SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » पठन संस्कृति निर्माणमा पुस्तक एवम् प्रतिलिपि अधिकार दिवसको सकारात्मक उर्जा
सम्पादकीय

पठन संस्कृति निर्माणमा पुस्तक एवम् प्रतिलिपि अधिकार दिवसको सकारात्मक उर्जा

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments7 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
  • सम्पादकीय

‘पुस्तक जलाउनुभन्दा पनि ठूलो अपराध पुस्तक नपढ्नु हो ।’

यो भनाइ नोवेल पुरस्कार विजेता कवि जोसेप ब्रोडस्कीको हो । यो भनाइलाई कानुन मान्ने हो भने नेपाली समाजमा हामी धेरै अपराधी करार हुन सक्छौँ । यस कानुनका कोणबाट अन्वेषण गर्ने हो भने हामीलाई थुन्ने जेल बनाइसाध्य हुने छैन । तर समाजको विकास एकैचोटि नहुने र यसका लागि अनेक प्रयत्न गर्नुपर्ने पक्षलाई पुस्तक दिवस जस्ता केही दिवसले जनाउँछन् । यो दिवस पश्चिमी मुलुकबाट विकसित भएर प्रचलनमा आए पनि हाम्रामा पुस्तक दानको परम्परा धेरै पुरानो छ । यसको पूर्व र पश्चिमको साइनो खोज्ने आधारहरू पनि छँदैछन् ।

भनिन्छ महान मानिससँग प्रत्यक्ष भेट पुस्तकमा मात्र हुन्छ । आज विश्व इन्टरनेटका सञ्जालमा जोडिए पनि ज्ञानको खानी पुस्तक नै बनिरहेको छ । इन्टरनेटभित्र पनि राम्रा पुस्तककै खोजी भइरहेको छ । मनोरञ्जनका लागि चलचित्र बनाउन पनि राम्रा पुस्तकै खोजी भइरहेको छ । वास्तवमै पुस्तकहरू अनुभवका खानी हुन् । कुनै राम्रो लेखकले एउटा पुस्तक लेख्न सरदर दश वर्षको लगानी गरेको हुन्छ । त्यसको अध्ययन गर्ने मानिसले एक दुई दिनदेखि हप्ता दिनमा त्यसको फाइदा लिन सक्छ । त्यो फाइदा लिन नसक्नुको घाटा हामीमध्ये धेरैले भोगिरहेका छौँ । सिङ्गो नेपाली समाजले लिइरहेको छ ।

पुस्तक लेखकको अनुभव र भावनाको अभिव्यक्ति मात्र होइन । यो परिवार, समाज, सम्प्रदाय, क्षेत्र, देश आदिको अनुभव र विगत–आगतको सिङ्गो सभ्यताको प्रतिविम्ब पनि हो । पुस्तक र पुस्तकालयले हाम्रो संस्कृति, सभ्यता, सम्पदा, ज्ञान, विज्ञान, चेतना आदि बताउँछन् । हाम्रा घरमा भएका महँगा टिभी र अरू सुनचाँदी, हीरामोती आदिका गहना र महङ्गा सजावटका सामग्रीले भन्दा सस्तामस्ता कागजका पुस्तकले सभ्य घर भएको परिचय दिन्छन् । पुस्तक पठन संस्कृतिको विकास, लेखकहरूलाई प्रोत्साहन र रचनाकारको बौद्धिक सम्पत्तिको रक्षाका लागि भनेर युनेस्कोको पहलमा सन् १९९५ बाट अप्रिल २३ लाई ‘विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस’का रूपमा मनाउन थालियो । यो विश्वको बौद्धिक विकासमा एक महत्त्वपूर्ण दिवसका रूपमा रहेको छ । यसको उद्देश्य कुनै मुलुकको बौद्धिकचेतना विकास र त्यस मुलुकका बौद्धिक व्यक्तित्वको सम्मानमा भएको भए पनि यसको प्रभाव विश्वप्यापी बनेको छ ।

ऐतिहासिक दृष्टिले हेर्दा सन् २००० बाट युनेस्कोले यसमा थप सुधार गर्यो । उसले प्रत्येक वर्ष एउटा राष्ट्रको सहरलाई विश्व पुस्तक राजधानीको रूपमा घोषणा गर्ने परम्पराको पनि थालनी गर्‍यो । यस परम्परामा सन् २००१ मा स्पेनको राजधानी मड्रिडले पहिलो विश्व पुस्तक राजधानी बन्ने अवसर पायो । आज पनि यो सहरलाई पुस्तकको सहर भनेर चिनिन्छ । यसै क्रममा सन् २००३ मा भारतको राजधानी नयाँदिल्लीले सो अवसर प्राप्त गर्‍यो । यस क्रममा अहिलेसम्म २१ मुलुकका २१ सहरले यो जस पाइसकेका छन् । ती सहरका मानिसले सम्बन्धित मुलुकको र विश्वकै पनि बौद्धिक प्रतिनिधित्व गरिरहेका छन् । विश्व पुस्तक राजधानी घोषणा भएको राष्ट्रमा त्यस वर्ष पुस्तकसँग सम्बन्धित विविध गतिविधि आयोजना गरिने परम्परा रहेको छ । त्यस्ता विविध कार्यक्रमले यसको महत्व तथा लोकप्रियतामा वृद्धि हँुदै गयो । २०२० मा मलेसियाको क्वालालाम्पुर विश्व पुस्तक राजधानी घोषित भयो भने यस वर्ष सन् २०२१ को विश्व पुस्तक राजधानीको रूपमा जर्जियाको राजधानी तबिल्सीलाई चयन गरिएको छ । यस चयनसँगै पुस्तकप्रेमीहरूको ध्यान जर्जियातिर मोडिएको छ । त्यहाँ महत्वपूर्ण पुस्तकको मुद्रण र पुनमुद्रणको लहर चलिरहेको छ ।

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस बौद्धिकताको रक्षासँग सम्बन्धित दिवसका रूपमा स्थापित छ । यसले पुस्तक र लेखकलाई सराहना गर्ने, पुस्तकका माध्यमबाट समाज रूपान्तरणका लागि योगदान गर्ने साहित्यकार एवम् लेखकहरूको सम्मान गर्ने, पुस्तक पढ्ने संस्कारमा वृद्धि गराउने । पढाइको आनन्दको अन्वेषण समेत गर्ने उद्देश्य लिएको देखिन्छ । यो बौद्धिक व्यक्तित्वहरूमा समर्पित दिन हो । यो एक किसिम वौद्धिकताको संरक्षण, विकास र विस्तारको दिन पनि हो ।

पुस्तक दराजको सजावट नभई ज्ञानको भण्डार हो । पुस्तक दिवस मनाउने परम्पराले पुस्तको गतिशीलतालाई कदर गरेको छ । संयुक्त राष्ट्रसङ्घअन्तर्गतका बहुसङ्ख्यक राष्ट्रका लेखक, प्रकाशक, पत्रकार तथा पुस्तकप्रेमी पाठक र सङ्ग्रहकर्ताले यसलाई लेख्न, पढ्न र प्रकाशन गर्न पाउने स्वतन्त्रताको रूपमा तथा बौद्धिक सामग्रीलाई बौद्धिक सम्पत्तिको रूपमा लिँदै त्यसको संरक्षणका लागि प्रतिलिपि अधिकार दिवसको रूपमा समेत मनाउने गरेको पाइन्छ ।

ऐतिहासिक दृष्टिले हेर्दा सन् १९२० मा कातालोनियाका पुस्तक बिक्रेताले अप्रिल २३ को दिन प्रख्यात स्पेनिस लेखक मिगेल डे सर्भेन्टेस र विश्वविख्यात साहित्यकार शेक्सपियरको समेत स्मृतिदिवस भएको स्मरण गरी सो दिन गुलाबको सट्टा साहित्यकार तथा लेखकको समेत सम्मान हुने ठानी पुस्तक उपहार दिने प्रचलनको थालनी गरे । त्यस थालनीले पुस्तक पनि उपहार हुन सक्छ भन्ने परम्परा पश्चिमी समाजमा बस्यो । हाम्रामा पुस्तक दान गर्ने परम्परा भने सनातनी परम्परा मानिन्छ । पश्चिमी मुलुकका इतिहास खोतल्दा बेलायतमा सन् १९९८ मा ग्लोबल थिएटरमा आयोजित एक भव्य कार्यक्रमको उद्घाटन गरेर तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरले पुस्तक दिवसको शुभारम्भ गरेका थिए । त्यसको खुसियालीमा बेलायत र आयरल्यान्डका लाखौंँ विद्यार्थीलाई पुस्तक दिवसको चिनो स्वरूप पुस्तक खरिदका लागि एक–एक पाउण्ड प्रदान गरिएको थियो । त्यसपछि कातालोनियामा उक्त दिनलाई ‘द डे अफ द बुक’ को रूपमा मनाउन थालियो । विस्तारै यो लहर बार्सिलोनासहित स्पेनभर फैलिन पुग्यो । लेखक तथा प्रकाशकले यही मितिमा पुस्तकहरू विमोचन गर्ने, पुस्तक मेलाको आयोजना गर्ने, पुस्तक खरीद गर्ने , सबैलाई गुलाब सहित पुस्तक उपहार दिने लहर नै चलाए । यसले एउटा विशेष दिवसको विकास गर्‍यो । अर्कातिर विस्तारै रोज डेलाई बुक डेका रूपमा विकास गर्‍यो ।

जुसुकै मुलुकको जुनसुकै ठाउँबाट जसरी सुरु भएको भए पनि पुस्तकप्रेमीहरूले पुस्तक दिवसलाई उत्सव र पर्वको रूपमा मनाउन थाले । पछि यसै दिनलाई युनेस्कोले अप्रिल २३ मा विभिन्न प्रसिद्ध साहित्यकारहरूको जन्म तथा मृत्यु दिन समेत पर्ने भन्दै उनीहरूको सम्मानमा विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको रूपमा मनाउन उपयुक्त हुने निर्णय गर्‍यो । यसले धेरै लेखक र प्रकाशकहरूलाई पाठकसम्म पुर्याउने भूमिका निर्वाह गर्यो । बौद्धिक सम्पत्तिको महत्व पनि उजागर गर्यो ।

पुस्तक दिवससम्बन्धी अर्को एक प्रसङ्ग पनि चर्चामा छ । त्यो प्रसङ्गअनुसार स्पेनिस लेखक भिसेन्ट क्लेभल एन्ड्रेसले अर्का प्रख्यात स्पेनिस लेखक मिगेल डे सर्भेन्टेसलाई सम्मान गर्ने उद्देश्यका साथ उनको स्मृतिदिवस अप्रिल २३ लाई विश्व पुस्तक दिवसका रूपमा मनाउने सोच बनाएका थिए । उनको यही सोचअनुसार फ्रान्सको राजधानी पेरिसमा सन् १९९५ मा आयोजित युनेस्कोको विश्व सम्मेलनले अप्रिल २३ मा विश्वप्रसिद्ध साहित्यकार सेक्सपियर र स्पेनिस लेखक ग्रेसिलासोको स्मृति दिवस, फ्रेन्च साहित्यकार मौरिस ड्रवन, सन् १९५५ को साहित्यतर्फका नोवल पुरस्कार विजेता हल्दोर ल्यासनेस, रसियन लेखक भ्लादिमिर नोबोकोभ, स्पेनिस लेखक जोसेप प्ला, कोलम्बियन लेखक तथा पत्रकार मेनुअल भलेजो जस्ता चर्चित व्यक्तित्वहरूको जन्मदिन समेत पर्ने हुँदा उक्त मितिलाई युनेस्कोको सम्मेलनले विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको रूपमा मनाउने निर्णय गरेको इतिहास छ । यसले केही भषाका स्रष्टाको केन्द्रियता देखाए पनि यसको प्रभाव भने विश्वव्यापी बनिरहेको छ ।

पुस्तक दिवसका अवसरमा विश्वका विभिन्न देशमा पुस्तक प्रदर्शनी, पढाइ प्रतियोगिता, साहित्यिक गोष्ठी, लेखकहरूको सम्मान, अभिनन्दन, कृति सम्मान, कृति वाचन प्रतियोगिता आदि कार्यक्रमको आयोजना हुने गरेको पाइन्छ । केही देशमा आफूले पढेका पुस्तक एकापसमा आदानप्रदान गरेर पढ्ने संस्कृति विकास भएको देखिन्छ । केही मुलुकमा पुराना पुस्तकसँग नयाँ पुस्तक साटफेर गर्ने, प्रकाशक र विक्रेताले पुस्तकमा भारी छुट प्रदान गर्ने, लेखक तथा पाठकबित अन्तरक्रिया गराउने, नयाँ पुस्तक विमोचन गर्ने तथा पुस्तकालय, विद्यालय, विश्वविद्यालयहरूले विभिन्न प्रतियोगिता आयोजना गरी पुस्तक पर्वका रूपमा मनाउने गरेको देखिन्छ । यो लहर नेपालमा भने उति देखिएको छैन । यसले हाम्रो चेतनाको ग्राफ कहाँ छ भन्ने पक्ष पनि सङ्केत गरिरहेको छ ।

विश्व पुस्तक दिवसमा प्रतिलिपि अधिकारसमेत जोडिनाले यसले पुस्तकबाहेकका अन्य सङ्गीत र कलाका विषयले पनि प्रतिलिपि अधिकार प्राप्त गरे । यसले पुस्तकजन्य बौद्धिक सम्पत्तिको संरक्षण मात्र नगरेर बृहत्तर सिर्जनाका क्षेत्रलाई समेट्ने प्रयास गरेको छ । यसले पुस्तकका लेखकको प्रतिलिपि अधिकारको मात्र कुरा गरेको छैन । प्रकाशक, गीतकार, सङ्गीतकार, साहित्यकार, चित्रकार, डिजाइनर, कार्टुनिष्ट, निर्देशक, पटकथाकार, कलाकारलगायत सम्पूर्ण बौद्धिक रचनाको सिर्जना गर्ने व्यक्ति वा त्यसको स्वामित्व लिने व्यक्ति र संस्थासँग रहने प्रतिलिपि अधिकारलाई पनि अगाडि सारेको छ । त्यसैले यो दिवस सम्पूर्ण सिर्जनात्मक क्षेत्रसँग जोडिन पुगेको छ । यसले विना स्वीकृति एकअर्काका रचनाहरूको अनधिकृत प्रयोग गर्नुनहुने सचेतना जागृत गरेको छ । यस्तो बौद्धिक सम्पत्तिको रक्षार्थ सन् १९६७ देखि नै विश्व बौद्धिक सम्पत्ति सङ्गठनले पनि कार्य गर्दै आएको छ । नेपालमा पनि प्रतिलिपि अधिकारसम्बन्धी कानुन बारे २०२२ देखि सचेतना बढ्दै आएको छ । यसैका जगमा प्रतिलिपि अधिकार ऐन २०५९ र प्रतिलिपि अधिकार नियमावली २०६१ ले केही न केही काम गरिरहेका छन् ।

पुस्तक दिवस पुस्तक पढ्ने बानी बसाल्न सहायक दिवस हो । यस दिवससँगै विकसित प्रतिलिपि अधिकारले पुस्तक लेखक रचनाकारको रचनालाई बौद्धिक सम्पत्तिको रूपमा सुरक्षा गर्न र पुस्तक पढ्ने परम्परालाई जीवित राख्ने काम गरेको छ । यस दिवसलाई नेपाली समाजमा कसरी प्रभावकारी बनाउने भन्ने सम्बन्धमा सम्बन्धित निकाय र व्यक्तिहरूले पहल गर्नुपर्ने देखिन्छ । पठन संस्कृति निर्माणमा र बौद्धिक चेतनालाई पनि सम्पत्तिमा रूपमान्तरण गर्न पुस्तक एवम् प्रतिलिपि अधिकार दिवसको सकारात्मक उर्जालाई स्वीकार गर्न सक्नुपर्छ ।

-सम्पादक

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 201
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

हाम्रो पुरुषार्थको पुरुषार्थ

February 5, 2024

साहित्यमा बहुलताको अवधारणा र चुतौति

January 28, 2024

प्राचीन नेपाली नाट्य सिर्जन प्रदर्शन परम्परा

January 18, 2024

स्मृति विम्बमा प्रतिविम्बित भारतीय नेपाली साहित्यका रत्नहरू 

January 9, 2024

युवा पुस्तामा मडारिएको निराशाको तुवाँलो

December 26, 2023

नमः सभाभ्यः सभापतिभ्यश्य

December 7, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.