SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » साहित्यमा उपयोगितावाद
सम्पादकीय

साहित्यमा उपयोगितावाद

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

आजको विश्वमा साहित्यलाई कुन प्रयोजनका लागि उपयोग गर्ने भन्ने बहस चलिरहेको छ । राजनीतिज्ञहरूले यसलाई आफ्नो विचारवाहक विषयका रूपमा लिइरहेका छन् । प्रकाशकहरूले व्यापारका रूपमा लिइरहेकाछन् । साहित्यिक पत्रकारहरूले पत्रिकाका लागि आवश्यक कच्चा पदार्थका रूपमा लिइरहेका छन् । अनलाइन पत्रिकाहरूले भ्युवर बढाउने साधनका रूपमा लिएका छन् । साहित्यको सांस्कृतिक गरिमा भन्दा यसको उपयोगिता अन्तरविषयका विकास र प्रभावमा परिरहेको छ ।

साहित्य उच्च भाषिक कला हो । यसको सांस्कृतिक एवम् समाजशास्त्रीय अध्ययन गरिए पनि यसमा मूल मूल्य साहित्यिक मूल्यकै रूपमा रहन आवश्यक छ । यस मूल पक्षलाई उपयोगितावादले विस्तारै छायामा पारिरहेको छ । यति प्रभाव पारेको छ कि सौन्दर्य शास्त्रको क्षेत्रमा प्रचलित पारिभाषिक शब्दकै रूपमा उपयोगितावाद परिचित छ । यसले आजको विश्वमा मान्छे हरेक वस्तुलाई छिटै र सहज स्थितिमै उपयोग हुने विषय र साधनलाई बढी उपयोगी ठान्ने बन्दै गएको छ । यसले साहित्यलाई पनि उपयोगिता र उपयोगिताविहीन देख्ने फरक दृष्टिकोणको विकास गरेको छ । एउटा समूहले राम्रो भनेको साहित्य अर्को समूहका लागि विनाकामको बनिरहेको छ । एउटा समुदायको स्रष्टाको साहित्य अर्को समुदायका लागि उपयोगविहीन बनिरहेको छ ।

पश्चिमी समाजमा नवउपनिवेशवादी चिन्तनको विकास भएपछि शक्ति र समृद्धिमा रहेका राष्ट्रहरूले विश्वका सानातिना र शक्ति क्षीण भएका राष्ट्रहरूलाई उपभोक्ता बजारका रूपमा मात्र लिन थाले । यो स्थिति आर्थिक क्षेत्र वा विनिमयका वस्तुमा मात्र सीमित रहेन । उनीहरूका दृष्टिमा उपभोक्ताको बजार बन्दै गएको विश्वलाई उपयोग गर्न मिल्ने वस्तुको उत्पादन गर्ने क्रम तीव्र रूपमा विकास भयो । विश्वमा उत्पादित वस्तुको उत्पादन पनि उपयोगिताका दृष्टिले सहज हुने दिशातिर मोडिए । विज्ञान र प्रविधिको सहायताका कारण मान्छेका मूल्यहरू पनि बिस्तारै मेसिनतर्फ केन्द्रित बन्दै गए । उत्पादित वस्तुहरू उपभोक्ताको उपयोगिताको सीमामा बाँधिँदै र धकेलिँदै गए । मान्छे स्वयम् उपयोगिताका आधारमा मात्र प्रत्येक सामानको उपयोग गर्नेतर्फ केन्द्रित बन्दै गयो ।

उपयोगितावादी चेतनाका कारण कुनै पनि वस्तु एकपल्ट उपयोग गर र फ्याँकको अवस्थामा पुग्यो । यसका प्रभावमा कपासका कपडा विस्थापित बन्दै गए । धातु र काठका वस्तुहरू विस्थापित बन्दै गए । समाज काँचको सुन्दरता, प्लास्टिको छरितोपन र फाइबरतिर आकर्षित बन्यो । कागजको सौन्दर्यमा हराउन थाल्यो । यही सूत्रका आधारमा मान्छे विस्तारै अल्छे र उपयोगितामा विश्वास गर्ने बन्दै गयो । यस किसिमको उत्पादन र उपयोगले केही हदसम्म मानिसको मानसिकता सहज र सुरक्षित पनि अनुभव भयो । मानिसका अभावका बिच सहज प्राप्तिको बोध पनि भयो । मान्छेलाई आवश्यक वस्तु सस्तो र सुलभ जस्तो पनि भयो । यद्यपि यसरी उत्पादित उपयोगी वस्तुको उपयोगको अवधि क्षणिक बन्दै गयो । उपयोगको वस्तु पनि एक देशीय, आञ्चलिक र स्थानीय बन्दै गयो । यसरी मान्छेलाई थाहै नपाई तातो, न्यानो र रङ्गीन अनुभूति प्रदान गर्न उपयोगितावाद सफल भयो । उपयोगिताका आधारमा मानिसलाई विश्वस्त पनि बनाउँदै गयो । तर विस्तारै नजानिँदो गरी वस्तुको सत्य र शास्वत सामर्थ्यको मूल्य ध्वस्त बन्दै गयो । यस किसिमको नवउपयोगिताको क्षणिक लाभतर्फ आकर्षित बन्दै गएका कारण आजको विश्व उपयोगितावादतिर पूर्ण रूपमा समर्पित बन्यो । यसले समाजमा प्रभाव र अवधारणाको रूप लिँदै उपयोगितावादको रूप लियो । यसको प्रभाव साहित्य र संस्कृतिमा पनि पर्‍यो ।

साहित्य शास्त्रमा पनि विश्वको अर्थबजारमा देखिएको यो उपयोगितावाद हावी बनिरहेको छ । हामी यसको नमुनाका रूपमा नेपाली बजारमा नुनको विज्ञापन गरी लेखिएका कवितालाई बुझ्न सक्छौँ । कुनै पार्टी र गुटका लेखकले आफ्ना नेताको विचारलाई आधार मानेर साहित्य सिर्जना गरेको पनि देखियो । गणतन्त्रपूर्वको नेपालको राष्ट्रगान राजाको स्तुति केन्द्रित हुनु पनि यसकै एउटा उदाहरण थियो । रचना यति समयभित्र दिनु पर्‍यो । रचनाको आयतन मेरो पत्रिकाको सीमामा अट्ने हुनु पर्‍यो । रचनाको भाषा बौद्धिक भन्दा पनि सबैले बुझ्ने हुनु पर्‍यो । रचनाको स्तर मैले बुझ्ने हुनु पर्‍यो । रचनाको विषय र उद्देश्य यस्तो सीमामा हुनु पर्‍यो । रचनाको उद्देश्य आन्दोलन, अभियान वा राजनीतिलाई काम दिने हुनु पर्‍यो । यो छन्द यो रसमा हुनु पर्‍यो ।

हाम्रामा साहित्यको उपयोगितावाद पार्टीगत लेखनमा देखिइराखेको छ । लेखक पनि पार्टीपिच्छेका र तिनका लेख वा कविता पनि पार्टीका उद्देश्यलाई सघाउने हुनु पर्‍यो । गणतन्त्र पक्षधर हुनु पर्‍यो । राजतन्त्र पक्षधर हुनु पर्‍यो । त्यस रचनामा कला मूल्य होस्, नहोस् एउटालाई राजाको विरोध भए पुग्यो र राम्रो भयो । अर्कालाई राजाको जय गाए पुग्यो र राम्रो भयो । यस्तो उपयोगितावादले साहित्यलाई उच्च कलामूल्य र चेतनाको साहित्य भन्दा उचाल्ने र पछार्ने विषय बनायो । यस रापचापले साहित्य साहित्यभन्दा बढी कुरा र नारा बनिरहेको छ । अहिलेकै लागि आवश्यक लेखनमा परिणत भइरहेको छ । अखबारी र समाचारमूलक बनिरहेको छ । पत्रिका वा प्रकाशकले भने जस्तै मात्र लेखिदिने र छापिदिने चलन बढ्दो छ । यो सबै प्रभाव उपयोगितावादको हो । उपयोगितावादको सिर्जन प्रभावको परिणति हो । यस्ता कार्यहरू यही उपयोगितावादबाट प्रेरित रहेका छन् ।

साहित्यका केही उपयोगितावादी पक्षहरू उदाहरणयोग्य छन् । जस्तो कि नारी दविस आसपासको समय आयो नारीकेन्द्रित कविता लेखिदेऊ, समाज वा राजनीतिक जागरणको मौसम आयो त्यही विषय केन्द्रित कविता, कथा लेखिदेऊ । संविधान निर्माणको काम आयो निर्माणमा सघाउने लेखिदेऊ, संसद् स्थापनाको समय आयो त्यसलाई सघाउने लेखिदेऊ, विघटनको बेला आयो त्यसलाई सघाउने लेखिदेऊ । यो समूहका उद्देश्यअनुरूपको लेखिदेऊ । यहाँ बहुदलीय पार्टी व्यवस्थाअनुरूप फलानापार्टीको हित हुने, फलाना पार्टीको तेजोबध हुने, संविधान बन्ने, संविधान नबन्ने, मधेस समेट्ने, पहाड समेट्ने, दलित चेतना बोक्ने, जनजातिको आवाज समेट्ने, ब्राह्मण समाजको चेतना नसमेट्ने, हिन्दू, मुस्लिम, क्रिस्चियन, किराँत आदि धार्मिक उद्देश्य समेट्ने कविता लेखिदेऊ उपयोगितावादको साहित्यिक प्रयोग हो । हुँदा हुँदा व्यक्ति स्तुतिमा कविता लेखिदेऊ, संस्था स्तुतिमा कविता लेखिदेऊ, कुनै वस्तुको विज्ञापनमा कविता लेखिदेऊ । मेरो अभियान यो हो यसलाई सफल बनाउने कथा लेखिदेऊ, मेरो वाद यो हो यसलाई समेटेर निबन्ध लेखिदेऊ । मेरो संस्थाको उद्देश्य यो हो यसलाई समेटेर नाटक वा टेलिफिल्म लेखिदेऊ । फलानालाई सम्मान गर्नु पर्‍यो उसको सम्मान पत्रको व्यहोरा कवितामा लेखिदेऊ । यस्ता आग्रहले फस्टाएको उपयोगितावादका फाइदा केही भए पनि साहित्यका मूल्यहरू कमजोर बनिरहेका छन् । यसले साहित्यको उपयोगिता त मौलायो तर यसको कलात्मक मूल्य क्षीण हुँदै गयो । यसका सांस्कृतिक मूल्यहरू ध्वस्त प्रायः बन्दै गए । यस दृष्टिले विस्तारै उच्च कलात्मक नेपाली साहित्य पनि सङ्कुचित बन्दै र पार्टी, वर्ग र गुट साहित्यका घेरामा खुम्चिदै आएको स्थिति व्यापक बन्दै गएको छ ।

उपभोक्तावादी चिन्तनले सिर्जनासँगै समीक्षालाई गाँजिसकेको छ । यहाँ कसैका किताब निस्कँदा खोजी खोजी समीक्षा गर्ने र कसैका किताबको समीक्षा नै नगर्ने साहित्यिक सञ्चारकर्मी विकास भइरहेका छन् । लेखक पनि सत्तापक्षीय भए, सम्पतविाल भए उसको कृतिको मूल्य र मूल्याङ्कन फरक पर्न थालेको छ । उपयोगितावादकै कारण असाहित्यकार साहित्यकार र साहित्यकार असाहित्यकार बनिरहेका छन् । कृति विमोचनका समारोहहरू होटलमा भए चर्चामा आउने र साधारण ठाउँमा भए नआउने भइसकेको छ । जतासुकै उपयोगिताको वर्चश्व बढिरहेको छ । समस्या शास्त्रीय र कलामूल्य ध्वस्त बनिरहेको छ ।

–सम्पादक

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 211
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

हाम्रो पुरुषार्थको पुरुषार्थ

February 5, 2024

साहित्यमा बहुलताको अवधारणा र चुतौति

January 28, 2024

प्राचीन नेपाली नाट्य सिर्जन प्रदर्शन परम्परा

January 18, 2024

स्मृति विम्बमा प्रतिविम्बित भारतीय नेपाली साहित्यका रत्नहरू 

January 9, 2024

युवा पुस्तामा मडारिएको निराशाको तुवाँलो

December 26, 2023

नमः सभाभ्यः सभापतिभ्यश्य

December 7, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.