सविता बराल ( ताप्लेजुङ, पिता बुद्धिप्रसाद बराल र माता बुद्धिमता बराल) नवोदित छन्दकवि हुन्। शिक्षण पेसामा आबद्ध उनी साहित्यसुधा नेपालको पेजमार्फत् प्रत्यक्ष प्रसारण हुने साहित्यिक कार्यक्रम प्रस्तोता पनि हुन्। विभिन्न कविता प्रतियोगितामा पुरस्कृत बनेकी बरालका कविता र गजल रचनाहरू विविध पत्रपत्रिकामा प्रकाशित भए पनि हालसम्म कुनै पनि पुस्तकाकार कृति प्रकाशित देखिँदैन। साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘नारी पर्यौ जातमा’ शीर्षकको कविता समेटिएको छ। यस कवितामा नारी भएर जन्मिएकै कारण नारीहरूले भोग्नुपर्ने विभिन्न समस्यालाई प्रस्तुत गरिएको छ। शार्दूलविक्रीडित छन्दमा संरचित प्रस्तुत कविता निकै विम्बात्मक र ललित पनि देखिन्छ।
-सम्पा. |
नारीले नरले समान बलले पाङ्ग्रा गुडाए पनि
मान्ने गर्छ समाज यो पुरुषले एक्लै चलायो भनी
यौटै बोट त हो विभेद किन हो हाँगा जरा पातमा
तिम्रो दोष अरू थिएन जननी नारी पर्यौ जातमा ।यौटै कर्म विवाहको छ नरको खै भिन्न के चिह्न छ ?
नारी मङ्गलसूत्र सिन्दुर चुरा पोशाकले भिन्न छ
ताल्चा मारिदियो सयौँ नियमको चाबी लियो हातमा
तिम्रो दोष अरू थिएन जननी नारी पर्यौ जातमा।

अर्काले अपराध गर्दछ सधैँ पछ्र्यौ तिमी घानमा
तिम्रो भाग सजाय पर्दछ यता अन्जान अन्जानमा
धावा बोल्छ इमान बेच्दछ उही सत्ता र उन्मादमा
तिम्रो दोष अरू थिएन जननी नारी पर्यौ जातमा
खोसिन्छन् पतिको वियोग पलमा श्रृङ्गार तिम्रा सबै
खोसिन्नन् किन रङ्ग वस्त्र नरका ऊ हिँड्छ आजाद भै
आफ्नो मान सदा उचाल्छ दुनियाँ पर्छ्यौ तिमी लातमा
तिम्रो दोष अरू थिएन जननी नारी पर्यौ जातमा
यस्ता क्रूर प्रहारबाट नडगी गर्दै सदा सामना
बढ्दै जान सके निरन्तर डटी नारी यही कामना
पर्ने छैन प्रहार सुन्न यसरी सस्ता कुनै बातमा
तिम्रो दोष अरू थिएन जननी नारी पर्यौ जातमा
***