![]() |
तारेभीरमा गाई चर्यो के भनु र खै ?
हेर्दाहेर्दै भीरमै झर्यो के भनु र खै ?
सानैदेखि गोठालो भै हुर्किएको म !
माउ गाई नै आज मर्यो के भनु र खै!
रमितेछन खर्कभरि हासेका छन् है !
मुखियाले गर्नु गर्यो के भनु र खै ?
मरिजाने जिन्दगीमा कति रुने खै ?
भाग्यले नि कर्म हर्यो के भनु र खै ?
सबै खुशी सबै दंग भित्री मनमा है !
आफ्नै मुटु कता सर्यो के भनु र खै ?