![]() सम्पा. |
सन्चो छैन विरामी छु प्यारी म घर आइनँ
नयाँ वर्ष शून्य भयो कुनै गीत गाइँन
एक्लो छु म यहाँ आज कोही छैन साथ
उमङ्गले खुसी साट्न पोहोरझैँ पाइनँ
कोठाभित्र थुनियाछु हिँड्न डुल्न गाह्रो
औषधीको तितो खाएँ मिठो केही खाइनँ
सयौँ लाखौँ थिए इच्छा, तिमीसित रमाउने
पासोभित्र परेकाले, त्यता आउन पाइनँ
अफ्ठ्यारो छ धुलो बाटो, दौडी आऊँ भने पनि
भीर खोला छिचोलेर, तिम्लाई भेट्न धाइनँ
सोचे जस्तो भने जस्तो, हुन्न रै’छ जिन्दगानी
चुहिएको मकाएको, आफ्नो त्यो घर छाइनँ