उषा शेरचन नेपाली साहित्यमा सुपरिचित प्रतिभा हुन् । उनको कलम कविता र त्यसमा पनि गीत र मुक्तक विधामा जमेको छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा शेरचनको ‘एउटा केही अुरो बात’ बोलको रचना रहेको छ । यस रचनाले आफन्तसँगको बात र भेट बाँकी नै रहेको पक्षलाई उजागर गरेको छ ।
-सम्पा. |
केही अपुरो बात बाँकी नै छ
केही अधुरो रात बाँकी नै छ.
तिमीलाई जानै नदिइ रोकेँ मैले
जानिन गल्ती गरेँ की सही गरेँ मैले
केही अधुरो खात बाँकी नै छ
केही अपुरो बात बाँकी नै छ
आज फेरि बहाना नयाँ पाएँ मैले
तिमीलाई सताउने कसम खाएँ मैले
केही अधुरो मात बाँकी नै छ
केही अपुरो बात बाँकी नै छ !