नेत्र सुवेदी “प्रयास’’ (गल्याङ, स्याङ्जा, हाल ललितपुर) साहित्यमा नयाँ नाम भए पनि नेत्रप्रसाद सुवेदी नेपाली निजामति प्रशासन र बौद्धिक जगन्मा नयाँ नाम होइन । सधैँ कामप्रतिको समर्पण र सिकाइका लागि तयार भइरहने एक निष्ठावान व्यक्ति हुन् सुवेदी । कामकै सिलसिलामा हालसम्म नेपालका ७२ जिल्लामा पुगेको र २५ वर्ष नेपाल सरकारको निजामती सेवामा समर्पित बनी सेवा गरिसकेका सुवेदी परीक्षाबाटै उपसचिव र सहसचिव उतीर्ण गर्न सफल भएका थिए । उनी विकास र समसामयिक सरोकारका विषयमा लेख तथा कविता लेख्ने र नियमित रूपमा डायरी लेखन गर्ने गर्छन् । हालसम्म साहित्येतर ७ वटा पुस्तक लेखन गरिसकेका सुवेदीका । खासगरी लोकसेवा आयोगको परीक्षाको लागि सहयोगी हुने पुस्तकहरू प्रकाशित छन् । , तथ्यांक संकलन तथा विश्लेषण, अर्थशास्त्रीय विश्लेषण (Econometrics), खरिद प्रणाली, आन्तरिक नियन्त्रण प्रणाली, सूचना तथा सञ्चार प्रविधि, समूह गतिशीलता , विकासका विभिन्न पक्षहरू, व्यवस्थापकीय कौशल, सङ्घीयता र स्थानीय स्वशासन क्षेत्रका विशेषज्ञका रूपमा सुवेदी राष्ट्रसेवा गरिरहेका छन् । विज्ञान, मानविकी, जनप्रशासन, अन्तराष्ट्रिय बजार जस्ता विषयमा स्नातकोत्तर एवम् पब्लिक एडमिनिस्ट्रेसन विषयका दर्शनाचार्य सुवेदीको कवितासंग्रह प्रकाशनको तयारीमा रहेको छ । यहाँ उनको एकता शीर्षकको कविता समेटिएको छ । यस कविताले एकतामा बल हुन्छ भन्दै देशवासी मिल्न सके देशको अवसथा सुधार गर्न सकिने राष्ट्रिय चेतना अभिव्यक्त गरेको छ ।
सम्पा. |
बुँद मिली थोपा बन्छ थोपा मिली धारो
सवै मिली काम गरे हुँदैन के होला र गाह्रो ?
वन बन्न मिल्नुपर्छ पात, हाँगा रुख
मिलिजुली काम गरे कहाँ हुन्छ दुःख ?
एक हैन सय लागे देश विकास हुन्छ
एकताले देश, विश्व झलमल्ल पार्छ
लोभी, लाल्ची, क्रोधीहरू जल्छन् आफ्नै ताप
सेवा गर्ने मानिसले फर्काउँछन् प्रात
दुखी गरिव शोषित छन् अन्यायमा मर्ने
एकताले चिनाउँछ मान्छे को हो भन्ने ।
परिश्रम गर्नेले हो फल खान पाउँने
मौरी घारको एकता नै सूत्र अह लाउने
एक एक मिल्न सके कहाँ पछि देश
देशको विकास हुन्छ हामी बन्न सके एक ।
अनामनगर, काठमाडौँ