SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » नेपाली भाषाको मौलिकपनको खोजी : झर्रोवादी आन्दोलन
सम्पादकीय

नेपाली भाषाको मौलिकपनको खोजी : झर्रोवादी आन्दोलन

Sahitya SagarBy Sahitya SagarNovember 7, 2020No Comments8 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
नेपाली साहित्यमा भएका विभिन्न आन्दोलन र अभियानहरूमध्ये एक ‘झर्रोवाद’ हो । यो वाद आफ्नै विशिष्ट परिचयवाहक अर्थ वहन गर्ने ‘झर्रो’ र त्यस मौलिकतालाई नै अनुशरणको खास सिद्धान्त बुझाउने ‘वाद’ पदको योगबाट बनेको यौगिक पद हो । यो वाद नेपाली भाषाको इतिहासमा २०१२ सालमा बीजाधान भई ०१३ सालमा प्रकटमा आएको हो । यो नोपली भाषामा मौलिकीकरणलाई प्रोत्साहन गर्ने चिन्तन र आन्दोलन पनि हो । यस वादले भाषा र साहित्यका क्षेत्रमा झर्रा (मौलिक) र स्वदेशी स्रोतका  शब्दको प्रयोग गर्नुपर्छ भन्ने चिन्तन अगाडि सार्यो । यस चिन्तनले भाषाको प्रयोग र लेखन वा सिर्जन क्रियाबाट  विस्तारै भाषाको भण्डार थप्तै र विकास गर्दै लैजानुपर्छ भन्ने चिन्तनलाई प्रयोगमा ल्यायो । यसका अभियन्ताहरूले यसलाई झर्रोवादी आन्दोलनकै रूपमा चलाए । यस आन्दोलनका आन्दोलननकर्ता वा अगुवाइ गर्नेहरूमा बालकृष्ण पोखरेल , तारानाथ शर्मा, कोशराज रेग्मी, बल्लभमणि दहाल, चूडामणि रेग्मीलगायतको भूमिका देखिन्छ ।  यस आन्दोलनको घोषणा पत्र नौलो पाइलो द्वैमासिक पत्रिका नै हो । यस पत्रिकाका प्रधान सम्पादक  बालकृष्ण पोखरेल हुँदा उनैलाई यस आन्दोलनका मूल नेता मानिन्छ । यसको अगुवाका हिसाबले कसरी झर्रोवादी आन्दोलन आरम्भ भयो भन्ने जिज्ञासा राख्दा बालकृष्ण पोखरेलले दिएको जवाफ यस्तो थियो :
त्यो बेला भारतीयहरू नेपालीलाई अलग्गै भाषा नै मान्दैन थिए । यसलाई हिन्दीकै शाखा भन्थे । विद्यालयका साथीहरू पनि ‘नेपाली भाषा त हिन्दीजस्तै हो,’ भन्थे । उनीहरू नेपाली लेखकले लेखेका लेख, कविता पढेर सबै मिलेको दाबी गर्थे । तर म मान्दिन थिएँ । मेरो आफ्नै अडान थियो । एक दिन भारतीयहरूले भाषाको कक्षामै नेपाली भाषालाई हिन्दी भनिदिए । मलाई साह्रै चित्त दुख्यो । कैयौँ दिन निद्रा लागेन । त्यसपछि मैले निकै मिहिनेत गरेर गाउँ ठाउँका झर्रो शब्दहरू सङ्कलन गरेँ । अनि तर्क गरेँ, ‘लौ भन तिम्रो हिन्दी भाषामा छन् यी शब्दहरू ?’ उनीहरू गले । त्यो दिन जति खुसी मलाई आजसम्म लागेको छैन । मैले झर्रो नेपाली शब्दबारे अध्ययन थालेँ । बनारसबाट छापिने पत्रपत्रिकामा झर्रो नेपाली भाषाबारे लेख–रचना छापिन थाले । तारानाथ शर्मा, चूडामणि रेग्मी, कोषराज रेग्मीहरू झर्रो भाषाको विकास गर्न हौसिए । बालकृष्ण सम र सिद्धिचरण श्रेष्ठ पनि सर्मथक भए । झ्याउरे भाका प्रयोग गर्दा जातै जान्छ भनेझैँ गर्ने लेखनाथ पौड्याललाई पनि मैले हात जोडेर आफ्नो साहित्यमा झ्याउरे प्रयोग गर्न हौस्याएँ । त्यो बेला उनले  डाँफे चरीको विरहमा प्रशस्त झ्याउरे भाषा प्रयोग गरे । झर्रो आन्दोलनका सहयोगीमध्ये तारानाथ शर्मा अलि बढी उग्र थिए । कति ठाउँमा उनले विवादै ल्याइदिन्थे । सम्हाल्नको सास्ती हुन्थ्यो । हामीले नेपालमा त्यो बेला प्रकाशित हुने रूपरेखा पत्रिकामा झर्रो भाषामा स्तम्भ नै राखेका थियौँ । सम्पादक बालमुकुन्द पाण्डेले बसिबियाँलो स्तम्भ राखिदिएका थिए । 
पोखरेलको यस अभिव्यक्तिले झर्रोवादी आन्दोलनको अन्तर्य बुझ्न सघाउँछ । झर्रोवादी आन्दोलन नेपाली भाषाको इतिहासमा भाषाका शब्दभण्डारको मौलिक विकास गर्ने चेतनाबाट अभिप्रेरित छ । यसका विषयमा तारानाथ शर्मा र चूडामणि रेग्मीहरू निरन्तर बोलिरहेका छन् ।  यस आन्दोलनका अनुसार हामीले प्रयोग गर्ने शब्दहरूको मौलिकता हुनुपर्छ, आफ्नै मौलिक चिन्तनबाट नेपाली भाषालाई सम्पन्न तुल्याउनु पर्छ भन्ने चिन्तन अगाडि सारेकाले तत्कालीन अभियन्तालगायत आम भाषाका प्रयोक्तालाई यसले प्रभाव पार्न सफल भयो । यस आन्दोलनले  २०१० को दशकमा नेपाली भाषको प्रयोगमा विदेशमा पढ्न जाने र फर्किएर आएर विदेशी भाषा मिश्रित भाषाको प्रयोग गर्ने व्यक्तिहरूको विरोधमा नेपाली भाषाको नेपालीपन संरक्षणमा भूमिका निर्वाह गरेको थियो ।
नेपालमा शिक्षाको प्रयाप्त अवसर नहुँदा छिमेकी मुलुकमा गएर संस्कृत र हिन्दी वा अङ्ग्रेजी पढेर स्वदेश फर्केका भाषाका प्रयोकताले संस्कृतका जटिल तत्सम शब्द र हिन्दीका ठिमर शब्दका साथै अङ्ग्रेजी शब्दको प्रयोग गरिदिनाले नेपाली भाषाको शब्दभण्डारलाई र वाक्य गठनलाई पनि बिटुल्याउन लागेको थियो । यसले नेपाली भाषाको मौलिकपनमाथि प्रश्न उठ्ने स्थिति देखी मूलतः विदेशी भाषाको सोझो हस्तक्षेपकारी प्रभावलाई न्यूनीकरण गर्ने ध्येयले आफ्नो चिन्तनका साथ अभियान थालेको थियो । यस अभियानले नेपालीका झर्रा शब्दको र नेपाली किसिमका प्रत्यय तथा पूर्वसर्गको उपयोग गर्न आग्रह गरेको छ  ।
झर्रोवादले आन्दोलनको रूप लिएपछि यसले प्रभाव र प्रेरणाको रूप लिँदै धेरै मौलिक शब्दको सचेत प्रयोग हुँदै आएको देखिन्छ । मूलतः हिन्दी र संस्कृतका साथै अंशतः अङ्ग्रेजी भाषाको प्रभावले बिटुलिँदै, चिथोरिँदै र रङ्गिँदै गएको नेपाली भाषाको मौलिकपन जोगाउने प्रयत्नमा यो आन्दोलन देखा पर्यो ।​
झर्रोवादले आन्दोलनको रूप लिएपछि यसले प्रभाव र प्रेरणाको रूप लिँदै धेरै मौलिक शब्दको सचेत प्रयोग हुँदै आएको देखिन्छ । मूलतः हिन्दी र संस्कृतका साथै अंशतः अङ्ग्रेजी भाषाको प्रभावले बिटुलिँदै, चिथोरिँदै र रङ्गिँदै गएको नेपाली भाषाको मौलिकपन जोगाउने प्रयत्नमा यो आन्दोलन देखा पर्यो । भाषाको विकास र विस्तार गर्नुपर्ने तर  मौलिकता मर्न दिनुनहुने प्रयत्नमा यस आन्दोलनमा संलग्न प्रतिभामध्ये बालकृष्ण पोखरेल र तारानाथ शर्माले निकै विवेक र परिश्रमका साथ यस आन्दोलनलाई स्थापना र सर्वस्वीकार्य स्थितिमा पुर्याएका हुन् । नेपाली भाषाको भाषिक विशुद्धताका निम्ति आरम्भ भएको आन्दोलन हुँदा यस आन्दोलनलाई नेपाली भाषी लेखक र पाठकले स्वीकार गर्न उति गाह्रो थिएन ।
झर्रोवादी आन्दोलनका लागि नेपाली युवाहरूलाई केले प्रेरित गर्यो भन्ने जिज्ञासा राख्दा उक्त पोखरेलको चिन्तनसँगै विश्व सन्दर्भका केही प्रभाव विन्दुहरू फेला पर्छन् । यस सन्दर्भमा फ्रेन्च भाषाको प्रभावबाट अङ्ग्रेजीलाई मुक्त गर्ने उद्देश्यले पुनर्जागरण कालपूर्वको आङ्ग्रेजी भाषामा भएको प्युरिस्ट अभियान यसको मूल अभिप्रेरक पक्ष देखापर्छ । नेपाली अध्येताहरूले त्यस अभियान र यस अभियानको तुलनात्मक अध्ययन गर्न बाँकी रहे पनि यसको प्रभाव क्षेत्र अन्वेषणीय छ । नेपाली भाषाको प्रयोग शुद्ध हुनुपर्छ भनेर सिर्जना र अन्य अभिव्यक्तिमा पनि सचेत हुँदै आएका  कोश एवम् व्याकरणकार महानन्द सापकोटा, पुष्कर शमशेर, विपिनदेव ढुङ्गेल आदिको प्रभाव पनि यस आन्दोलनको अभिप्रेरक पक्ष देखिन्छ ।  यसरी आन्तरिक र बाह्य प्रभावले यस आन्दोलनलाई बढी गहन र सर्वग्राह्य बनाएको पक्ष स्मरणीय छ ।
झर्रोवादी  आन्दोलनका अभियन्ताहरूले सं स्कृत, हिन्दीलगायत अन्य विदेशी भाषाका शब्दका स्थानमा नेपाली भाषाका क्षेत्रीय भाषिका तथा उपभाषाका शब्दहरूलाई उपयोगमा ल्याउने प्रयत्न गरे । उनीहरूले सकेसम्म मौलिक स्रोतका शब्द पहिचान  र तिनको प्रयोग गर्ने प्रयास गरे । यस आन्दोलनले एक किसिम नेपाली भाषाको  मौलिकीकरण वा पुनरुद्धार गरेको मान्नुपर्छ ।  यसले नेपाली भाषाको सरल एवम् शुद्ध बनाउने प्रयत्नलाई पनि केन्द्रमा राखेको देखिन्छ ।  यद्यपि यस अभियानका घोषित कार्यक्रम र प्रयोगहरू त्यति धेरै चलेनन् । यसलाई प्रयोक्ताले आफ्नो लेखनमा छोटै अवधिमा आत्मसात् गरेका कारण र केही पत्रिकाहरूले यसलाई अनुशरण गरेका कारण झर्रोवादले आफ्नो प्रौढता प्राप्त गर्दै गएको देखिन्छ । यसको एक उदाहरण जूही पत्रिकालाई लिन सकिन्छ ।
झर्रोवादलाई तत्कालीन पत्रपत्रिकामध्ये नौलो पाइलो, युगज्ञान, फूलपाती आदिको भूमिका उल्लेख्य छ । युगज्ञान पत्रिकामा ‘भासेली सुरेली’ र ‘पुछारको पातो’  स्तम्भका रूपमा प्रकाशन हुन्थे । ती स्तम्भका सामग्रीले झर्रोवादी चिन्तन प्रवद्र्धनमा निकै सघाए । ती चिन्तनले नेपाली भाषाका प्रयोक्ताहरूलाई तत्सम र आगन्तुक शब्दको प्रयोगमा निकै सचेत पनि बनाए । यस पत्रिकाभित्र बालकृष्ण पोखरेल, तारानाथ शर्मा, चूडामणि रेग्मी, मोहनराज शर्मा आदि लेखकले भाषाको झर्रोपनको विकासका निम्ति लेख रचनाहरू प्रकाशित गरेको देखिन्छ ।  फूलपाती जस्ता पत्रिकाले यस अभियानलाई  सघाएको देखिन्छ । झर्रोवादी आन्दोलन नेपाली भाषासाहित्यका आन्दोलनका इतिहासमा भने  दार्जिलिङको भाषिक आन्दोलन र  हलन्त बहिष्कार आन्दोलनभन्दा सशक्त रहेको केही विद्वान्हरूको ठहर छ ।  यो आन्दोलन  आरम्भमा केही उग्र रूपमा देखा पर्यो । यसलाई भाषिक सिद्धान्तबाट विचलित आन्दोलनको आरोप पनि लाग्यो । यद्यपि यो नेपाली भाषाकै हित र मौलिक विकासमा समर्पित थियो ।
नेपाली भाषाको लेखन सुधारका र मौलिकीकरणका लागि आरम्भ भएको यो आन्दोलन नेपालबाहिरबाट आरम्भ भएको थियो । तत्काल बनारस बसेर पढ्ने विद्यार्थीहरू यसका मूल अभियन्ता थिए । यस आन्दोलनले आफ्नो भाषा विषयक चिन्ता स्वदेशमा रहँदा भन्दा विदेशमा पुगेपछि हुन्छ भन्ने पक्षलाई पनि सङ्केत गरेको छ । यो अवस्था आज पनि नेपालबाहिर छरिएर रहेका नेपाली भाषी दाजुभाइ,  दिदीबहिनीहरूले देखाइरहेका छन् । यो चिन्ताको आरम्भ सूधपादेखि भएको पक्ष पनि स्मरणीय छ ।
झर्रोवादी अभियानले नेपाली भाषामा आगन्तुक शब्दको प्रयोगलाई नियन्त्रण गर्नका साथै शब्दभण्डारमा आएका नयाँ नयाँ शब्दको उपस्थितिलाई नेपाली शैलीमै अनुकूलीकरण गर्ने काम पनि गर्यो । नव निर्मित र आगन्तुक शब्दहरूको उपस्थिति र तिनका स्वरूपको औपचारिक विधिको पनि प्रयोग गरियो । नेपाली भाषामा प्रयोगमा आउन लागेका शब्दहरूलाई नयाँ प्रत्यय विधान, तद्धित र कृत् प्रत्ययको स्वरूपलाई उपयोगमा ल्याउने प्रयत्न पनि भए । प्रयोक्ताले प्रयोगमा पचाइसकेका र आपसमा प्रिय बन्न थालेका शब्दको विरोध भने सफल भएन । अभियन्ताले स्थापना गरेका कतिपय शब्द प्रयोगमा प्रयोक्ताले स्वीकार गर्न सकेनन् ।  यस आन्दोलनले तद्धित प्रत्रियाबाट  उँधो+ औली =उँधौली, पुर्खा+ यौली = पुख्र्यौली,  पुस्ता +एनी=पुस्तेनी,  भारी+ औटे = भरौटे, पछि + औटे =पछौटे, सम्पादकं+ यौली=सम्पादक्यौली जस्ता पदलाई प्रयोगमा ल्याएका थिए । कृत्प्रत्ययअन्तर्गत  देख्+ आवटी=देखावटी, राख् + औटो =रखौटो  आदिको प्रयोग गरेका थिए । उनीहरूले यस्ता शब्दलाई तद्धितपुछ्रे र कृतपुछ्रे भनेका थिए । उनीहरूको एउटा मुद्दा नै संस्कृतबाटै हिन्दी इत्यादिसित नमिल्ने किसिमले शब्द निर्माण गरेर अभाव टार्नुथियो ।
झर्रोवादीहरूले शब्द भण्डारको व्यवस्थापन र तिनको स्रोतका आधारमा पनि भाषाको व्यवस्थित अध्ययनको प्रयत्न गरेका थिए । उनीहरूले जम्मा चारओटा स्रोत व्यवस्थापन गरेको सन्दर्भ आज पनि उपयुक्त देखिन्छ । ती चार ओटा स्रोत तत्सम, तद्भव, आगन्तुक र देशज हुन् ।  भाषाको परिवर्तन स्थानीय रूप, शब्दावली, उच्चारण विधिलगायतका स्थितिहरूबाट गर्ने प्रयत्नमा पनि यो आन्दोलन स्मरणीय छ । यस आन्दोलनले  भाषाको स्वभावमा परिवर्तन र विकास सँगसँगै गर्ने प्रयत्न गरेको पक्ष स्मरणीय छ ।
झर्रोवादी आन्दोलनकर्ताले नेपाली भाषा संस्कृतको सन्तति हो भन्ने पक्ष नै भुलेर तत्सम विरोधी चिन्तनबाट प्रेरित आन्दोलनको आरोप खेप्नु पर्यो । यसलाई साहित्यमा पाखेपन ल्याउने आन्दोलन भन्ने आरोप पनि लाग्यो । तत्सम शब्दका स्थानमा प्रस्ताव र प्रयोग गरिएका शब्दहरू तत्कालीन अग्रज र प्रयोक्ताबाट आलोच्य पनि बने । यस अभियानले अपेक्षा गरेको सरलता झर्रा शब्दको प्रयोगका नाममा अझ क्लिष्ट हुने खतरा पनि देखियो । यस अभियानका यस्ता केही  कमजोरी एवम् आलोच्य पक्ष रहेर पनि २०१३ पछिका नेपाली लेखकहरूलाई शुद्ध र मौलिक लेखनका निम्ति प्रोत्साहित गरिरह्यो । यस आन्दोलनपछि नेपाली साहित्य सिर्जनामा झर्रा शब्दहरू पर्याप्त प्रयोग हुन थाले  । यसले भाषा विज्ञानका क्षेत्रमा नाके ओडार, कण्ठपेटारो, गलजिब्रो, हाब्रोजस्ता शब्दहरू, साहित्यमा सम्पादक्यौली, लेखक्यौली, छेकछन्द, कुर्लनु, झल्किनुजस्ता थुप्रै शब्दहरू प्रदान गर्यो ।  एक किसिम उग्र पनि लाग्ने यस आन्दोलनले नेपाली भाषाको मौलिक प्रयोग र प्रचलनमा विशेष योगदान पुर्याएको पक्ष स्मरणीय छ  । (सम्पादक)
  • Sahitya Sagar
    Sahitya Sagar
maninepali
maninepali
Post Views: 750
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

हाम्रो पुरुषार्थको पुरुषार्थ

February 5, 2024

साहित्यमा बहुलताको अवधारणा र चुतौति

January 28, 2024

प्राचीन नेपाली नाट्य सिर्जन प्रदर्शन परम्परा

January 18, 2024

स्मृति विम्बमा प्रतिविम्बित भारतीय नेपाली साहित्यका रत्नहरू 

January 9, 2024

युवा पुस्तामा मडारिएको निराशाको तुवाँलो

December 26, 2023

नमः सभाभ्यः सभापतिभ्यश्य

December 7, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.