सुरेन उप्रेती कथा, निबन्ध, कविता, गीत गजल जस्ता बहुविध विधामा कलम चलाउने प्रतिभा हुन्। उनी सर्जकका साथै देशबाहिर रहेर भाषा साहित्यको सेवामा समर्पित प्रतिभा हुन्। उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिएको छ। साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको एउटा गजल रचना समेटिएको छ। यस रचनाले नेपालको सीमाविवादबाट जन्मिएको समस्यालाई उजागर गरेको छ। यस गजलमा सीमाना विवादका विषय भेरी नदीका विम्वमा प्रतिविम्वित छन्।– सम्पा.
|
भेरीभित्र पानी हैन, प्रीत बगेको छ
देशनिम्ति ज्यान दिने रीत बगेको छयुवा हैन बृद्ध, नारी बालबच्चा लडी
विहानीको घाम डाक्ने शीत बगेको छहिमालको जलधारा अमृत बग्दा बग्दै
छिमेकीको कुदृष्टिले विष बगेको छ
देशनिम्ति ज्यान दिने रीत बगेको छयुवा हैन बृद्ध, नारी बालबच्चा लडी
विहानीको घाम डाक्ने शीत बगेको छहिमालको जलधारा अमृत बग्दा बग्दै
छिमेकीको कुदृष्टिले विष बगेको छ
देश भन्नु मुटु रैछ, माटो भन्नु मन
कहाँ नदी त्यहाँ न्यायाधीश बगेको छ।



सुरेन उप्रेती कथा, निबन्ध, कविता, गीत गजल जस्ता बहुविध विधामा कलम चलाउने प्रतिभा हुन्। उनी सर्जकका साथै देशबाहिर रहेर भाषा साहित्यको सेवामा समर्पित प्रतिभा हुन्। उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिएको छ। साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको एउटा गजल रचना समेटिएको छ। यस रचनाले नेपालको सीमाविवादबाट जन्मिएको समस्यालाई उजागर गरेको छ। यस गजलमा सीमाना विवादका विषय भेरी नदीका विम्वमा प्रतिविम्वित छन्।