SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » नेपाल निर्माणको उपदेशसूत्र : दिव्योपदेश
सम्पादकीय

नेपाल निर्माणको उपदेशसूत्र : दिव्योपदेश

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments10 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

दिव्योपदेश पृथ्वीनारायण शाह (१७७९–१८३१) का उपदेशको सङ्कलन हो । यसका रचनाकार पृथ्वीनारायण शाह नेपाल राज्यका एकीकरणकर्ता हुन् । नेपालका ससाना टुक्रे राज्यहरूलाई एकीकरण गरी आधुनिक विशाल नेपालको निर्माण गर्ने व्यक्तित्वका रूपमा उनलाई नेपाली समाजले आदर गरेको छ । उनको नाम नेपाली इतिहास र साहित्यमा पनि आदरपूर्वक लिइन्छ । उनी यसै कृतिका आधारमा दूरदर्शी राष्ट्रवादी राजाका रूपमा परिचित छन् । नेपाली साहित्य परम्परामा उनको दिव्योपदेश उल्लेख्य मानिन्छ । यो नेपाली आख्यानेतर गद्यको इतिहासमा निकै महत्त्वपूर्ण र ऐतिहासिक कृति हो । पृथ्वीनारायण शाहका जीवनको अन्तिम समयमा अभिव्यक्त विचार वा उपदेशहरूको शृङ्खलालाई सङ्कलन गरी राजाका सल्लाहकारहरूले दिव्योपदेश नाम दिइएको पाइन्छ । यस कृतिलाई वि.सं १८३१ तिर पृथ्वीनारायण शाह नुवाकोट पुग्दा अचानक निकै बिरामी भएपछि त्यसै बखत आफ्ना गुरूपुरोहित र भाइभारदारहरूलाई भेला गरेर बताएका उपदेशहरूको सँगालोका रूपमा लिइएको छ । निकै लामो समयसम्म श्रुतिपरम्पराका रूपमा रहेको यस कृतिको प्रकाशन चाहिँ निकै पछि मात्र भएको हो भन्ने अनुमान अध्येताहरूले गरेका छन् । अहिलेसम्म यस कृतिका अनेक संस्करणहरू प्रकाशन भएका छन् । यो कृतिका केही संस्करणहरू हुन् :

१) गोर्खा सम्राट् बडामहाराजा श्री ५ पृथ्वीनारायणको दिव्य उपदेश (२००९),
२) बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य–उपदेश (२०१०)
३) श्री ५ पृथ्वीनारायण शाहको उपदेश (२०२५)
४) श्री ५ पृथ्वीनारायण शाहको उपदेश (२०५३),
५) बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिव्योपदेश (२०५९)

बाबुराम आचार्य, योगी नरहरिनाथ, नयराज पन्त, देवीप्रसाद भण्डारी, गौतमवज्र बज्राचार्य र दिनेशराज पन्त आदि विद्वान्ले यस कृतिका फरक परक संस्करण प्रकाशनमा योगदान दिएका छन् । यस कृतिका उक्त संस्करणहरूसहित अहिले अन्य विभिन्न संस्करण प्रकाशन भइसकेका छन् । जति संस्करण प्रकाशनमा आए पनि यसको मूल प्रति राष्ट्रिय अभिलेखालयमा च.ल. नं २९१५ दिइएको जम्मा ८ पृष्ठ (साइज ८ १र२. १० १र२ को पाण्डुलिपि सुरक्षित छ । सम्पादकहरूले त्यसको मूल स्वरूपलाई चलाउन सक्ने अवस्था छैन । यसलाई छोटकरीमा दिव्योपदेश मात्र भनिन्छ । संशोधन मण्डलले दिव्य शब्दलाई अतिरञ्जन मानेर उपदेश मात्र भने पनि र यो नामकरण वस्तुगत विश्लेषणमा आधारित भए पनि समाजमा दिव्य शब्द चलिसकेको हुँदा त्यस विशेषणलाई छोडेर यो कृति अस्तित्वमा रहन सकेन । यो अहिले पनि दिव्योपदेशका नामले चिनिइराखेको छ

उक्त विभिन्न नाम दिइएको भए पनि यसलाई छोटकरीमा दिव्योपदेश मात्र भन्ने गरेको पाइन्छ । सुरुतिर छापिएको दिव्योपदेशमा कुनै शीर्षक दिइएको छैन भने पछिपछि छापिएकामा विषय वा प्रसङ्ग परिवर्तनका आधारमा विभिन्न शीर्षक दिएर विभाजन गरी प्रकाशन गरेको पाइन्छ । यसो गर्नुको कारण कृतिलाई पाठ्यसुगम तुल्याउने प्रयास हुँदाहुँदै विविध सन्दर्भसँग जोडिनाले केही जटिल पनि बनाइएको देखिन्छ ।

‘दिव्योपदेश’ कृतिलाई नेपाल विद्याको गीता मानेर रट्ने र यसको प्रामाणिकतामाथि प्रश्न उठाउने दुवै खाले विद्वान्को कमी छैन । यसको प्रामाणिकतामाथि निकै गम्भीर प्रश्नहरू उठाइएको छ । कमलप्रकाश मल्लले पहिलोपटक २०४० पुसमा मेरी सेफर्ड स्लसरको किताबबारे समीक्षा लेख्ने क्रममा ‘दिव्योपदेश’ लाई ‘अ लेट म्यानुस्क्रिप्ट’ (पछि तयार पारिएको लेखोट) भनेका थिए (कन्ट्रिब्युसन्स टु नेप्लिज स्टडिज, ११(१), पृ. १२५–१३३) । यो आरोप केही पूर्वाग्रहपूर्ण देखिन्छ । उनले यस लेखमा दिव्योपदेशको विश्लेषण नगरी कुन आधारमा लेट म्यानस्क्रिप्ट हो भन्न सकेका छैनन् । त्यसको ३६ वर्षपछि जोन ह्वेल्पटनको एउटा किताबको समीक्षा गर्ने क्रममा मल्लले उही ‘दिव्योपदेश’ सम्बन्धी आफ्नो दाबी पुष्टि गर्न दुईवटा तर्क अघि सारे । पहिलो, पृथ्वीनारायणले पठाएका चिठी र ‘दिव्योपदेश’ को शैली र अन्तरवस्तु पृथक भएको र दोस्रो, गोरखाको ग्रामीण परिवेशमा हुर्किएका पृथ्वीनारायणले ‘दिव्योपदेश’ मा उल्लिखित अर्थतन्त्र र व्यापारसम्बन्धी धारणा राख्नु अमिल्दो छ भने (युरोपियन बुलेटिन अफ हिमालयन रिसर्च २९–३०, सन् २००६, पृ. १७८–१८३) । यो सामग्री प्रकाशन भएपछि ह्वेल्पटनसँगको एउटा पत्रचारमा मल्लले सूर्यविक्रम ज्ञवाली र बाबुराम आचार्यले जोडजाड गरेर ‘दिव्योपदेश’ तयार गरिदिएको बताएको भन्ने पनि पाइयो । यसको खोलुवा मल्ललाई लेखेको सार्वजनिक जवाफमा ह्वेल्पटनले गरिदिएको (युरोपियन बुलेटिन अफ हिमालयन रिसर्च ३१, सन् २००७, पृ. १७८–१८३) पाइन्छ  । ह्वेल्पटनले भक्तपुरमा केही समय बसिसकेका पृथ्वीनारायणलाई चन्द्रागिरि डाँडाबाट कसैले ‘त्यो काठमाडौँ, त्यो पाटन र त्यो चाहिँ भादगाउँ हो’ भनी देखाउनु अमिल्दो रहेको भनी डच मानवशास्त्री वर्ट फन डेन हकले ‘दिव्योपदेश’ को अप्रामाणिकताबारे चर्चा गर्ने सन्दर्भमा उठाएको मौखिक प्रश्नबारे पनि चर्चा गरेका छन् तर मल्ल र हक दुवैको दाबी चित्तबुझ्दो नरहेको भन्ने ह्वेल्पटनको तर्क छ । नेपाल महात्म्य नवौँ शताब्दीको दस्तावेज हो भनी गरिएको दाबीको खण्डनमा विस्तृत समीक्षा गरेका मल्लले ‘दिव्योपदेश’ को अप्रामाणिकताबारे भने ठोस प्रमाण र तर्क अघि सार्न नसकेको उनले लेखेका छन्  । साथै २०४० सालमा स्लसरको किताबको समीक्षा गर्ने क्रममा मल्लले संशोधन मण्डलद्वारा सम्पादित उपदेश ग्रन्थको आलोचना गर्ने क्रममा ‘दिव्योपदेश’ को प्रामाणिकतामाथि प्रश्न नउठाइएको लुड्विग स्टिलरको ‘पृथ्वीनारायण शाह इन द लाइट अफ दिव्योपदेश’ लाई राम्रो ठहर गरेर परस्पर विरोधी दृष्टिकोण राखेको तर्क गरेका छन् । ह्वेल्पटनले ‘दिव्योपदेश’ त्यति लामो समयसम्म फेला नपर्नुको कारणबारे अनुसन्धान हुनुपर्नेतर्फ औल्याउँदै गर्दा यत्तिकै आधारमा ‘दिव्योपदेश’ लाई अप्रामाणिक मान्न नमिल्ने निष्कर्ष निकालेका थिए । हाम्रा इतिहासकार भन्दा विदेशी इतिहासकारले हाम्रा कृतिको प्रमाणिकताबारे बोल्नु पर्ने हाम्रो अवस्था स्वयम्मा लाजमर्दो छ । आइ. एन.जिओहरू त्यसैका पछि लागिरहेका हुन्छन् । आज पनि यस कृतिको प्रामाणिकता विषयमा प्रश्न उठिरहेका छन् । यो हाम्रो खोजीको कमजोरी र गोरो छालासँग भरपर्ने दास मानसिकताको परिणति हो ।

पृथ्वीनारायण शाहको दिव्योपदेश नेपाली राजनीति, कुटनीति, अर्थनीति, समाजशास्त्र, लोकशास्त्र सपना प्रसङ्ग, सामाजिक चालचलन, रीतिथिति, संस्कार, अर्थनीति, गृहनीति, परराष्ट्रनीति, सैन्यनीति, युद्धनीति, न्यायप्रणाली, जातीय एकता, जनमतको कदर, राष्ट्रियता, देशप्रेम, जातिपे्रम, वीरता, र समग्र नेपाल विद्याकै एक उल्लेख्य कृति देखिन्छ ।

साहित्यका दृष्टिले यसलाई साहित्यिक गुणयुक्त नेपालीको पहिलो विशिष्ट आख्यानेतर गद्य साहित्यिक कृति मानिन्छ । भाषिक दृष्टिले मात्र नभएर राष्ट्रिय हितका दृष्टिले समेत यसलाई नेपाली साहित्यको इतिहासमा विशिष्ट कृतिका रूपमा लिइन्छ । यसको साहित्यिकता र कलात्मक अभिव्यक्तिका कारण नेपाली निबन्धको थालनी गर्ने कृतिका रूपमा पनि मानिन्छ । नेपाली निबन्ध–प्रबन्धको आरम्भ विन्दु मानिने यस कृतिमा निजात्मक र परात्मक दुवै खाले निबन्धका अभिलक्षण र रागात्मक भाषा पनि पाइन्छ ।

अहिले प्रचलनमा रहेको दिव्योपदेशलाई विभिन्न नामका ६७ शीर्षकमा विभाजन गरिएको छ । यसले नेपालको बहुजाति, बहुभाषी, बहुधर्मी, बहुसंस्कृतिका साथै बहुभौगोलिक चरित्रलाई निकै जीवन्त रूपमा समेटेको छ । यसमा रहेका सामग्रीलाई तत्कालीन समाजका सामाजिक, सांस्कृतिक, न्यायिक, कुटनीतिक, राजनीतिक विद्याको अभिलेखका रूपमा चिन्न र चिनाउन सकिन्छ । यसमा पृथ्वीनारायण शाहको सिङ्गो जीवन अनुभव, एकीकृत नेपाल राष्ट्रको संरक्षण, संबद्र्धन र विकास समेटिएको छ । यस कृतिमा प्रस्तुत वैचारिक अभिव्यक्तिहरू आज पनि सान्दर्भिक देखिन्छन् ।

दिव्योपदेशमा वीरहरूको यथोचित कदर, मान्यजननप्रतिको आदर, जनताको राय बुझेर जनइच्छा र आकाङ्क्षाअनुसार राज्य सञ्चालन गर्ने जनपक्षीय चिन्तन, राजा र जनता दुवैका कर्तव्य र महत्वको चर्चा, दुई शक्तिका बीचमा वैवाहिक सम्बन्धबाट मैत्रीभाव बढाउने नीति, वैमनस्यको अन्त्यका लागि राजाको सक्रियता, राजाको दृढ आत्मविश्वास, धार्मिक आस्था, कर्तव्य र निष्ठाका विविध पक्ष समेटिएका छन् । यो छोटो कृतिमा निष्पक्ष न्यायव्यवस्था, राजन्याय, घुस्याहा (घुस लिने र दिने दुवै) को विरोध, भ्रष्टाचार उन्मूलनका विधि, ठाउँ, परिस्थिति र योग्यताका आधारमा कामको बाँडफाँड आदि विषय पनि समेटिएका छन् । यस कृतिमा भेदभावरहित, पक्षपातरहित र पूर्वाग्रहरहित कर्मचारी राष्ट्रसेवक नियुक्तिको व्यवस्था जस्ता ‘योग्यै योग्याय दातव्यै’ भन्ने नीतिशास्त्रअनुरूपको चिन्तन अगाडि सारिएको छ । प्रायः अन्याय, अत्याचार, भ्रष्टाचार, दुराचार, कामचोरीको विरोध र दण्डका कुरा उठाइएको छ । यसमा शासकका र भाइभारदारका नातावाद र कृपावादको विरोध गरिएको छ । कानुनी राज्यको परिकल्पना, राष्ट्रिय अस्तित्व र एकताप्रतिको सचेतता, अग्रजका राम्रा र गतिला कार्यको मनन गर्दै भावी नीति तर्जुमा गर्ने अठोट, विदेशी सामान र नाचगानमाथि प्रतिबन्ध तथा स्वदेशी उद्योग, उत्पादन र नाचगानलाई प्रश्रय दिने कला एवम् संस्कृतिप्रेमी कार्ययोजना पनि समेटिएको छ । नेपालको भूगोल र प्रकृतिअनुसार खेतीपाती, बस्ती, खानी, उद्योग आदिबारे उपयोगी दृष्टिकोणहरू समेटिएको छ । यसमा जातीय संस्कृतिको जगेर्ना, आयातमुखी अर्थतन्त्रको विरोध, निर्यातमुखी अर्थतन्त्रमा जोड, भूराजनीतिअनुरूप सन्तुलित विदेशीनीति, असंलग्न परराष्ट्र नीति र मित्रराष्ट्रप्रति निरपेक्ष सम्बन्ध जस्ता दूरदर्शी नीति नियम पनि समेटिएको छ ।

दिव्योपदेश बहुमुखी विाषयवस्तुलाई समेटेको कृति हो । यसमा समावेशी सैन्य व्यवस्थापन, राष्ट्रिय आम्दानीको अवस्थाको उल्लेख, अर्थतन्त्र र आम्दानीको अभिवृद्धि, कर प्रणालीका विषयहरू पनि समेटिएका छन् । यो तत्कालीन नेपाल राष्ट्रको सञ्चालनको अघोषित संविधान र नीतिसंग्रहका रूपमा प्राप्त छ । पृथ्वीनारायण शाहले यस उपदेशलाई आफूले निर्माण गरेको राज्य चिरकालसम्म जोगाउने अभिप्रायले अभिव्यक्त गरेको पक्ष सजिलै बुझ्न सकिन्छ । आफूले अर्कैलाई सोचेको भए पनि जनताले रुचाएको व्यक्तिलाई उच्चपदीय जिम्मेवारी सुम्पनु, राजा भएँ भन्दैमा कुनै पनि काम जबर्जस्ती नगर्नू जस्ता उपदेशहरू आज पनि त्यत्तिकै सान्दर्भिक छन् । यस कृतिको अध्ययनमा विदेशीको चासो बढ्नुको कारण यसको राष्ट्रिय एकतामुखी दृष्टिकोणको खोजी हो । नेपालीलाई भावनामा बाँध्ने कृति कस्तो छ भन्ने चिन्तन पनि हो । यस अन्तर्यलाई नबुझी हामी विदेशीले गरेका टिप्पणी पढेर मूल कृति नपढी यस कृतिको र पृथ्वीनारायण शाहको अवमूल्यन गरिरहेका छौँ । यो एउटै कृतिले देशको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता मुख्य अङ्गबारे बहुविध सामग्रीलाई समेटेको छ ।

भाषावैज्ञानिक दृष्टिले पनि यो कृति बहुउपयोगी छ । भाषिक विन्यासका दृष्टिले चोखो, मिठो नेपाली भाषाको सुन्दर र प्रभावकारी प्रयोग भएको कृतिका रूपमा यसलाई चिन्न सकिन्छ । लेखौटका रूपमा नभएर श्रुतिपरम्पराबाट आएको र निकैपछि मात्र लेखनका रूपमा आएको हुन सक्ने सम्भावना देखिए पनि यसमा प्रयुक्त भाषा स्वाभाविक, आलङ्कारिक र आदेशात्मक प्रकृतिको देखिन्छ । यो नेपाली मौलिक दर्शनको कृति पनि हो । यसमा नेपाली परिवेश सुहाउँदा मौलिक रूपक सामथ्र्यको स्वतःस्फूर्त प्रयोग पाइन्छ । यो सामान्य राजाको उपदेश मात्र नभई भाषिक अभिव्यक्तिको सुन्दर रचना भएकैले निबन्ध परम्पराको आदि कृतिका रूपमा स्वीकारिएको हो । यसमा प्रयोग भएको वर्णनात्मक, विवरणात्मक र विश्लेषणात्मक शैलीको संयोजन नेपाली गद्य लेखन शैलीको अभिप्रेरक पक्ष पनि हो । यसमा मूलतः कथ्य र किंवदन्तीलाई साक्ष्य राख्दै केही मार्गनिर्देश, केही अनुभव, केही आत्मपरकता, आत्मानुभूतिसहित मूलतः राष्ट्रिय एकताका पक्षमा आवाज उठाइएको छ । यस कृतिका केही मननीय पक्षहरू यसरी टिपोट गर्न सकिन्छ :

क) लमजुन् भन्याको गरुड हो. गोर्षा भन्याको सरप हो. नेपाल भन्याको भ्यागुतो हो. अघी गरुडको आंषा छल्नु. तब सरपले भ्यागुतो षान पाउंछ ।
खं) बाहुन्को सवार भन्याको बयेल हो पातक् लाग्छ. ठकुरीको सवार भनेको सिंघ हो पछाडि दगा हुन्छ. मगरको सवार भनेको टागन् घोडा हो ढिलो हुन्छ. षसको सवार भन्याको ताजि तुर्कि घोडा हो. षसको सवार गर्‍या चांडो होला ।
ग) बुढा मरै, भाषा सरै, भनि भन्छन्, तिमीहरू सबैछेउ सुनाइ गयाको भया, तम्रा सन्तानलाई, सुनाउला र, तम्रा सन्तानले, हाम्रा सन्तानलाई, सुनाउनन् र, यो राजे थामि षानन् ।’
घ) यो राजे दुई ढुंगाको तरुल जस्तो रहे छ ।
ङ) मेरा साना दुषले आज्र्या को मुलुक होइन. सबै जातको फूलबारी हो .सबैलाई चेतना भया. यो फूलबारीको छोटा. बडा. चारै जात. छत्तिस वर्न ले. यो असिल हिन्दुस्थानी हो ।
च) प्रजा मोटा भया. दर्वार. बलियो रहन्छ ।
छ) ‘घुस दिन्या र घुस खान्या इन दुइको ता धन जिउ गरि लियाको पनि पाप छैन ।
ज) हामि तीन षोपि का. पाच पांडुवा को अवतार भया जस्तो लाग्छ . कुरुक्षेत्रको मेला नभै नेपाल फुट्ने छैन ।

उक्त केही उदाहरणसहित यहाँ अनेक उपदेशहरू समेटिएका छन् । ‘गोढप्रसाहदेखि उँभो आउन नदिनु’, ‘नमना देषाइ सघाउनु, पानि चलाउनु, अवाद गर्नु’, ‘राजाका भण्डार भन्याका रैतिहरू हुन्’, दुनिया जस देखि राजि रहन्छन्, उसैलाइ कजाइ दिनु’, लडाइँमा पनि हान्न्या र सष दिन्या, दुवै बराबर हुन् मर्यो भन्या, उसका छोरा षुडाहान्न्या न हुञ्ज्याल मरवट दिनु, षुडा हान्न्या भयापछि, जागिरमा उकाली दिनु र, राजाले विवेक राषि आउन्छन् र, यस्व भया तरवारिया सिपाहि हात लाग्छन्, आदि यस कृतिका सूत्रहरू नेपाली राजनीतिमा आज पनि अवलम्बन गरिनु पर्ने सूत्रहरू हुन् ।

प्रथम जय, परराष्ट्रनीति, सैन्य व्यवस्था, युद्धनीति, गृहनीति, शैलदुर्ग, स्थितिरीति, तीन सहर, व्यापारनीति, कुटीर उद्योग, जनधन, कर्मचारीनीति, राष्ट्रियता, नियुक्ति, न्यायस्वरूप, सैनिकनीति, जनसैनिक राजसम्पर्क, राजाज्ञा, मौलभृत्य, मुद्रानीति, न्यायव्यवस्था, खनिजविकास, कृषिविकास, सिंहावलोकन, मुगलदमन, फिरङ्गिदमन, इतिहास, सैन्यविन्यास, राष्ट्ररक्षा इत्यादि सभ्य समृद्ध राष्ट्रलाई चाहिने कुराको सूत्र रूपमा उपदेश गरिएको छ । यस सानो कृतिले विदेशनीति, अर्थनीति, कुटनीति, इतिहास, राजनीतिशास्त्र, भाषाशास्त्र, समाजशास्त्र आदि सबैलाई एकै ठाउँ समेट्न सक्नु नै यसको सामथ्र्य हो । यो कृति वर्तमान सन्दर्भमा पनि त्यत्तिकै उपयोगी छ । आजको राजनीतिमा गुट, फुट, षड्यन्त्र, जालझेल र आपसी द्वेषको विकास हुनुमा कतै हाम्रै अग्रज दार्शनिकहरूका दर्शन हामीले नै नपढ्नु र बुझ्न नसक्नु त होइन भन्ने देखिन्छ । नेपाली राष्ट्रिय संस्कृतिको निर्माण गर्न सक्ने दूरदर्शी, विशिष्ट एवम् गहनतम् नेपाली मौलिक विद्या वा दर्शनका रूपमा यस कृतिलाई लिनुपर्छ ।

राजवंशका अग्रज हुँदैमा पृथ्वीनारायणको योगदानलाई नेपालीहरूले बिर्सन मिल्दैन ।

नेपाली जातिको अस्तित्व रहेसम्म नेपाली अग्रजहरूले दिएका मूल्यवान जीवन दर्शन र नीतिहरूलाई नेपालीले नै पछ्याउने हो । हामीले दिव्योपदेशलाई नेपाल निर्माणको उपदेश सूत्रका रूपमा पढ्न र बुझ्न आवश्यकछ । पृथ्वीनारायण शाहका जन्म जयन्ती एवम् राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना ।

-सम्पादक

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 360
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

हाम्रो पुरुषार्थको पुरुषार्थ

February 5, 2024

साहित्यमा बहुलताको अवधारणा र चुतौति

January 28, 2024

प्राचीन नेपाली नाट्य सिर्जन प्रदर्शन परम्परा

January 18, 2024

स्मृति विम्बमा प्रतिविम्बित भारतीय नेपाली साहित्यका रत्नहरू 

January 9, 2024

युवा पुस्तामा मडारिएको निराशाको तुवाँलो

December 26, 2023

नमः सभाभ्यः सभापतिभ्यश्य

December 7, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.