प्रकाशमणि दाहाल कुशल कवि, निबन्धकार एवम् आख्यानकार हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको एउटा कविता रचना समेटिएको छ । चातुर्य शीर्षकको प्रस्तुत कविताले राष्ट्रका शासकहरू च्तुर भए मात्र राष्ट्रको रक्षा हुन सक्ने चेतनालाई उजागर गरेको छ । शास्त्रीय लयढाँचाअन्तर्गत शार्दूलविक्रीडित छन्दमा संरचित यस कविताले राष्ट्रिय चेतनालाई मूल स्वर बनाएको छ ।
-सम्पा.
|
हार्छन् देश न युद्धमा, प्रगतिमा सानो हुँदैमा पनि
जित्छन् नै न यथार्थमा जतिसुकै ठूलै भएमा पनि
पाइन्छन् इतिहासमा विजयका सानाहरूका जति
ठूलाका पनि छन् उदाहरण जो हार्नै परेका उति ।मात्रै सायद हुन्न हार–जितको आधार भूगोलमा
हुन्छन् ती जति एकता–कुशलता–चातुर्य नेतृत्वमा
हार्छन् कारण धेर ता मन तथा हारेर विश्वासले
बन्छन् जो कि त टुट्तछन् बिलकुलै नेतृत्वकै कार्यले ।

गोर्खा नै उपमा छ बार सयको टिस्टा र सत्लज् पुग्यो
इच्छाशक्ति र एकता–कुशलता–विश्वासले जो बन्यो
निर्मातापछि एकता–कुशलता टुट्तै गई राज्य नै
आधामात्र रही डुब्यो अरू सबै नेतृत्व स्वार्थान्ध भै ।
त्यस्तो राष्ट्रिय एकता–कुशलता–चातुर्यताखातिर
यौटै शर्त इमानदार रहनै नेतृत्वले पर्दछ
बोलीमा, मनमा र कर्म सबमा साझा भलो राष्ट्रको
छोडी हुन्न जहाँ निजी, समूह वा स्थानै कुनै स्वार्थको ।
गर्ने साधनको प्रयोग कुशलता हो उच्च सज्ञानता
गर्ने शासन पक्षपात नगरी हो उच्चतम् एकता
चातुर्यै कुटनीति हो नजिक वा टाढा छिमेकीसँग
ग्यारेन्टी बुझ एकता–कुशलता–चातुर्यताको तब ।