भुवनहरि सिग्देल (२००७ जेठ ५ गते बिहीवार, बाडभन्ज्याङ-काठमाडौँ, सुपुत्र : मीनाकुमारी –नन्दलाल सिग्देल) नेपाली साहित्यको कविता, आख्यान र निबन्ध विधाका सशक्त हस्ताक्षर हुन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका सिग्देलले संस्कृत र नेपाली साहित्यको स्वअध्ययनबाट आफ्नो बौद्धिक एवम् सिर्जनात्मक सामथ्र्य सशक्त तुल्याएका छन् । शिक्षक, विद्यालय निरीक्षक, केही कम्पनी र संस्थाका प्रबन्धक जस्ता जिम्मेवारी निर्वाह गरेका सिग्देल अहिले पूर्ण रूपमा साहित्य साधनामा समर्पित छन् । सिर्जनाको नेपथ्य अभ्यास धेरै लामो भए पनि पचासको दशकबाट प्रकाशनमा आउन थालेका सिग्देलका आर्तनाद (२०५४), खाते (२०५५), कानी (२०५५) कुलबहादुर (२०५८), डल्ले (२०५८ तीतामीठा कुरा (२०६३), समयचक्र (२०६४), सुन सपना (२०६५), तारा नखस्नू तिमी (२०६६), कलमगङ्गा (२०६८) , निसानी (२०६८) जस्ता खण्डकाव्य र नव्यकाव्यका साथै धरणीधर (२०५५), मेनुका (२०५६) , विभुधारा (२०६१), वैयाकरण (२०७०) र आरोहण (२०७३, संयुक्त) जस्ता महत्वपूर्ण महाकाव्य कृतिहरूप्रकाशित छन् । उनका रो कविता (२०६१) शीर्षकको कविता सङ्ग्रह, अतीत जब वर्तमान बन्छ (२०६५) शीर्षकको कथासङ्ग्रहका साथै रमिलानानी (२०६६), सुरासुन्दरी (२०६६), रामदाइ (२०६७), उर्मिला (२०६९), आमोइ (२०७२), सारङ्गी (२०७३) जस्ता महत्वपूर्ण औपन्यासिक कृतिहरूप्रकाशित छन् । उनको कलम बहुविधामा सक्रिय छ । उनका यात्रा किसिम किसिमका (२०६७) र स्मृतितरङ्ग (२०६७), मनका सयपत्री (२०६८), अद्भूत तिवारी (२०७५) जस्ता निबन्ध कृति पनि प्रकाशित छन् । मै छोरी सुन्दरी २०७०) शीर्षकको बालगीत एवम् कविताको संग्रह पनि प्रकाशित छ । उनका कविता, काव्य र महाकाव्यले नेपाली समाजका बहुविध पक्षलाई समेट्न सकेको देखिन्छ । ऐतिहासिक एवम् सामाजिक यथार्थका जुनसुकै विषय टिपेर काव्य, महाकाव्य एवम् आख्यान सिर्जन गर्न सक्ने सिग्देलको आख्यान एवम् कविता सिर्जनयात्रा समकालीन साहित्य परम्परामा उर्जाशील देखिएको छ । साहित्य सागरको प्रस्तुत शृङ्खलामा सिग्देलको विम्बमा राष्ट्रकवि शीर्षकको कविता समेटिएको छ । यस कवितामा राष्ट्रकवि घिमिरेलाई नेपाली साहित्य जगत्का साझा चौतारीका विम्बमा उतारेका छन् । उनले घिमिरेलाई नेपाली कविता परम्पराका र जीजीविषाका पनि अजेय पात्रका रूपमा उभ्याउँदै केही शोक भावसहित घिमिरेबाट केही सिक्न र गर्न सकूँ भन्ने कामना गरेका छन् ।-सम्पा. |
झरीमा गर्मीमा शरदपछि हेमन्त ऋतुमा
म फक्रेका देख्थेँ कवि र कविता नै प्रकृतिमा
कतै गाएँ नाचेँ मन बहकिँदा लोकलयमा
बन्यो छाती चौडा प्रखर कविताका विषयमा ।
अहो ! त्यो चौतारी घर कि वरछाया नबुझिने
पुगे जस्तो लाग्ने अझ पर कता हो नपुगिने
कि हो छाया मात्रै अनुपम तिलस्मी क्षितिजको
कि हो माया मात्रै अविजित कला राष्ट्रकविको !
छ हात्ती लस्केको अथक तर यात्रा अविरल
म घोडा दौडेको सडकतिर जात्रा प्रतिपल
तमासे हाँसेका कवि र कविताका प्रकरण
सुनेझैँ देखेझैँ वरण रण या रम्य रणन !
ल जाऊँ गोरेटा कति कति खने राष्ट्रकविले
लजाऊँ स्रष्टा हो उपर पर नेटोतिर पुगे
नथाकेका वेला मृग मरिच देखिन्छ कि भनी
त्यही द्यौरालीमा कवि कलम भेटिन्छ कि भनी ।
अहो ! भद्रं कर्णे शतक शृणुताम् भन्नु कसरी !
छ इच्छा त्यस्तै नै तर म बिचरो सुन्नु कसरी !
नलेखी के गर्ने कटु अकविता लेख्नु कसरी !
अँधेरोमा मैले विपुल सविता देख्नु कसरी !
टिपौँ हामी नौला ललित जनबोली अलिकता
गरौँ साथी बान्की वरण रस सौन्दर्य कविता
बिहानीको सन्ध्यासँग पनि कुनै विस्मय छ र ?
त्यहीँ पुग्दा लाग्छन् रवि कि चँदुवा मेघउपर !
काठमाडौँ
राष्ट्रकवि
ठाकुर शर्मा भण्डारी
साहित्य–ता–रा–जन–भावना हौ
यो राष्ट्रमा उज्ज्वल साधना थ्यौ
हिमालजस्तो गरिमा उचाइ
झर्ना झरेभैmँ कविता चलाइ ।१।
साहित्य पायौँ रसपूर्णताको
जीवन्तता थ्यो भव–भावनाको
यो दिव्य आलोक स्वराष्ट्र–गान
पाई रमायौँ कविता विधान ।२।
आलोक छर्ने कवि सूर्यजस्तै
आनन्दको रश्मि छ चन्द्रजस्तै
कवीन्द्रको अन्तर भाव रास
आशा भरोसा कवि–ता–प्रकाश ।३।साहित्यमा देख्दछु ‘घामपानी’
रम्थ्यौ सदा बालक–धर्म जानी
सौन्दर्य नेपाल बुझेर लेख्यौ
काव्यात्मको ज्योति समग्र पोख्यौ ।४।‘राजेश्वरी’ सुन्दर साधना हुन्
‘गौरी’ सबैकी मन–भावना हुन्
जहाँ छ खुल्ने करुणानुभूति
काव्यात्मका माधव धन्य मूर्ति ।५।अस्तित्वको खातिर लड्न सक्ने
अन्तर्यको गान गरेर हिँड्ने
यो राष्ट्रको वैभवमा रमायौ
आनन्दको नन्दन राग ल्यायौ ।६।
आनन्दको रश्मि छ चन्द्रजस्तै
कवीन्द्रको अन्तर भाव रास
आशा भरोसा कवि–ता–प्रकाश ।३।साहित्यमा देख्दछु ‘घामपानी’
रम्थ्यौ सदा बालक–धर्म जानी
सौन्दर्य नेपाल बुझेर लेख्यौ
काव्यात्मको ज्योति समग्र पोख्यौ ।४।‘राजेश्वरी’ सुन्दर साधना हुन्
‘गौरी’ सबैकी मन–भावना हुन्
जहाँ छ खुल्ने करुणानुभूति
काव्यात्मका माधव धन्य मूर्ति ।५।अस्तित्वको खातिर लड्न सक्ने
अन्तर्यको गान गरेर हिँड्ने
यो राष्ट्रको वैभवमा रमायौ
आनन्दको नन्दन राग ल्यायौ ।६।
स्वतन्त्र काव्यामृतमा विशिष्ट
सम्मानको मान गुथ्यौ विचित्र
काव्यत्ममा भो गहिरो कुदाइ
हृत्केन्द्रमा बस्न सक्यौ सजाई ।७।
मुस्कान मिल्थ्यो मनमा सजाएँ
यो लेखनीमा शुभभाव ल्याएँ
अनन्त आस्था छरिँदा पवित्र
सुशान्त यात्रातिर भो सुचित्र ।८।
आस्था छ आनन्द गुरुत्व–आस्था
विस्तार छन् दृष्टि विचार आस्था
अनन्त आस्था छ अनन्त भाव
अनन्ततामा मिलूँ साथसाथ ।९।
अनेकमा एक स्वराभिधान
सर्वत्र पायौ परिपूर्ण मान
जीवन्त आस्था कविता विधान
श्रद्धा बिसाएँ कवि पूर्णतामा ।१०।
२०७७ असोज ४