SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » नेपाली भाषाको पृष्ठभूमि र विकास
सम्पादकीय

नेपाली भाषाको पृष्ठभूमि र विकास

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments7 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सम्पादकीय
नेपाली भाषालाई संस्कृत भाषाबाट विकसित भाषा भनिए पनि यो भाषा प्राकृत भाषाहरूबाट विकसित भाषाहरूमध्ये एक हो भन्ने मत पनि त्यत्तिकै प्रवल देखिन्छ । नेपाली भाषाको पृष्ठभूमि के हो ? यो भाषा बसरी विकास हुँदै आयो ? यस भाषाको मूल सम्बन्ध कुन कुन भाषामा छ भन्ने जिज्ञासा हुनु स्वाभाविकै हो । हामी यो जिज्ञासाको सही समाधानमा अझै पुग्न सकेका छैनौँ ।

नेपाली भाषा संस्कृत भाषाबाट विकसित भाषा हो कि प्राकृत भन्ने मत चलिरहेकै छ । जोन बिम्स (सन् १८७२) ले नेपाली भाषालाई प्राकृत भाषाबाटै विकसित भाषाहरूमध्ये एक भाषा हुन सक्ने सङ्केत गरेका छन् । उनका अनुसार वैदिक युगदेखि नै एकअर्काले बुझ्ने र बोल्ने प्रकृतिका प्राकृत भाषाका अनेक भाषिकाहरू जीवन्त थिए । तत्कालीन पण्डित एवम् बुज्रुकहरूले तत्कालीन समाजमा प्रचलित प्राकृत भाषामध्ये संस्कृत भाषालाई मानवीकरण गरेको अनुमान धेरैको छ । यस भाषाको नाम संस्कृत पनि पण्डितहरूले जुराइसकेका थिएनन् । त्यही प्रचलित तर नाम पाइनसकेको तत्कालीन भाषामध्ये मानक भाषालाई पाणिनिले संस्कृत भाषाका रूपमा नामाकरण गरे (पृ. ३) । निम्बसका दृष्टिमा त्यही नामले संस्कृत भाषा स्थापित भयो । जुन भाषा सर्वसाधारणका लागि नभई पण्डित र शासकका पहुँचमा रह्यो । सर्वसाधारणका बोलचालका लागि विविध प्राकृत भाषाहरू नै प्रचलनमा थिए । यो सन्दर्भ नेपाली भाषाको पृष्ठभूमि र मूल जरो पहिल्याउन निकै सहायक देखिन्छ ।

नेपाली भाषा संस्कृत भाषाबाट विकसित भाषा हो भन्ने पक्षलाई पूर्ण रूपमा पुष्टि नगरी प्राकृत भाषाका विभिन्न भाषाहरूमध्ये एक भाषाका रूपमा विकास भएको मान्न सकिने देखिन्छ । संस्कृत प्राकृत भाषाहरूमध्ये पुरानो मानिन्छ । यो भाषा शासकहरू एवम् पण्डितहरूको भाषा भएकाले त्यसको प्रभाव अन्य भाषामा पर्नु स्वाभाविक देखिन्छ । पूर्वीय वैयाकरण पाणिनिले मानकीकरण गरेपछि संस्कृत भाषाको रूप स्थिर बन्यो । पछि यस भाषामा केही परिवर्तन आए पनि यो भाषा खासै बदलिएन तर अन्य भाषाहरू बदलिँदै आए । संस्कृत भाषा नबदलिई आफ्नो स्वरूपमा बलियो भयो भने अन्य भाषा बदलिनाले ती भाषाहरू संस्कृतबाट प्रभावित हुनु स्वाभाविकै देखिन्छ । नेपाली भाषाका सम्बन्धमा यो प्रक्रिया चलेको देखिन्छ ।

संस्कृत भाषाको उत्पत्तिबारे पनि विविध धारणा छन् । भाषिक इतिहासका सन्दर्भमा हामीले हाम्रो इतिहास आफै सुरक्षित गर्न नसक्ता विदेशी लेखकका लेख र अनुसन्धानलाई आधार मानेर अगाडि बढ्नुपर्ने अवस्था छ । जोन बिम्बस (१८७२) का अनुसार पाणिनी नै मानक संस्कृत भाषाका जनक हुन् (पृ. ५–८) । यसो भन्दा पूर्वीय प्राचीन भाषाको इतिहास खुम्चने सम्भावना पनि रहन्छ । अर्का विद्वान् टर्नर (सन्. १९३१) को शब्दकोशको तुलनामूलक परिशिष्टले पनि यस पक्षलाई पुष्टि गरेको छ । नेपाली भाषाका शब्दहरू अरू भाषाका तुलनामा संस्कृत भाषासँग बढी मिलेको देखिन्छ । उनको खोजअनुसार ५६२० वटा शब्द संस्कृत भाषासँग मिलेको देखिन्छ (पृ. ६५७–९३३) । यसको कारण नेपालीहरू हिन्दुधर्मावलम्बी बढी भएकाले यस भाषाको सम्बन्ध वेद, उपनिषद्, पुराण र अन्य धार्मिक एवम् हिन्दू दर्शनका ग्रन्थबाट प्रभावित हुन सक्ने विद्वान्हरूको अनुमान छ । नेपाली भाषामा प्रयोग हुने वैज्ञानिक र पारिभाषिक शब्दावलीमा संस्कृत भाषाकै धातु, प्रतिपदिक, उपसर्ग र प्रत्ययको प्रयोग भएको देखिन्छ ।

संस्कृत मात्र होइन नेपाली भाषाका निकट देखिने अरू थुप्रै भाषाहरू छन् । टर्नरका अनुसार संस्कृतपछि सबै भन्दा निकट साइनो भएको भाषा हिन्दी देखापर्छ । नेपाली भाषासँग हिन्दीका ५२५० शब्द रहेको तथ्य छ । यो तथ्य कसरी रह्यो भन्ने सम्बन्धमा नेपाली भाषा बोल्ने वक्तासँग पूर्व, दक्षिण र पश्चिमतिर हिन्दीभाषी वक्तासँगको संसर्ग हो भन्ने बुझाइ छ । यसका साथै हिन्दी भाषाका समाचार, पत्रपत्रिका, पुस्तक, चलचित्र, लोककथा, लोकोक्ति, गीत र आरतीसमेतको प्रभाव रहेको मानिन्छ । यसका साथै नेपालीहरू शिक्षा, व्यापार, रोजगारी, पर्यटन, तीर्थ पर्यटन आदिका कारण भारतीय भूमिमा पुग्नु यसको अर्को कारण हो । यसलाई सामाजिक सांस्कृतिक सम्बन्धका आधारमा हुने प्रभावका रूपमा बुझ्न सकिन्छ । नेपाली भाषासँग अन्य भाषाको ऐतिहासिक सम्बन्धको आधार पनि बलियो छ ।

टर्नरकै खोजअनुसार ऐतिहासिक दृष्टिले भारोपेली भाषाका ५५, भारतीय आर्य परिवारका ४७० र प्रकृत भाषाका ३४७८ शब्दहरू नेपाली भाषासँग मिल्दा छन् । ऐतिहासिक सम्बन्धभित्र यसको बन्धुत्वको आधारलाई पनि लिन सकिन्छ । नेपाली भाषाका भगिनी भाषाहरू थुप्रै छन् । तीमध्ये पञ्जावी भाषासँग ३५२१ शब्दहरू मिल्दाजुल्दा भेटिएका छन् । नेपाली भाषालाई टर्नरले पश्चिमी भेगबाट विकसित भएको मानेका छन् । यस तथ्यले नेपाली भाषाको भगिनी सम्बन्ध अन्वेषणका लागि पनि मार्ग प्रसस्त गरेको छ ।

ग्रियर्सनले छैटौँ शताब्दीपछि सपादलक्ष प्रदेशमा बसाईँ सरेको प्रसङ्ग उठाएका छन् । यो हिमाञ्चल प्रदेशको चम्बादेखि पश्चिम नेपालसम्मको भूगोल हो । यस भूगोलका मानिसका अन्तरघुलनले नेपाली र पञ्जावी भाषा एकअर्कामा मिल्दाजुल्दा जस्ता लाग्छन् । पञ्जावी र हिन्दी भाषाका शब्दलाई नेपाली भाषाले भगिनी भाषाका रूपमा आत्मसात गरेको छ । यसैगरी गुजराँतीका ३२५५, मराठीका ३२४०, सिन्धीका २८०८ शब्दहरू नेपाली भाषासँग मिल्दा जुल्दा भएको तथ्य छ । भगिनी सम्बन्धका भाषाका कुमाउनी, गढवाली, कस्मिरी आदि भाषालाई लिन सकिन्छ ।
उक्त तुलना जसरी नै भौगोलिक सम्बन्धका भाषाहरूसँग पनि नेपाली भाषाको तुलना गर्न सकिन्छ ।

यहाँ उठाउन खोजिएको प्रश्न यति मात्र हो कि नेपालीलाई संस्कृत भाषाबाट विकसित भाषाका रूपमा लिँदा र प्राकृत भाषाहरूमध्येकै भाषाका रूपमा लिँदा यसको इतिहास कहाँ बलियो हुन्छ । यथार्थत : यो खासमा कस्तो भाषा हो भन्ने विषयमा नेपाली भाषावैज्ञानिकहरूकै अनुसन्धानको खाँचो छ । टर्नर, हन्र्ले, जुल्ज ब्लख, मासिका आदिका चिन्तन कतै संस्कृत भाषालाई नै साधारण भाषाका रूपमा देखाउने प्रयासमा त छैनन् ? चटर्जी (सन् १९२६) का अनुसार संस्कृत भाषा उत्पत्तिको समय इसापूर्व १५०० देखि ५०० सम्म हो (पृ. ९) । यो आधार पनि कति भरपर्दो छ ? ई.पू. १४ औँ शताब्दीमा वर्तमान इराक राज्यमा पनि संस्कृत भाषाको अवशेष फेला परेको जे ब्लोच आदि विद्वान्को मत छ (पृ.११) । यी पक्षहरू पनि नेपाली भाषाको जरो पहिल्याउन सहायक हुने देखिन्छ ।

ऐतिहासिक दृष्टिले संस्कृत भाषाको प्राचीन ग्रन्थ ऋग्वेददेखि उपनिषद्, रामायण, महाभारतको रचना काल कहिले हो ? उता इरानका शासक रुद्रदामनको १५० ई. मा लेखेको अभिलेखलाई संस्कृतको इतिहासको आधार मान्ने (बोच, सन् १९६५, पृ. १४) लाई नै पाश्चात्य विद्वान् आधार मानिरहेका छन् । यसरी हेर्दा पाणिनीपूर्व संस्कृत भाषाको इतिहास थिएन भन्ने पश्चिमाहरूको प्रयास र पछिल्ला तथ्यलाई आधार मान्ने प्रयासबाट संस्कृत भाषाको इतिहास खुम्च्याइनु हुँदैन र यससँगै नेपाली भाषाको विकासको ऐतिहासिक आधार पनि खुम्च्याइनु हुँदैन । चटर्जी (सन् १९२६)का अनुसार इस्वीको १००० देखि मात्र आधुनिक आर्यभाषाको विकास भएको हो (पृ.१७) । यही समय आसपास नेपाली भाषाको उत्पत्ति भएको तर्क नेपाली भाषावैज्ञानिक माधव पोखरेलको रहेको छ (पोखरेल, पृ. १६) । भारतीय आर्य भाषामध्ये जोन बिम्सले चन्द बरदाईको पृथ्वीराज रासउलाई नव्य भारतीय आर्यभाषाको पहिलो ग्रन्थ (१० औँ शताब्दी) मानेका छन् । यस आधारबाट पनि संस्कृत र नेपाली भाषाको इतिहास वस्तुत : खोजिनुपर्छ । यस खोजले अन्य भाषाको इतिहास खोज्न पनि सघाउ पुर्‍याउँछ ।

नेपाली भाषाको इतिहास १३औँ शताब्दीपछि मात्र लिखित रूपमा फेला पर्छ । त्यसअगाडि यसको लिखित स्वरूप फेला पर्दैन । अठारौँ शताब्दीपछि मात्र यस भाषाले साहित्यिक स्वरूप पाएको इतिहास छ । नेपाली भाषालाई लोकभाषा, नेपाल भाषा, पर्वती, पाख्या, पर्वतिया, पहाडिया, खस, खस कुरा, खस बोली, उत्तरी गौडीय, गोर्खाली, गोरखाली भाषा, गोरखा भाषा, प्राकृत भाषा हुँदै नेपाली भाषाका रूपमा विकास भएको इतिहास छ । नेपालमा खुलेका संस्थामध्ये गोरखा भाषा प्रकाशिनी समितिको नाम पछि केही भारतीय प्रवासी नेपालीको सल्लाहअनुसार नेपाली भाषा प्रकाशिनी समिति राखेको बुझिन्छ । यी केही तथ्यहरूलाई आधार मानेर नेपाली भाषाको उत्तपत्ति र यसको विकासबारे ऐतिहासिक विमर्शको खाँचो छ । नेपाली भाषावैज्ञानिकहरूले विदेशी अन्वेषकका आधारलाई मात्र लिनुभन्दा पनि आफ्ना विवेक र पूर्वीय भाषिक अनुसन्धान पद्धतिहरू अपनाएर यस भाषाको मौलिक इतिहास बनाउन सक्छन् र सकून् ।

प्रमुख सन्दर्भ
पोखरेल, शैलजा (२०७४). नेपाली भाषाको सामाजिक इतिहास (पृ.१–१२६). जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास. माधवप्रसाद पोखरेल (सम्पा.), चूडामणि पोखरेल र दयाराम श्रेष्ठ (का.सम्पा). ललितपुर : कमलमणि प्रकाशन ।
Beams, J. (1872). A Comprarative Grammar of the Modern Aryan Languages of India. London: Trubner.
Bloch, Jules (1965). Indo-Aryan Form the vedas to modern times. Paris: Adrien-Maisonneuve.
chattargi, S.K (1926). The Origin and development of the Bengali Language. Calcutta: Calcutta University Press.
Grierson, G.A (1916). Lingustic Survaya of India. Vol 9, Part 4. Delhi: Motilal Banarasidass.
Hoernle, Roudolf (1880). A comparative Grammar of the Gaudian Languages. Amsterdam: Philo Press.
Tourner, RL and DR Turner (1931). A comperative and Etymological Dictionary of the Nepali Language. London: Kegan Paul Trench Trubner.
Masica, C.P. (1991). Indo–Aryan Languages. Cambridge : Cambridge University Press

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 1,423
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

हाम्रो पुरुषार्थको पुरुषार्थ

February 5, 2024

साहित्यमा बहुलताको अवधारणा र चुतौति

January 28, 2024

प्राचीन नेपाली नाट्य सिर्जन प्रदर्शन परम्परा

January 18, 2024

स्मृति विम्बमा प्रतिविम्बित भारतीय नेपाली साहित्यका रत्नहरू 

January 9, 2024

युवा पुस्तामा मडारिएको निराशाको तुवाँलो

December 26, 2023

नमः सभाभ्यः सभापतिभ्यश्य

December 7, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.