SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » नववर्ष अर्थात् वैशाख एक गते
सम्पादकीय

नववर्ष अर्थात् वैशाख एक गते

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
  •  सम्पादकीय

नववर्षलाई हेर्ने आआफ्ना दृष्टिकोण छन् । यो नयाँ सालको पहिलो दिन हुँदा यसलाई पर्वका रूपमा लिइन्छ । यस पर्वलाई ज्योतिषीय दृष्टिकोणले निक्र्योल गर्ने परम्परा सबैभन्दा बलियो छ ।

ज्योतिषीय दृष्टिमा चान्द्रमानबाट हेर्दा चैत्र शुक्लप्रतिपदाका दिनदेखि नवर्ष मान्ने र सौरमानअनुसार सूर्य मेष राशिमा प्रवेश गर्ने प्रथम सूर्योदयलाई वर्षको पहिलो दिन मान्ने चलन छ । यही चलनअनुसार विक्रम संवत्को नववर्ष प्रचलनमा रहेको छ । ज्योतिषीय भाषामा शुक्लपक्षको प्रतिपदा (परेवा) देखि कृष्णपक्षको अमावास्या (औँसी) सम्मको अवधिलाई चान्द्रमान भनिन्छ । एउटा राशिमा सूर्य प्रवेश गरेको समय (सङ्क्रान्ति) देखि अर्को राशिमा सूर्य प्रवेश गरुन्जेल (अर्को सङ्क्रान्ति) सम्मको समयावधिलाई सौरमान भनिन्छ । यसै आधारमा चैत्र शुक्लप्रतिपदामा मेष राशिमा सूर्य प्रवेश गरेको दिन अर्थात् वैशाख १ गतेलाई नयाँ वर्षको पहिलो दिन मान्ने प्रचलन छ ।

ज्योतिषीय दृष्टिले काल गणना गर्दा अढाई–अढाई वर्षमा आइपर्ने अधिकमास (मलमास) का कारण यस गणनामा तलमाथि पर्छ । अधिकमासका साथै कहिलेकाहीँ तिथि क्षय पनि हुने हुँदा समय मिलाउँदा एकैदिन दुवै कुरा सधैँ एकैचोटि पर्दैनन् । सम्भवतः यही समस्यालाई चिर्नका लागि चान्द्रमान र सौरमानअनुसार गणना गरेर नववर्षको निर्धारण गरिएको हो । यो समय निर्धारण वैज्ञानिक र व्यवहारिक पनि छ

सबै विषय, विधा र क्षेत्रका मानिसलाई बुझिने भाषामा भन्दा पञ्चाङ्गमा हुने तिथि चान्द्रमानअनुसार र भित्तेपात्रामा लेखिने मिति सौरमानअनुसार गणना गरिएका हुन् । हामीले मनाउने तिथिअनुसारका चाडपर्व र जन्मतिथिहरू प्रत्येक वर्ष एकै मितिमा नपर्नुको मूल कारण पनि यही हो ।

२०७८ सालको नववर्षको पहिलो दिन बुधवार परेको छ । तिथिका दृष्टिले चैत्र शुक्लप्रतिपदा अघिल्लो दिन अर्थात् चैत्र ३१ गते परेको थियो । ज्योतिषीय दृष्टिले सूर्यले मेष राशिमा पनि त्यही दिन प्रवेश गरेको थियो । चान्द्र र सौर्य दुवै मानले एकै दिन परे पनि भोलिपल्टको दिनलाई नयाँवर्षको आरम्भ मानियो । सूर्योदय भएको समयमा जुन तिथि हुन्छ त्यसैलाई आधार मानेर दिन निर्धारण गर्ने प्रचलनअनुसार यस दिनलाई नववर्ष मानिएको हो । यस्तो कार्य ज्योतिषहरूले वृहत् र गहन छलफल गरेर मात्र निर्धारण गर्दछन् ।

नेपालमा विक्रम संवत्को प्रचलन रहे पनि यहाँ विभिन्न संवत् प्रचलनमा रहेको पाइन्छ । काठमाडौँ उपत्यकामा उपलब्ध प्राचीन अभिलेखहरूमा धेरै संवत्हरू अङ्कन गरिएका छन् । इतिहासकार दिनेशराज पन्तका अनुसार ती विविध संवत्मध्ये कलिगत संवत्, विक्रम संवत्, शक संवत्, मानदेव संवत् र नेपाल संवत् प्रमुख हुन् । यी सबै संवत्को धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व परम्परादेखि रहिआएको छ । यी सबै संवत्मध्ये बढीभन्दा बढी प्रयोग भएको संवत् विक्रम संवत् नै हो ।

काठमाडौँ उपत्याकाका अभिलेखमा पाइएका संवत्लाई हेर्दा कलिगत संवत्को विक्रम संवत्सँग अन्तर ३,०४४ वर्ष र शक संवत्सँग ३,१७९ वर्ष अन्तर छ । विक्रम संवत् राजा विक्रमादित्य र मानवदेव संवत् राजा मानदेवको नामबाट नामकरण गरिएको मान्यता छ । नेपालको इतिहासमा चन्द्रशमशेर राणा प्रधानमन्त्री हुँदा नेपालमा विक्रम संवत्लाई सरकारी कामकाजमा प्रयोग गर्न थालिएको मानिन्छ । हिजोआज ग्रेगोरीअन पात्रोअनुसारको इस्वी संवत् पनि नेपाली लेखनमा प्रचलनमा छ तर नेपालीले बढी प्रयोग गर्ने संवत् विक्रम संवत् नै हो ।

अभिलेखमा नपाइए पनि नेपालमा वैशाख १ र इस्वी संवत्अनुसारको जनवरी १ बाहेक अरू नयाँवर्ष पनि मनाइन्छ । वि. सं. ९३७ को मध्यान्तरदेखि नेपाल संवत् प्रारम्भ भएको देखिन्छ । कार्तिक शुक्ल प्रतिपदा तिथिका दिनदेखि यो संवत् फेरिन्छ । नेपाल संवत्को गणना चान्द्रमानअनुसार हुन्छ । काठमाडौँका नेवार समुदायमा यो संवत्को सांस्कृतिक महत्त्व रहेको छ । यो नेपालको राजधानीका मूल वासिन्दाको संवत् भए पनि सबै जातिले यसलाई संवत्का रूपमा प्रयोग गरेका छैनन् । ल्होसार नेपालमा हिमाली र पहाडी भेगमा वसोवास गर्ने जातजातिको साझा नयाँवर्ष हो । केही समुदायले पौष शुक्ल प्रतिपदामा तोला ल्होसार, तामाङ तथा अन्य समुदायले माघ शुक्लप्रतिपदामा सोनाम ल्होसार र शेर्पाहरूले फागुन शुक्लप्रतिपदामा ग्याल्पो ल्होसार नामबाट मनाउँछन । गुरुङ समुदायले पौष १५ गते मितिका आधारमा तमु ल्होसार मनाउँछन् । ल्होसारको परम्परा र यससँग सम्बन्धित प्रमाणहरू हेर्दा विभिन्न १२ जनावरको नाममा वर्गीकरण गरिएको छ । पहिलो वर्ष मुसादेखि सुरु हुँदै बाह्रौँ वर्ष सुँगुरमा सकिन्छ । अनि फेरि त्यही वर्षको र जनावरको चक्र दोहोरिन्छ । यस परम्पराले पशुपालन र कृषियुगबाट प्रारम्भ भएको संवत् हो भन्ने देखाउँछ ।

नेपाली समाजमा माघ एक र माघी पनि नववर्षकै रूपमा मनाइने पर्व हो किराँत समुदायले मान्ने गरेको येल संवत्को नयाँ वर्ष माघ एक गते पर्छ । माघे सङ्क्रान्तिका दिन तराईबासी थारू समुदायले पनि माघीका रूपमा नयाँ वर्ष मनाउँछन् । थारु समुदायमा संवत् गणना भने व्यवस्थित छैन् । उनीहरूले नववर्षका रूपमा भन्दा पनि यसलाई माघी पर्वका रूपमा विकास गरेको जस्तो लाग्छ ।यसको कारण संवत् गणना टुट्नु पनि हुन सक्छ ।

विश्व सन्दर्भमा वैशाख १ मा नयाँवर्ष मनाउने मुलुकहरू थुप्रै छन् । नेपाल, भारत, बाङ्ग्लादेश, श्रीलङ्का र दक्षिणपूर्वी एशियाका केही देशमा यही दिन नयाँ वर्ष मनाइन्छ ।भारतमा ब्रिटिस औपनिवेसका ग्रिगोरीअन पात्रो प्रचलनमा आयो । तर त्यस मुलुकका अधिकांश चाडपर्वहरू तिथिअनुसार मनाउने प्रचलन छ । भारतले राष्ट्रिय संवत्का रूपमा इस्वी संवत्लाई चलाए पनि त्यस मुलुकका केही प्रान्तमा वैशाख १ गते नयाँ वर्ष मनाइने गरेको छ । पञ्जाबमा बैशाखी, केरलामा विशु, असममा बिहु, तमिलनाडुमा पुठान्डु, उडिसामा पान सङ्क्रान्तिका साथै बङ्गाल र त्रिपुरामा पोइला बैशाखका रूपमा यस पर्वलाई मानिन्छ ।

अर्को छिमेकी देश बाङ्ग्लादेशमा पनि भारतको बङ्गालमा जस्तै “पोइला बैशाख“ अर्थात् पहिलो वैशाख भनेर नयाँवर्ष मनाइन्छ । बङ्गालीहरू एकआपसमा “शुभो नोबोबोरसो“ भनेर नववर्षको शुभकामना आदानप्रदान गर्छन् । अर्को छिमेकी देश श्रीलङ्कामा सिंहली नववर्षलाई अलुथ अवुरुदा भनेर मनाउँछन् ।

विश्व सन्दर्भमा थाईल्यान्डमा नयाँ वर्षलाई “सङ्क्रान“ पर्व भनिन्छ । नयाँवर्षको अघिल्लो र पछिल्लो दिनसहित तीन दिन उल्लासपूर्वक यो पर्व मनाइन्छ ।शब्द व्युत्पत्तिका दृष्टिले संक्रान्तिबाट “सङ्क्रान“ भनिएको जस्तो लाग्छ । बर्माको नववर्षलाई “थिङ्ग्यान“ जलोत्सव भनिन्छ । बर्मेली भाषामा थिङ्गयानको अर्थ फेर्नु भन्ने हुन्छ । स्तूपहरूमा भएका बुद्धका मूर्तिमा पानी चढाएर पखालेको पानी सेचन शरीरमा गरेर पवित्रताका साथ सुख समृद्धिको कामना गर्ने पर्वका रूपमा यसलाई लिइन्छ । लाओसमा वैशाख १, २, ३ गते गरी तीन दिन नववर्षको उत्सव मनाइन्छ । त्यहाँ नयाँ वर्षलाई “सङ्क्रान“ र “पी माय“ भन्दछन् । यसको अर्थ नयाँ सङ्क्रान्ति वा नयाँवर्ष भन्ने हो । त्यस्तै कम्बोडियामा नयाँ वर्षलाई “चौल छ्नाम थमाय“ भनिन्छ । यसको अर्थ नयाँ वर्षको प्रवेश भन्ने हुन्छ । कम्बोडियनहरूले पनि वैशाख १ गतेदेखि तीन दिनसम्म नववर्षको उत्सव मनाउँछन् । बरु नववर्षलाई जति उत्सवका रूपमा लिनुपर्ने त्यति हामीले लिन नसकेको जस्तो देखिन्छ ।

उक्त केही सर्वेक्षणबाट वैशाखमा नयाँवर्ष मनाउने परम्परा नेपालमा मात्र नभएर र विक्रम संवत्मा मात्र नभएर अन्य मुलुकमा र अन्य संवत्मा पनि रहेको देखिन्छ । यसलाई पूर्ण रूपमा हर्षोललासपूर्वक मनाउने जातिहरूको वैशाख १ गते साझा उत्सवको दिन हो । यही साझा उत्सवलाई साहित्यसागरले साझा पर्वका रूपमा मानी नववर्ष विशेष सामग्री प्रस्तुत गरेको छ ।

नववर्ष २०७८ का उपलक्ष्यमा साहित्यसागर इपत्रिका सम्पूर्ण लेखक, पाठक एवम् साहित्यानुरागी मित्र र शुभचिन्तकहरूमा नववर्षसम्बन्धी सामग्री र शुभकामनामूलक सामग्रीसहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ ।

-सम्पादक

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 194
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

हाम्रो पुरुषार्थको पुरुषार्थ

February 5, 2024

साहित्यमा बहुलताको अवधारणा र चुतौति

January 28, 2024

प्राचीन नेपाली नाट्य सिर्जन प्रदर्शन परम्परा

January 18, 2024

स्मृति विम्बमा प्रतिविम्बित भारतीय नेपाली साहित्यका रत्नहरू 

January 9, 2024

युवा पुस्तामा मडारिएको निराशाको तुवाँलो

December 26, 2023

नमः सभाभ्यः सभापतिभ्यश्य

December 7, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.