प्रह्लाद पोखरेलको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिएको छ । उनी समकालीन पुस्ताका सशक्त कवि हुन् । उका कवितामा समसामयिक नेपाली समाजका बहुमुखी स्वर संयोजित रूपमा अभिव्यक्त छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको प्रजातन्त्र शीर्षकको कविता समेटिएको छ । यस कविताले प्रजातन्त्रको मर्मअनुसार राजनीति अगाडि बढ्न नसकेको गुनासो गरिएको छ ।-सम्पा. |
१
जुटे वीर योद्धा बनी स्वाभिमानी
प्रजातन्त्र आयो, उदायो बिहानी
जहाँ वीरतासाथ जागे शहीद
त्यहाँ ब्यूँझियो देशको जिन्दगानी ।
२
प्रजातन्त्र रोयो बलात्कार भोगी
नभेटेर नेतृत्व सद्दे, निरोगी
सधैँ देखिँदा कल्पनातीत दृश्य
कठै १ देशको दूर भाग्यो भविष्य !
(प्रजातन्त्र दिवस, २०७७)