विधान आचार्य (२०१६ वैशाख १२, चुँदीरम्घा तनहुँ, सुपुत्रः विश्वराज आचार्य एवम् सुभद्रादेवी आचार्य) नपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । गुराँस पत्रिकामा २०३१ सालमा अनौठो चिनाजानी शीर्षकको कथा प्रकाशन गरी नेपाली साहित्य जगत्मा सार्वजनिक भएका आचार्य सिर्जना, सम्पादन, संगठनलगायत बहुविध सक्रियताबाट साहित्यसेवा गरिरहेका छन् । उनका गोरुको काँध (२०४२), पहाड उक्लेर पहाड ओर्लेर (२०६२) जस्ता महत्त्वपूर्ण कवितासङ्ग्रहहरू प्रकाशित छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा आचार्यको संवेदना शीर्षकको कविता समेटिएको छ । यस कविताले मानवीय संवेदनालाई मूल विषयवस्तु बनाएको छ ।
-सम्पा. |
उस्तैउस्तै सुनिन्छन्
दिग्गजहरूलाई पनि मजाले झुक्याउँछन् !!
*कहिलेकहीँ
भन्न खोजेको
र भनिएको
कस्तो विपरीत हुन्छ !!
अनि सोध्न मन लाग्छ
साँच्चै तपाइँले
त्यही भन्न खोजेको हो ??
मलाई सोध्नुस् त
मैले के भन्न खोजेको र ?
सात दोबाटो ललितपुर