विपिन अगस्थि नेपाली साहित्यमा निरन्तर कलम चलाइरहेका प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका विभिन्न अंकमा समेटिइसकेको छ । यहाँ उनको ‘थोको थियो’ बोलको गजल चना समेटिएको छ । यसले प्रेमको संयोगात्मक अपेक्षाको भाव अभिव्यक्त गरेको छ । -सम्पा. |
धोको थियो मनको भारी बिसाउने तिमीसँग;
बोल्दैनौ त भेटहुँदा १ रिसायौ कि मसँग ?
ढकमक्क फुलेकिछ्यौ वसन्तको वनैसरि;
कहिले चोर्यौ गालाभरि गुराँसको रङ्ग ?
स्वर्गबाटै ओर्लियौ कि अप्सराको रुप लिई ?
पार्छ्यौ कि त तपस्या यो नजरैले भङ्ग !
गाजलु ती नयनमा मदिरा छ छल्किएको स
परेलीले बोल्न खोजे जस्तो देख्छु ढङ्ग !
हिजोभन्दा आज राम्री तिमी किन यस्ती भयौ
अरुभन्दा भिन्नै कुरा के छ के छ तिमीसंग ?