विष्णु केसी नेपाली साहितयका समीक्षा र सिर्जना दुवै क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । पेसाले प्राध्यापक के.सीका केही गीत रचनाहरू ध्वनिमुद्रण पनि भइसकेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको एउटा आँखाबाट बगिजाने’ बोलको गीतिरचना समेटिएको छ । यस रचनाले जीवनको रहस्यलाई पनि सङ्केत गर्दै जीवनवादी चेतना अभिव्यक्त गरेको छ ।
-सम्पा. |
आँखाबाट बगिजाने आँसु होइन जीवन
द्विविधामा अल्झिरहने पासो होइन जीवन
दु:ख भन्नु लोभ रै’छ आफैँतिर तान्ने
सुख भन्नु त्याग रै’छ छोडिदिन जान्ने
बाँच्नुपर्छ हिर्दयमा घामजून बाली
बस्नु हुन्न कहिल्यै पनि पीडाहरू पाली
आफैभित्र हाँसो हुन्छ आफैँभित्र शान्ति
आफैँभित्र रिसराग आफैँभित्र भ्रान्ति
खोज्न सके नियालेर आफ्नै वरिपरि
मिल्दो रै’छ अघि बढ्ने बाटो थरीथरी