।

आत्मकथा जोसुकैले लेख्न सक्छ । समाजले नचिने–नजानेका र नदेखेका व्यक्तिको कथा पनि समाज बोधका लागि आउन आवश्यक छ । तर अहिलेसम्मको परम्परा र अभ्यासलाई हेर्दा वैयक्तिक भन्दा सामाजिक जीवनका साहित्य, संस्कृति, कला, राजनीति, दर्शन, अध्यात्म, उद्ययमका साथै ज्ञान विज्ञानका विषय क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिका आत्मकथा नै बढी प्रचलनमा आएका छन् । लेखक स्वयम् भोक्ता र कथयिता बनेर लेखिने विधा हुँदा यसका पाठकले स्वतन्त्र रूपमा पात्र चयन गर्न सक्ने सम्भावना रहन्छ ।

सूक्ष्म दृष्टिले हेर्दा आत्मकथा कसैका जीवनको विवरण मात्र नभएर पाठकका निम्ति प्रेरणाप्रद, विचारोत्तेजक, कर्म उत्तेजक र त्यत्तिकै रोचक पनि हुनुपर्ने अपेक्षा गरिन्छ । सम्बन्धित क्षेत्रका अनुरागी, नवप्रवेशी, नव प्रतिभा र सहभागीहरूका लागि उत्साहवफूक, अभिप्रेरक, प्रत्युत्पादक र शिक्षाप्रद पनि हुन सक्दछ । यसकमा कल्पना गौण रहने हुँदा पाठकले उक्त विविध पक्षका साथै व्यक्तिका जीवनचक्रको पनि राम्रो ज्ञान पाउन सक्छन् र लेखक स्वयं नै कथाको नायक बन्ने हुँदा ऊ परिचित रहेछ भने लेखिएको अंश र चिनिएको पात्रलाई पाठकले दाँजेर हेर्न र विश्लेषण गर्न पनि पाउँछ । यस करण पनि आज आत्मकथा विधा स्थापित बनिरहेको छ ।

नेपाली साहित्य परम्परा र विश्वसाहित्य परम्परामा पनि आत्मकथा लेखाउनेहरू पनि छन् । लेखाउने जमात को पनि कमी छैन तर लेखक सामथ्र्य भएका मानिसका आत्मकथा जस्तो ती आत्मकथाहरू चर्चामा आउन सकेका छैनन् । आत्मकथा लेखाउने परम्परा आपूm लेखनमा सक्षम नभएका तर अन्य क्षेत्रमा विशेष व्यक्तित्व बनाएका व्यक्तिहरूका सवालमा लागू हुँदै आएको लेखन हो । यस्ता व्यक्तिले लेखन सामथ्र्य भएका कसै अज्ञात वा ज्ञात लेखकमार्फत श्रुति लेखनका माध्यमबाट आत्मकथा लेखाउन सक्छन् । यस्ता कृतिहरूका आधारमा आत्मकथाको नायकलाई लेखकका रूपमा मूल्याङ्कन गर्न भने कठिन हुन्छ । आत्मकथा यसरी लेखिनु भन्दा जीवनीका रूपमा लेखिनु सान्दर्भिक हुन्छ । सामान्य लेखन सामथ्र्य भएका व्यक्तिले आफै लेखेको आत्मकथात्मक अनुभूतिलाई लेखन सामथ्र्यसम्पन्न लेखकले भाषिक शिल्पगत रोचकता र साहित्यिक मूल्य स्थापनका लागि परिमार्जन, परिवफून र सम्पादन गरेर पनि आत्मकथा बनाएको देखिन्छ । यहाँ पनि लेखक बढी कि सम्पादक वा परिमार्जक बढी हो भनी ठम्याउन भने कठिन हुन्छ ।

इन्साइक्लोपिडिया ब्रिटानिकाका अनुसार तृतीय परूष दृष्टिबिन्दुमा पनि आत्मकथा लेखिन सक्छ । यसरी तृतीय पुरुष दृष्टिबिन्दुमा आत्मकथा लेखिन्छ भने त्यसमा अक्षरशः श्रुतिलेखन गरिने र गराउने स्वयं आत्मकथाको नायक हुनुपर्छ । ऊ कुशल वक्ता वा लेखक हुनुपर्छ (पृ. ८५५) । आत्मककथा तृतीयपुरूष दृष्टिबिन्दुमा लेख्न सकिए पनि यसका लागि साहित्यिक मूल्यसापेक्ष विशेष लेखन कलाको आवश्यकता देखिन्छ ।

आत्मकथा र संस्मरणको अन्तरसम्बन्धलाई हेर्दा संस्मरण आत्मकथाकै स्वरूप र एक अंश हुन सक्छ । संस्मरण प्रबन्धात्मक हुने भए पनि आत्मकथा जस्तो पुष्ट, निरन्तर प्रवाहित हुन सक्ने श्रृङ्खलाबद्ध र पूर्ण आकृातिमा रहन सक्ने सम्भावना कम रहन्छ । आत्मकथा स्वकीय जीवनी हुने हुँदा यसको सम्बन्ध जीवनीसँग पनि त्यतिकै निकट हुन्छ । जतिसुकै मिहिनेत गरे पनि परकीय जीवनी लेखनमा अपूर्णता रहन सक्छ, विषयवस्तुको भोग, अनुभूति र स्पर्श प्रत्यक्षतः नगरेका कारण अनुभूति र वैचारिक प्रस्तुति जति तीव्र हुनुपर्ने त्यति नहुन सक्छ । आत्मकथा आफ्नै भोगाई, तथ्यपूर्ण र प्रामाणिक लेखन भएकाले यसले सम्बन्धित लेखक वा व्यक्तिका विषयमा गरिने अध्ययनका लागि सबैभन्दा मूल सामग्री पनि बनिदिन्छ । यस आधारमा पनि आत्मकथा साहित्यिक जगत्मा स्थापित र मूल्यवान लेखन विधाका रूपमा प्रतिस्थापित छ ।

धेरै विद्वान्हरूले तत्कालीन राजा पृथ्वीनारायण शाहको दिव्योपदेश (१८३१) लाई नै आत्मकथाको आधार मानेका छन् । यस कृतिको प्रकाशन २००९ पछिको समयमा यसको सकारात्मक विषय प्रस्तुत हुन सहयोग मिलेको मत प्रा. राजेन्द्र सुवेदीको छ । उनकाअनुसार पृथ्वी नारायण शाहले आफ्नै जीवनीको सीममा अनुभूत भएका सन्दर्भ प्रकाशमा ल्याएको पक्षले यस कुरालाई मान्न सकिन्छ । चिरञ्जीवी शर्मा पौड्यालको आफ्नो कथा ( रका.१९७४) यस किसिमको अर्को कृति हो । यद्यपि यस कृतिको प्रकाशन २०१४ मा भएको हो । यस कृतिमा लेखकको वंशपरिचय, लेखकले व सं १९३०असारमा चिफ कर्नेल लोकबहादुर थापासँग सल्यान जाने खरिदार माताभद्र जयनाथसँग डोकामा बसेर गएको, उतै दाङ, देउखुरी, नेपालगन्ज, (नयाँ मुलुक) काठमाडौँ आदि स्थानमा भ्रमण गरेको विषयवस्तु समेटिएको छ । यस आधारमा यस कृतिको नाम आत्मकथा परम्परामा नछुटाइ लिइन्छ ।

नरेन्द्रमणि आ दीको भएका कुरा, प्रेमराज शर्माको तपस्वीको अनुभव, कृष्णकुमारीको एक शोकमय जीवनी, चक्रपाणि चालिसेको आत्मपरिचय आदि आत्मजीवनीहरू यस विधाका विकासका आधार देखिन्छन् ।

बालकृष्ण समको मेरो कविताको आराधना (२०२३) को प्रकाशनपछि यस विधाले जीवन्त र सशक्त स्वरूप प्रदर्शन गर्दछ । अहिले आत्मसंस्मरणात्मक रचनाहरू प्रशस्तै प्रकाशमा आएका छन् । कृष्ण चन्द्रसिंह प्रधानको नफकिर्ने ती दिनहरू (२०५९) सूर्यप्रसाद सापकोटाको मेरो जागिरे जीवन (२०६९), जगदीश घिमिरेको अन्र्मनको यात्रा (२०६४), विनोद चौधरीको विनोद चौधरी (२०७१), झमक घिमिरेको जीवन काँडा कि फूल (२०६५), भूपालमान सिंह कार्कीको आत्म जीवनी (२०५१ ), हरिवंश आचार्यको चिना हराएको मान्छे (२०७१), किशोर नेपालको समय (२०७२), रुक्माङ्गद कटवालको रुक्माङ्गद कटवाल (२०७१) लक्ष्मण सत्यालको आत्मकथा (२०७१), भीष्मराज प्रसाईंको हाम्रा ती दिनहरू (२०७३) आदि आत्मकथाका रूपमा प्रकाशनमा आएका छन् । त्यस्तै साहित्यिक वृत्तमा कम चर्चा भए पनि सुरेन्द्र हमालको ओलम्पियन, विनोद चौधरीको विनोद चौधरी, गणेशमान सिंहको मेरा कथाका पानाहरू, सुशीला कार्कीको न्याय, सरस्वती ज्ञवालीको लाल्टिनको उज्यालो, अच्युतकृष्ण खरेलको आत्मकथा, बाबुराम भट्टराईको अविराम बाबुराम, कर्ण शाक्यको सोच, रामेश्वर थापाको बारुदमाथि उड्दा, शंकर उप्रेतीको जीवन एक सपना आदि उल्लेख्य छन् ।

पछिल्लो समय जगदीश घिमिरेको आत्मालाप, मदनमणि दिक्षितको जीवन महाभियान, मदनकृष्ण श्रेष्ठको महको म, लोकराज बरालको रोमाञ्चित जीवन, विजयकुमार पाण्डेको खुसी, नरहरि आचार्यको गणतन्त्र यात्रा, नयनराज पाण्डेको यार यस्ता कृतिले साहित्य मूल्यसहित र मुक्त अवस्थामै पनि नेपाली आत्मकथा लेखनको परम्परालाई निकै उर्वर बनाएका छन् । लेखकहरूले आत्मकथा लेखनका क्रममा समाज र जीवनका अनेक सन्दर्भ, घटना र आयामहरूको पनि अभिलेखन गरेका छन् । यस अर्थमा काल्पनिक आख्यान पढ्नुभन्दा आत्मकथा बढी अभिप्रेरक र ज्ञानवफूक पनि हुन्छन् । अबको पुस्ताका हरेक क्षेत्रका समाज प्रतिष्ठित र अप्रतिष्ठित तर कर्मशील मानिसले आफ्नो कथा आफै लेखेर छोडिदिने हो भने नेपाली समाजका भावि पुस्तालाई आफ्नो बाटो आफै पहिल्याउने सामथ्र्य पुस्तक पठनबाटै मिल्न सक्छ ।

–सम्पादक

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 328
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

हाम्रो पुरुषार्थको पुरुषार्थ

February 5, 2024

साहित्यमा बहुलताको अवधारणा र चुतौति

January 28, 2024

प्राचीन नेपाली नाट्य सिर्जन प्रदर्शन परम्परा

January 18, 2024

स्मृति विम्बमा प्रतिविम्बित भारतीय नेपाली साहित्यका रत्नहरू 

January 9, 2024

युवा पुस्तामा मडारिएको निराशाको तुवाँलो

December 26, 2023

नमः सभाभ्यः सभापतिभ्यश्य

December 7, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.