मोहनराज खनाल बर्मेलीराज (चतुर्वेदी, बर्मेलीराज) १५ नोभेम्बर १९७६ सन् श्वेगू गोर्खा गाउँ कछिन प्रदेश म्यान्मा, सुपुत्र : यशोदा देवी खनाल र नरहरि खनाल) वर्मामा बसेर नेपाली भषा साहित्य सेवा गर्ने प्रतिभा हुन् । उनले संस्कृत साहित्यमा स्नातक गरेका छन् । उनी बर्माका नेपालीहरूको साझा संस्था अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक सङ्घ याँगौँ शाखाको धार्मिक विभाग प्रमुख, याँगौ युवा विभाग, श्रीरामजानकी मन्दिर समिति, विश्व नेपाली साहित्य संरक्षण, खनाल प्रज्ञा प्रतिष्ठान म्यान्मा जस्ता विविध संस्थाका विविध पदमा रहेर सामाजिक सेवा गरिरहेका सक्रिय सामाजिक अभियन्ता पनि हुन् । कोसेली त्रैमासिक पत्रिकामा “युवाको बल“ नामक लेख पहिलो पटक प्रकाशन गरी साहित्य जगत्मा सार्वजनिक भएका खनालका .सम्पूर्ण जन शान्ति यज्ञ विधि (संकलन), बिर्सन नसकेका पलहरू (कवितासङ्ग्रह), मेरोप्रतिबिम्ब (हाइकुसङ्ग्रह), मेरा अभियान (हिन्दी कवितासङ्ग्रह), चट्टानिलो मन (ताङ्कासङ्ग्रह), हृदयको झङ्कार (मुक्तकसङ्ग्रह२०७७), लकडाउनका तस्बिरहरू (२०७७) जस्ता कृतिहरू प्रकाशित छन् । उनले रामजानकी मन्दिर भजनमाला २००८) को सम्पादन गरेका छन् । उनले सम्पादन गरेका पत्रिका ( ज्योति पत्रिका, स्वेगू आदि पर्छन् । उनले विश्व नेपाली साहित्य महासंघ केन्द्रीय समितिको सदस्य सचिव, वि.ने.सा.महासंघ म्यान्मा शाखाको पूर्व महासचिव र वर्तमान वरिष्ठ उपाध्यक्ष, ,संस्कृत स्नातक महासंघ म्यान्माको प्रान्तीय संघ याँगौँको अध्यक्ष, कृसु पुस्तकालय तथा कृसु प्रज्ञा प्रतिष्ठान म्यान्माको संस्थापक.संरक्षक, अखिल म्यान्मा देशीय हिन्दू पण्डित पुजारी महा संघको सदस्य सचिव, अखिल ब्रह्म देशीय ब्राह्मण महा सभाको सदस्य सचिव जस्ता संस्थाका विभिन्न पदमा रहेर धार्मिक र सामाजिक सेवा पनि गरिरहेका छन् २००१ मा केन्द्रीय महासभाको साहित्य लेख प्रतियोगितामा तृतीय पुरस्कार प्राप्त गरेका यी प्रतिभाले गीता जयन्तिको उपलक्ष्यमा लेख प्रतियोगितामा प्रथम (२)पटक र तृतीय, नेपाल राष्ट्रिय शिवपुरी संदेश हात्तीगौंडाबाट साहित्य सम्मान,२०१२), नेपाली राजदूतावास म्यान्माको काव्य महोत्सवमा सम्मान(२०१२) नेपाल सरकार नागरिक उड्डुयनबाट भानु दुईसय वार्षिकी जयन्तीमा स्वर्णपदक सम्मान, नेपाली प्रज्ञा प्रतिष्ठान याँगौँ दुबसु साहित्य सम्मा (२०१७), याँगौं शाखा युवाविभाग बाट सम्मान, २०१४, नेपाल राष्ट्रिय सरकार द्रारा आयोजित हिमवत्खण्ड कलासाहित्य संस्थानबाट साहित्य सम्मान, अत्री वंशीय प्रतिष्ठानबाट सम्मान (२०१९) लगायत विभिन्न सम्मान पाएका छन् । साहित्यसागरको प्रस्तुत महाकवि देवकोटा जयन्ती शीर्षकको कविता समेटिएको छ ।
-सम्पा.
महान आत्मा भएर बाँच्यौ नेपाली मुटुमा
विज्ञान जति छरेर गयौ नेपाली मुटुमा
क्षण क्षण फुर्ने कविता काव्य बुद्धिको कुन ठाउँ?
बिहाजी आत्मा भएर जाग्यौ नेपाली मुटुमा ।
मुटुमा राखेँ मुना र मदन मानवता देखाउँछ
यात्री हो मान्छे मुहान खुल्दा मानवता देखाउँछ
जीवन बोक्रो खोक्रो छ भित्र सार वस्तुविहीन
काखीमा च्यापेँ मुना र मदन मानवता देखाउँछ।
सुन र हीरा जानेन मान्छे लागेन सत्यमा
गुन र गान जानेन मान्छे लागेन सत्यमा
सजिलो पाना खोलेर फर्की नहेर्ने पामर फूल
यो शिर मथि राखेन मान्छे लागेन सत्यमा।
हिमाली छायाँ नेपाली मनमा मायाँ र ममता
दिएर गयौ नेपाली जनमा मायाँ र ममता
कुन मनमा राखूँ अध्यात्म गैह्रो बुझ्नमा गाह्रो छ
नेपाली छाती नेपाली मनमा मायाँ र ममता ।
जन्मिन्छ मान्छे अनेक युगमा कीर्ति र अमर
्राखेर जान्छ अनेक युगमा कीर्ति र अमर
दैवको छोरो मान्छेको बच्चो मानिस छोडेर
यै लोक बस्छ अनेक युगमा कीर्ति र अमर ।