![]() |
अन्यायको पनि त हद हुन्छ, सीमा हुन्छ;
मान्छे यहाँ भोकै मर्छ तर पशु बिमा हुन्छ !
पीडा चित्कार पुकार सुन्ने कोही छैन अझै ;
पहुँच हुनेका लागि यहाँ जे पनि फ्रि मा हुन्छ !
धेरैले खोजेका हुन् यो बेथिति मास्नलाई ;
शुरू प्रहार तेज हुन्छ अनि आफैं धीमा हुन्छ !
विद्या इमान र गुणको कदर हुन्न कसै यहाँ ;
धनको र बलको पो इज्जत र गरिमा हुन्छ ।
एक्लो वृहस्पति सधैं झुठो हुन्छ पहिल्यैदेखि ;
यो कलि युग यस्तै हो,रावणकै महिमा हुन्छ ।
२०७४।११।२४
फिक्कल, इलाम