रमेश शुभेच्छु युवा पुस्ताका सक्रिय स्रष्टा एवम् द्रष्टा हुन्। उनले कविताका प्रायः सबै उपविधामा कलम चलाएका छन्। उनको परिचय साहित्यसागरको माधवघिमिरे विशेषाङ्कमा समेटिइसकेको छ। साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको एउटा गीतिरचना ‘विश्वास घात’ समेटिएको छ। यस रचनाले वर्तमान समाजमा बढ्दै गएको राजनीतिक, सामाजिक र वैयक्तिक विश्वासघातको प्रसङ्गलाई समेटेको छ।-सम्पा.
|
पहिलेको विश्वासमा तुसारो भो ऐले
के जानूँ म विश्वास नै थिएन कि पैले ?धेरैचोटि छोडिएँ म सहयात्रीवीच
पर्दापछि अल्झिएँ म रङ्गमञ्चवीच
मैदानमा ठेलिएँ म जुध्नु भिड्नु पर्दा
मैदानभन्दा पाखै रहेँ खुसी साट्नु पर्दा।
के जानूँ म विश्वास नै थिएन कि पैले ?धेरैचोटि छोडिएँ म सहयात्रीवीच
पर्दापछि अल्झिएँ म रङ्गमञ्चवीच
मैदानमा ठेलिएँ म जुध्नु भिड्नु पर्दा
मैदानभन्दा पाखै रहेँ खुसी साट्नु पर्दा।
धेरैचोटि अल्झिएँ म पासा तगारामा
पीडासँग बल्झिएँ म रह भँगालामा
ज्यान दिन तयार म उनलाई भने
मेरो दुःख मैसँग छ छैन साथ दिने।
***
काठमाडौँ, नेपाल



रमेश शुभेच्छु युवा पुस्ताका सक्रिय स्रष्टा एवम् द्रष्टा हुन्। उनले कविताका प्रायः सबै उपविधामा कलम चलाएका छन्। उनको परिचय साहित्यसागरको माधवघिमिरे विशेषाङ्कमा समेटिइसकेको छ। साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको एउटा गीतिरचना ‘विश्वास घात’ समेटिएको छ। यस रचनाले वर्तमान समाजमा बढ्दै गएको राजनीतिक, सामाजिक र वैयक्तिक विश्वासघातको प्रसङ्गलाई समेटेको छ।