बाबुराम बत्स सिर्जना र सङ्गठनका बहुआयामबाट साहित्यसेवा गरिरहेका प्रतिभा हुन् । उनको कलम कविता गीत गजल र हाइकु बिधामा जमेको देखिन्छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनका तीन वटा हाइकु रचना समेटिएका छन् । यी रचनाले जीवनका चाहना, संघर्ष र प्रेम विषयक अभिव्यक्ति दिएका छन् । -सम्पा. |
१.
अनन्त प्यास
भोगवादी चिन्तन
अदृश्य हुरी।
२.
जीवन बोध
सङ्घर्षको पहाड
अमूर्त अन्त्य।
३.
प्रेम कहानी
स्पर्शको अनुभूति
आगो र पानी।