SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » अन्तर्विषयकता र साहित्य
सम्पादकीय

अन्तर्विषयकता र साहित्य

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

भनिन्छ, साहित्य समाजको ऐना हो । यसको अर्थ यसको सम्बन्ध साहित्येतर विविध विषय क्षेत्रसँग रहन्छ । साहित्य र अन्य विषयको मिश्रण, घुलन, प्रभाव र प्रयोगलाई अन्तरर्विषयक अवस्था मानिन्छ । अहिले आएर अन्तर्विषयक समीक्षा साहित्यको समीक्षा सिद्धान्तका रूपमा प्रयोग हुने एक पदावली विशेषका रूपमा स्थापित छ । यसले साहित्यका मूल विषयमा अन्य विषयहरू समावेश भएर तयार हुने रचनाको विवेचनात्मक प्रक्रियामा अवलम्बन गरिने सैद्धान्तिक सन्दर्भलाई बुझाउँछ । यसले साहित्यको समाजशास्त्रीय, मानविकी, शिक्षा, विज्ञान, कानुन आदि अन्य विषयसम्बन्धित पक्ष र यी विविध विषयका माध्यमबाट विश्लेषण गरिने पक्ष दुवैलाई समेट्न सक्छ । अन्तर्विषयक ज्ञानले साहित्यसर्जक र साहित्यशास्त्री दुवैलाई समाजसचेत बनाउँछ भने यसले अन्य विषयका पाठकलाई साहित्यप्रति आकर्षित पनि गर्दछ ।

मूल विषय साहित्यमा सामाजिक, सांस्कृतिक र भौतिक एवम् जीव र अन्य विज्ञानका विषयहरू समाहित भएर सिर्जना भएको कृतिलाई साहित्यशास्त्रका प्राचीन एवम् आधुनिक मूल्यहरूबाट मात्र अध्ययन गर्न सकिँदैन । तिनमा आधारभूत साहित्यिक तत्व, रूपक र भाषिक कला रहे पनि तिनको जीवन चेतनागत अध्ययन, विश्लेषण र समीक्षण गर्नुपर्दा अन्तर्विषयक सिद्धान्तहरू उपयोग गरिनु पर्छ । यो सिद्धान्त अङ्ग्रेजीमा प्रचलित ‘इन्टर डिसिप्लिनरी’ सिद्धान्तका रूपमा परिचित छ । यसको प्रभाव पछिल्लो समय विश्व साहित्यका अध्ययनमा निकै प्रभावशाली बनेर देखापरिरहेको छ ।

साहित्यका लेखक, पाठक समीक्षक सबै लोकसंस्कृति, समाज एवम् विज्ञान प्रविधिका अनेक विषयहरूसँग जोडिएका हुन्छन् । संस्कृति, पुरातत्व, इतिहास, अर्थशास्त्र, व्यवस्थापन, कानुन, राजनीति, धर्म, मनोज्ञिान, भूगोल, खगोल, प्रकृति, जीव, वनस्पति, लोकविश्वास आदिसँग हाम्रो साक्षात्कार भइरहन्छ । हामी भौतिक विज्ञान, जीवविज्ञान, रसायन विज्ञान र खगोल विज्ञानका बहुमुखी विषय क्षेत्रसँग ठोकिइरहेका हुन्छौँ । तिनका आविष्कार र प्रविधिहरूसँग जोडिइरहेका हुन्छौँ । यस्ता अनेक साहित्येत्तर विषयहरू साहित्यको आवरणमा सिर्जना भइरहेका हुन्छन् । यस्ता विषयहरू साहित्यका प्राविधिक मूल्य र बाटोबाट अभिव्यक्त भइरहेका हुन्छन् । त्यस्ता विषय समाहित भएका साहित्यिक रचनाको समीक्षण विश्लेषण गर्दा सम्बन्धित विषयका सिद्धान्त र स्थापनाहरू अवलम्बन गरिन्छ । यही फरक स्थापनाहरूको साहित्यिक मूल्याङ्कनमा अन्तरर्विषयक समीक्षण उपयोग गरिन्छ । यस्तो अध्ययनले साहित्यमा निहित भौतिक तथा आध्यात्मिक, सामाजिक एवम् सांस्कृतिक जीवनका अनेक पक्षहरू साहित्यको आयामभित्र के कसरी समेटिएका छन् भनेर अध्ययन विश्लेषण गर्न सघाउ पुग्छ ।

साहित्यमा अन्तर्विषयक अध्ययन भर्खर उत्तरआधुनिक युगमा आएर मूर्तन भए पनि साहित्य सिर्जनामा पुराकालदेखि नै अन्तर्विषयक अन्तरघुलन भएको पाइन्छ । पुराणहरू साहित्य पनि हुन् र इतिहास पनि हुन् । महाभारत र रामायण महाकाव्य पनि हुन् र राजनीति एवम् इतिहास पनि हुन् । प्राच्यसाहित्यदेखि वर्तमान साहित्यसम्म देखिने यसै चरित्रका कारण साहित्यमा अन्तर्विषयकताको अध्ययन गरिने प्रचलन पछिल्लो चरणमा आएर अभ्यास र स्थापित बनिरहेको छ । यसले साहित्यलाई शिक्षा जगत्मा अन्तर्विषयक प्रवेश पनि गरेको छ । कतिपय मुलुकले विज्ञान विषयको पाठ्यक्रममा वैज्ञानिकका जीवनी, विज्ञानसम्मत विषयका साहित्य, शिक्षा विषयमा शैक्षिक व्यक्तित्वका जीवनी, गुरु शिष्यका सम्बन्धलगायत शिक्षा विषयक साहित्य, व्यवस्थापन विषयमा उद्योगपति, व्यापारी आदिका जीवनकथा र त्यस्तै विषयका साहित्यिक रचनाहरू छनोट गरी पठनपाठन गर्न थालेका छन् । यो अभ्यासको वैज्ञानिक आरम्भ विशेषत: पश्चिममा फ्रायडको मनोविज्ञानको अध्ययन हुन थालेपछि भयो । यसले समाजका मान्छेका आन्तरिक आचरण र व्यवहारमा पारेका बाह्य प्रभाव व्यक्त गर्ने क्रममा अन्तर्विषयकताको अध्ययन आरम्भ भएको हो । यो एकाइसौँ शताब्दीमा भएको साहित्य सिर्जनामा देखिने सबैभन्दा प्रभावकारी अन्तर्विषयक पक्ष हो । मनोवैज्ञानिक साहित्यको सिर्जन अभ्यास र यसको अन्तर्विषयक अध्ययन त्यत्तिकै भएको छ । नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षु, गोविन्दबहादुर मल्ल गोठाले, विजय मल्लका आख्यानमा यो अवस्था जीवन्त देखिन्छ । यी प्रतिभाहरूका रचनालाई मनोवैज्ञानिक सिद्धान्तका आधारमा अध्ययन गर्न सकिने आधारहरू प्रशस्त देखिन्छन् ।

नेपाली बालसाहित्यका धेरै आख्यान रचनामा बालमनोवैज्ञानिक पक्षहरू समाहित छन् । तिनको अध्ययनका लागि मनोविज्ञानका सैद्धान्तिक मान्यताहरू उपयोग हुन सक्छन् । नेपाली साहित्यमा यौनमनोविज्ञान र बालमनोविज्ञानको अध्ययनका विविध पक्ष देखिए पनि रचनामा वृद्ध मनोविज्ञानको खोज हुन सकेको छैन तर रचनाहरूले वृद्धहरूका समस्यालाई जीवन्त उठाउन थालेका छन् ।

साहित्य भाषिक कला मात्र होइन । यसमा मूलत: प्राकृतिक रूपमा नैसर्गिक ढङ्गले निर्माण भएका तात्त्विक पक्षको प्रभाव रहिरहन्छ । अर्कातिर यसभित्र समाजका संस्कार–संस्कृति, मान्छेको आचार–व्यवहार आदिका साथै पात्रका वरिपरिका विषय, पेसा, व्यवसाय, शिक्षा, चेतना, समय आदि पक्षको प्रभाव त्यत्तिकै रहन्छ । साहित्यमा मनोरचनाको प्रभाव फ्रायडको अध्ययनले पहिल्याएको पक्ष जस्तै एक्काइसौँ शताव्दीको साहित्यमा समाजको अर्थ तथा राजनीतिक वर्ग संरचनाको विषय माक्र्सवादी चिन्तन निकट देखिन्छ । माक्र्सको चिन्तन यस शताब्दीको साहित्य रचनामा प्रभाव पार्ने मनोविज्ञानजस्तै अर्को प्रभावकारी सिद्धान्त हो ।

अन्तर्विषयक दृष्टिले हेर्दा अहिलेको विश्व साहित्य आआफ्नो पहिचानको खोजीमा छ । मानवका जाति, धर्म, लिङ्ग, संस्कृतिको विषयलाई यस शताब्दीको साहित्यले गर्भित गर्दै आएको छ । आजको साहित्यमा प्रतिष्ठित मानिने नोवेल पुरस्कारदेखि बुकर प्राइजसम्म पुरस्कृत हुने साहित्यमा पहिचानको रङ देखिन थालेको छ । साहित्यमा परिवेश र कालखण्डका विषयलाई हिपोलाइड तेनका अध्ययनले पहिल्याएको पक्षलाई धेरैले स्वीकार गरेका छन् । आजको साहित्यका अन्तरमा समाजको अर्थव्यवस्था, राजनीति, कानुन, भूगोल आदि विविध पक्ष विषयवस्तुका रूपमा समाहित छन् । आजको साहित्यले समाजका युग र परिवेशका विभिन्न विषयलाई आफूमा समेटेर हिँडिरहेको छ । यस्तो साहित्यलाई अन्तर्विषयक साहित्यका रूपमा चिनिन्छ ।

विश्व साहित्यको प्रभाव नेपाली साहित्यमा प्रशस्तै छ । नेपाली साहित्यको इतिहासमा अन्तर्विषयकताको विवेचना गर्न सकिने स्थिति प्रयाप्त मात्रामा देखिन्छ । नेपाली समाजको अर्थ संरचना, वर्गीय व्यवस्था र त्यसले जन्माएको वर्गीय संरचना एवम् प्रभावलाई डिपी अधिकारी, रमेश विकल, पारिजात, मोदनाथ प्रश्रित, श्यामप्रसाद शर्मा, घनश्याम ढकाल, ऋषिराज बराल आदिका आख्यान, कविता र निबन्धले साहित्यमा अन्तर्भूत गरेको छ । परिवेश, जाति तथा धर्म आदिका संवेदनाका आधारमा अन्तर्विषयक लाग्ने रचनाहरू पछिल्लो समय विशेषत: आख्यानका क्षेत्रमा आइरहेका छन् । यो साहित्यको लोकप्रियताका लागि आधार पक्ष विशेष हो ।

साहित्य अध्ययनको अन्तर्विषयक चिन्तन दर्शनशास्त्र र समाजशास्त्रका बहुआयाममा देखिन्छ । विस्तारै जातिवादी, नीतिपरक, मनोविज्ञानपरक, माक्र्सवादी, नारीवादी आदि समीक्षाका विधि पद्धतिहरू विकास भइरहेका छन् । यसरी अन्य विषयगत उपकरणको उपयोग हुनु साहित्यको अन्त्य होइन । यसले साहित्यलाई क्रमश: तार्किक र व्यवस्थित अध्ययनतर्फ मोडिरहेको हुन्छ र विषय विस्तार गरिरहेको हुन्छ । यसले फरक विषयका फरक दृष्टिकोणको साहित्य केन्द्रमा सङ्कलन पनि गरिरहेको छ । यसले समाजमा भएका विविध समस्याहरूको वस्तुगत उद्घाटन र साधारणीकरण गरिरहेको छ । यस किसिमको सिर्जना र अध्ययनले साहित्यको क्षितिज क्रमश: फराकिलो बनिरहेको छ । साहित्य अध्ययनको केन्द्र क्रमश: स्रष्टा ब्रह्माण्ड र पाठकलाई बनाइरहेको छ । विस्तारै यस चेतनाले व्यवस्था, कृतिका उपभोक्ता आदिको अन्तर्निर्भरता र अन्तर्सम्बन्धलाई उजागर गरिरहेको हुन्छ ।

अन्तर्विषयकता बहुविषयकता होइन । यो साहित्यिक कृतिमा निहित अन्य विषयको खोजी हो । यसले साहित्यकार समाजका विविध क्षेत्रप्रति सचेत हुन्छन् भन्ने चेतना प्रवाह गरिरहेको हुन्छ । यसबाट साहित्यमा विषयहरू समान उद्देश्यले अन्तर्घुलित भएर समान उद्देश्यका साथ रहन्छन् । यसबाट हरेक विषयको भूमिका रूपमान्तरित हुँदै तिनको निष्कर्ष तुल्य र नवीन पनि हुन्छ । यसबाट तुलनात्मक सोचको विकासका साथै संज्ञानात्मक समृद्धिका विभिन्न विषयगत दृष्टिकोणहरूलाई एकीकृत गरिदिन्छ । विश्वसन्दर्भमा यस किसिमको चिन्तन असचेत रूपमै प्लेटोबाटै आरम्भ भएको देखिन्छ । नेपाली साहित्य परम्परामा मोतीराम भट्टले कवि भानुभक्ताचार्यको जीवनचरित्र कृतिबाटै यस चेतनाको पृष्ठभूमि निर्माण गरेको देखिन्छ । नेपाली समीक्षा परम्परामा माक्र्सवादी, नवमार्क्सवादी, नारीवादी, लैङ्गिक, मनोविज्ञानपरक, नवमनोविज्ञानपरक, औपनिवेशिक, उत्तरऔपनिवेशिक, पर्यावरणीय, मिथकीय, लोकसांस्कृतिक, डायस्पोरिक, अभिघातपरक, सांस्कृतिक, अपाङ्गपरक, तृतीय प्रकृतिपरक, नाभीकीय, फेमिली थेरापी जस्ता विभिन्न अन्तर्विषयक समीक्षा प्रचलनमा आई स्थापित पनि बनिसकेका छन् । यसले नेपाली साहित्य सिर्जनाले गरेको अन्तर्विषयक ग्रहणलाई पनि देखाइराखेको छ ।

अन्तर्विषयक समीक्षाका लागि सोही प्रकृतिका कृतिहरूको पनि खाँचो पर्छ । नेपाली साहित्य सिर्जन परम्परामा हामीले हाम्रा जनजीवन र प्रकृतिका बहुमुखी पक्षहरू जे जसरी सिर्जना गर्न सक्नुपथ्र्यो, त्यो हुन सकिरहेको छैन । हामीले हाम्रा प्रकृतिका विविधता, वनस्पति र जल सम्पदाका विविधता सिर्जना गर्न सकिरहेका छैनौँ । हाम्रा जातजाति, तिनका संस्कृति, इतिहासले देखाएका र लुकाएका पक्ष, पूर्वीय वैदिक, औपनिषदिक, पौराणिक मिथक र लोक मिथकहरू, नेपाली मौलिक अर्थशास्त्र, भूगोल, धार्मिक, सामजिक पक्षहरू जे जसरी लेखिनुपथ्र्यो त्यसरी लेखिरहन सकेका छैनौँ । हामी विस्तारै मौलिक विषय छोडेर अनुदित र आगन्तुक विषयका लोभमा फसिरहेका छौँ । अबको साहित्यले सकेसम्म अन्तर्विषयलाई ग्रहण गर्न सके साहित्यप्रति आम चासो बढ्ने देखिन्छ । अन्तर्विषयहरूलाई अन्तर्भूत गर्ने साहित्य र समीक्षाशास्त्रले साहित्यलाई समाजका सबै मानिसको र सबै विषय क्षेत्रका पाठकको आकर्षण प्रदान गर्दछ ।

-सम्पादक

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 299
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

हाम्रो पुरुषार्थको पुरुषार्थ

February 5, 2024

साहित्यमा बहुलताको अवधारणा र चुतौति

January 28, 2024

प्राचीन नेपाली नाट्य सिर्जन प्रदर्शन परम्परा

January 18, 2024

स्मृति विम्बमा प्रतिविम्बित भारतीय नेपाली साहित्यका रत्नहरू 

January 9, 2024

युवा पुस्तामा मडारिएको निराशाको तुवाँलो

December 26, 2023

नमः सभाभ्यः सभापतिभ्यश्य

December 7, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.