SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » नेपाली चेतनाको ऐतिहासिक साझा चौतारी : साझा प्रकाशन
सम्पादकीय

नेपाली चेतनाको ऐतिहासिक साझा चौतारी : साझा प्रकाशन

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

नेपालमा शिक्षा र चेतनाका दृष्टिले कमजोर दृष्टि राख्ने शासन व्यवस्था मानिएको राणा कालको उत्तराद्र्धतिर गोर्खा भाषा प्रकाशिनी समितिको स्थापना भयो । यो संस्थाको स्थापना तत्कालीन श्री ३ महाराज चन्द्र शमशेरद्वारा वि.सं. १९७१ मा भएको हो । उक्त गोर्खा भाषा प्रकाशन संस्थाको नाम वि.सं. १९९१ मा नेपाली भाषा प्रकाशिनी समिति भनी परिवर्तन गरिएको थियो । यसको नाम परिवर्तनसँग राष्ट्रिय अन्तराष्ट्रिय प्रभावहरूको भूमिका रहेको छ । नेपाली भाषालाई विश्वमा नेपाली भाषाका रूपमा चिनाउन यस संस्थाको नाम फेरिएको छ । यो नाम फेराईसँग नेपालको शैक्षिक इतिहास पनि जोडिएको छ । यस संस्थासँग नेपाली साहित्यका महारथिहरू बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरेगायत धेरैको योगदान रहेको छ । यही संस्थालाई वि.सं. २०२१ साल मङ्सिर १७ गतेदेखि साझा प्रकाशन नामकरण गरी यही नामबाट सञ्चालन हुँदै सहकारी विकास मन्त्रालयको संस्थानका रूपमा रहँदै आएको छ ।

सुरुमा यो संस्थाको नाम गोर्खा भाषा प्रकाशिनी समिति थियो । यसको नाम गोर्खा भषा प्रकाशिनी समिति हुनुले त्यस बेला नेपाली भाषालाई गोर्खा भाषाका रूपमा चिनाइने परम्परामा नेपाली भाषा संरक्षण र विकासको उद्देश्यले स्थापना भएको देखिन्छ । सुरुमा नेपाली (गोर्खा) भाषामा पाठ्यसामग्री निर्माण गर्न यसको स्थापना भएको थियो । नेपाली भषाको विकाससँगै तत्कालीन शासकहरूका लागि असहयोग पुग्ने प्रकाशनको नियन्त्रण गर्नसमेत यो संस्थाको स्थापना भएको थियो । पछि त्यही संस्थालाई नेपाली भाषा प्रकाशिनी समितिमा रूपान्तर गरिएको हो । यस संस्थामा रहेर विशिष्ट साहित्यकारहरू साहित्य सिर्जना र अनुवाद कार्यसँगै शब्दकोश निर्माणको अभ्यास गर्थे । त्यही अभ्यासको परिणाम स्वरूप आजको नेपाली भाषा साहित्यको र आधुनिक साहित्यको जग निर्माण हुन सकेको हो ।

गोर्खा भाषा प्रकाशिनी समितिको इतिहासदेखि ८५ वर्ष लामो र उत्तराधिकारी संस्था साझा प्रकाशनको स्थापना कालदेखि हेर्दा पनि आज यो संस्था ५७ औँ वर्षमा प्रवेश गरेको छ । नेपाली भाषा र साहित्यको विकासमा कृति प्रकाशन, साहित्यिक पत्रिका गरिमाको प्रकाशन, स्रष्टाहरूलाई उचित पारिश्रमिक र स्रष्टा सम्मानमा सक्रिय यो संस्था विगत केही वर्षदेखि अन्योलपूर्ण अवस्थामा गुज्रिरहेको थाहा पाएर दुःखी नबन्ने बौद्धिक नेपाली कोही छैन । यस संस्थाका महत्त्वपूर्ण ऐतिहासिक प्रकाशनहरू नियमित हुन सकेका छैनन् भने विभिन्न ठाउँमा रहेका शाखाहरू पनि प्रायः निष्क्रिय छन् । यसको नयाँ कार्य समिति चयन हुँदै गर्दा नेपाली साहित्य, संस्कृति, शिक्षा र समग्र वाङ्मयिक चेतनाको विकासमा साझा प्रकाशनले उच्च भूमिका खेलेको इतिहास बिर्सनु हुँदैन । यो धेरै नेपाली स्रष्टा र बौद्धिक चेतनाको विकासमा टेवा पुर्‍याउने विशिष्ट संस्था हो । संस्थाको नेतृत्वमा योग्य मानिस आओस् र संस्थाले सही मार्गदर्शन पाउन सकोस् भन्ने अहिलेको मूल चिन्ता हो ।

साझा प्रकाशन संस्थाको ऐतिहासिक गरिमालाई बुझेर नै पछिल्लो समय नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तक प्रकाशन र वितरणको जिम्मेवारी पनि यसै संस्थालाई दिएको थियो । यसले देशव्यापी रूपमा पाठ्यपुस्तक वितरण अभियान पनि थालेको थियो । यस जिम्मेवारीमा पनि संस्था चुकेपछि र नेतृत्व एवम् प्रशासनमा एकपछि अर्को कमजोरीबाट संस्था कामविहीन जस्तै बनेपछि यस संस्थाको गरिमा कमजोर बनेको पक्ष सर्वविदितै छ । यसमा क्रमशः आर्थिक असन्तुलन र व्यवस्थापकीय समस्याका कारण संस्थाको स्थिति गम्भीर बन्यो । यसको कारण प्राज्ञिक दक्षता नभएका व्यक्तिहरूको प्रवेश र अनावश्यक कर्मचारी नियुक्तिलगायत भएको जानकारहरूको ठहर छ ।

साझाका आजसम्मका प्रकाशनलाई हेर्दा यसले समग्र नेपाली भाषा, कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनमा टेवा पुर्‍याउँदै आएको छ । वर्तमान समयमा सहकारी व्यवस्थाअनुसार सञ्चालन भए पनि यो प्राज्ञिक संस्था हो । यस संस्थालाई संस्कृति मन्त्रालय वा शिक्षा मन्त्रालयअन्तर्गत राख्न सकिने पक्ष पनि सोचनीय छ । यस संस्थाले साहित्यका सबै विधासहित–भाषा, व्याकरण, शब्दकोष, इतिहास, संस्कृति, पुरातत्व, विज्ञान र प्रविधि, जीवनी, दर्शन, अध्यात्म, अनुवादलगायतका विषयमा करिब तेह्र सय पुस्तक प्रकाशन गरिसकेको छ । यो प्रकाशनको इतिहास नै यस संस्थाको सबैले देखे बुझेको जीवन्त इतिहास हो । यो इतिहाससँग सिङ्गो नेपाली ज्ञानविज्ञानको इतिहास हो । यो इतिहाससँग नेपाली समाजको समग्र नेपाली प्राज्ञिक इतिहास जोडिएको छ । बीसको दशकपछिको प्रत्येक बौद्धिक पुस्ता यसै संस्थाका कृति पढेर निर्माण भइराखेको छ र प्रत्येक बौद्धिक लेखक यसै संस्थाको सहज प्रकाशन र वितरणबाट स्थापित भइराखेको छ ।

साझा प्रकाशन जस्तो ऐतिहासिक संस्थामा देखिएको लापरबाही र अव्यवस्थापनबाट ध्वस्त प्रायः संरचनालाई गति प्रदान गरी सम्बन्धित निकायको निरन्तर निर्देशन, नियन्त्रण, साथ, सहयोग र सहकार्यबाट पुनः जीवित, आकर्षक, समुन्नत र आधुनिक डिजिटल प्रविधि सम्पन्न संस्थासमेत बनाउन सकिन्छ । यस संस्थाका भारतीय भूमिमा नेपाली वस्ती रहेका ठाउँमा र विश्वका अन्य नेपाली वस्ती बाक्लो भएका मुलुकमा शाखा विस्तार गरी नेपाली ज्ञानको विस्तार गर्ने सम्भावना पनि त्यत्तिकै छ । यस संस्थाले आफ्ना ऐतिहासिक र नयाँ प्रकाशनलाई डिजिटल बिक्री गर्न सक्ने सम्भावना पनि त्यत्तिकै देखिन्छ । यसले गरिमा पत्रिकाको निरन्तरतासहित अनुसन्धानमूलक जर्नलहरू प्नि प्रकाशन गर्न सक्छ । यी अनेक समस्या र सम्भावनाका बिच साझा प्रकाशनको नयाँ नेतृत्त्व चयन हुँदैछ । यस संस्थाको विरासत र गौरवलाई जोगाउन अब बन्ने नेतृत्वलाई विशेष अवसर र चुनौती दुवै रहने छ ।

साझा प्रकाशनको आजसम्मको इतिहासलाई हेर्दा यो प्रकाशन संस्था मात्र होइन । यस संस्थाअन्तर्गत गठन भएको नेपाली भाषानुवाद परिषद्को इतिहास नेपाली समाज र विश्वलाई अनुवादबाट जोड्ने चेतना, भारतीय विश्वविद्यालयमा नेपाली विषयको स्वीकृतिका लागि पाठ्यपुस्तक उत्पादन गर्ने चेतना, नेपाली साहित्यमा महाकाव्य जस्तो विशिष्ट विधाको अभाव महसुस गरी त्यसको सिर्जनामा देवकोटालगायतका विशिष्ट सामथ्र्यसम्पन्न प्रतिभालाई अभिप्रेरित गर्दै रचना हुनासाथ तात्तातै प्रकाशन गर्ने चेतना, नेपाली विषयलाई पठनपाठनको विषय बनाएर यस भाषाको विकास र यसका माध्यमबाट समग्र नेपाली संस्कृति र चेतनाको विकास गर्ने चेतना, नेपाली विशिष्ट स्रष्टाहरू ब्रह्म शमशेर, पुष्कर शमशेर, बालकृष्ण सम, सोमनाथ सिग्दाल, लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरेलगायत धेरै स्रष्टाहरूलाई लेखककै जागिर दिएर नेपाली सिर्जनाको आधुनिक जग निर्माण गर्ने चेतनाको काम आदिबाट ठोस योगदान पनि गरेको छ । आज पनि यसको भाषानुवाद परिषद्लाई ब्युँताएर पुनर्जीवन दिएर सिर्जना र अनुवादबाट हाम्रो ज्ञानको क्षितिज फराकिलो बनाउनु पर्ने आवश्यकता त्यत्तिकै टड्कारो छ ।

नेपाली कृति प्रकाशनका इतिहासमा साझा प्रकाशनको योगदान नेपाल प्रज्ञा–प्रतिष्ठानसँग तुल्य देखिन्छ । कृति प्रकाशन मात्र ठुलो कुरा होइन । कृतिको उचित सम्पादनसहित प्रकाशन र त्यसको उचित वितरण व्यवस्थापन ठुलो कुरा हो । यस संस्थाले कृति सम्पादनसहित स्तरीय प्रकाशन, सस्तो मूल्यका कृतिबाट पाठकहरूको पठन संस्कृति विकास, देशका विभिन्न ठाउँमा वितरण शाखाको विस्तार, गरिमा पत्रिका प्रकाशन र यसका माध्यमबाट पुराना र नव प्रतिभाहरूको संरक्षण र विकास, उत्कृष्ट रचना पुरस्कार, उत्कृष्ट कृति पुरस्कार आदि अर्पण, विशिष्ट साहित्यकार र राष्ट्रिय विभूतिहरूका तस्बिर प्रकाशन, विविध ऐतिहासिक तस्बिर र नक्साहरू प्रकाशनबाट नेपाली समाजलाई निरन्तर चेतना प्रवाह गरिरहेको छ ।

बहुमुखी ढङ्गले नेपाली समाजको चेतना विकास गरिरहेको यो संस्था आम बुझाइमा भने प्रकाशनलाई नै निरन्तरता दिँदै आएको संस्था हो । यसको अर्को विशेषता सुलभ वितरणसँग पनि जोडिएको छ । यस संस्थालाई विश्वास गरेर हजारौँ लेखकहरूले आफ्ना प्रकाशन वितरणको जिम्मा संस्थालाई दिएका छन् । त्यसबाट स्रष्टा र यस संस्थालाई पनि दोहोरो फाइदा पुगेको छ । आज यो संस्था थलिएर बस्नु केही लेखकका लागि रोयल्टी रोकिनु मात्र नभई सिङ्गो नेपाली चेतना बन्धक बन्नु हो । यसलाई चिर्न सक्ने नयाँ नेतृत्व चयन हुन सकोस् भन्ने आम सचेत नेपाली नागरिकको चाहना छ ।

साझा प्रकाशन संस्थालाई उत्तरोत्तर समुन्नत एवम् थप गरिमापूर्ण बनाउनका लागि सञ्चालक एवम् विज्ञ समूहसँग छलफल गरी सर्वोपयुक्त काम गर्दै प्रभावकारी ढङ्गले अगाडि बढाउने सम्भावनाहरू अनेक छन् । यस संस्थामा विद्धमान समस्याहरूको सम्बोधन, सही सामग्रीको छनोट र प्रकाशन, सही व्यक्तिलाई सही जिम्मेवारीसहितको कर्मचारी व्यवस्थान, पूर्वनिर्धारित दीर्घकालीन योजना कार्यान्वयन र संस्थाले सहकार्य गर्दै आएका अन्य संस्था र निकायसँगको सहकार्यबाट बहुकोणिक रणनीतिबाट संस्थाको बहुमुखी क्षमता अभिवृद्धि गर्न सकिन्छ । यो संस्था नेपाली साझा चेतनावाहक संस्था पनि भएकाले यसलाई सेवा र व्यवसायसँग पनि जोड्दै अगाडि बढाउनु आजको आवश्यकता हो ।

-सम्पादक

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 208
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

हाम्रो पुरुषार्थको पुरुषार्थ

February 5, 2024

साहित्यमा बहुलताको अवधारणा र चुतौति

January 28, 2024

प्राचीन नेपाली नाट्य सिर्जन प्रदर्शन परम्परा

January 18, 2024

स्मृति विम्बमा प्रतिविम्बित भारतीय नेपाली साहित्यका रत्नहरू 

January 9, 2024

युवा पुस्तामा मडारिएको निराशाको तुवाँलो

December 26, 2023

नमः सभाभ्यः सभापतिभ्यश्य

December 7, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.