SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » सुश्री पारिजात
सम्पादकीय

सुश्री पारिजात

Sahitya SagarBy Sahitya SagarJune 16, 2023Updated:June 20, 2023No Comments9 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

व्यक्तिकेन्द्रित कृतिहरू नेपाली बजारमा प्रशस्त छन् । त्यस्ता कृति शोधपरक पनि छन्, सिर्जनात्मक पनि छन् । अनुसन्धान र जीवनी सिर्जना लेखनका दृष्टिले भिन्न तर सहसम्बन्धित विषय हुन् । जीवनीपरक समीक्षाले लेखकलाई बाहिर राखेर समीक्षा गर्न सकिँदैन भन्छ । संरचनावादीहरू कृति बुझ्न र त्यसमाथि लेख्न लेखक चाहिँदैन भन्छन् । उनीहरू लेखकको जीवनी र पृष्ठभूमिगत सन्दर्भको पनि आवश्यकता देख्दैनन् । जीवनीपरक समीक्षकहरू लेखकलाई पर राखेर उसका सिर्जना बुझ्न नसकिने तर्क गर्छन् । नेपाली साहित्य जगत्‌मा विशिष्ट आख्यानकारका रूपमा सुपरिचित स्रष्टा पारिजातको जीवनीमा आधारित सुश्री पारिजात (२०७९) कृति प्रकाशन भएको छ । यो कृति साहित्यकार गोविन्द गिरी प्रेरणाले सिर्जना र अनुसन्धानका बिच पाटाबाट लेखेका छन् । यसको लेखकीयबाट यो कृति गिरीको भगीरथ प्रयत्नपछि मात्र प्रकाशन सम्भव भएको हो भन्ने थाहा हुन्छ ।

सुश्री पारिजात कृतिकी नायिका साहित्यकार पारिजात हुन् । यसका लेखक गोविन्द गिरी प्रेरणा हुन् । प्रेरणालाई यो कृति रचना गर्ने प्रेरणा कहाँबाट मिल्यो ? यो पनि जीवनीपरक अध्ययनको एउटा चासोको विषय हो । सूक्ष्म दृष्टिले हेर्दा २०३० को दशकमा पारिजात नेपालकी चर्चित साहित्यकार बनिसकेकी थिइन् । त्यसबेला यस कृतिका लेखक प्रेरणा नेपाली साहित्यमा निकै सक्रियतापूर्वक लागिरहेका थिए । सम्भवत : तत्काल पारिजातको चर्चा चलेको र उनको कलम निरन्तर चलेको देखेर लेखकका मनमा उनका बारे केही लेखूँ लागेको थियो । त्यसपछि उनले सामग्री भेला पार्दै चासो लिँदै जाँदा पारिजातको जीवनकथामा आधाररित यो कृति तयार भयो । लामो तयारीबाट कृति आएको आत्मस्वीकृति लेखकको छ ।

कुनै समय पारिजात आफ्नो महत्त्वपूर्ण कृति शिरिषको फूलका माध्यमबाट चर्चामा थिइन् । उनी यही कृतिबाट चर्चामा आइन्, मदन पुरस्कार पाइन्, स्थापित भइन् । समयक्रममा उनीभित्र जागृत वैचारिक परिवर्तनबाट थप चर्चित र विवादित पनि भइन् । त्यसै समयदेखि लेखक पारिजातको प्रतिभाबाट बढी प्रभावित भएको लेखकको आत्मस्वीकृति छ । यस कृतिमा गिरीको पारिजातसँगको पहिलो भेट, अन्तर्वार्तासन्दर्भलगायत विविध सन्दर्भलाई समेटिएको छ ।

सुश्री पारिजात कृतिमा विभिन्न व्यक्तिसँगका अन्तर्वार्तालाई सन्दर्भका रूपमा लिइएको छ । पारिजातकी बहिनी सुकन्या, पारिजातकी निकट साथी दया सिंह, विन्द्या सुब्बा, परशु प्रधान, डा. ध्रुवचन्द्र गौतम, ध्रुव सापकोटा आदि कृतिका सन्दर्भ स्रोत बनेका छन् । उनीहरूसँगका अन्तर्वार्तालाई सन्दर्भका रूपमा लिई कृतिमा प्रमाण जुटाइएको छ । अनुसन्धानका शैलीमा थुप्रै पुस्तक, लेख, समाचार र अन्तर्वार्ताहरूलाई पनि समेटिएको छ । यस आधारमा पारिजातमाथि लेखिएको यो जीवनी कृति बढी विश्वसनीय र पठनीय पनि बनेको छ ।

नेपालीका साथै अन्य साहित्यको पनि जीवनी लेखनको परम्परालाई हेर्दा प्राय : जीवनीकारले दिवङ्गत भइसकेका व्यक्तिहरू छनोट गरिरहेका हुन्छन् । त्यस्ता जीवनीमा नायकका जीवनका प्राय : सबल पाटाहरू मात्र उजागर गर्छन् । दुर्बल पाटा उदृत गर्नु परिहाले पनि त्यो त्यति खतरा हुँदैन । जीवित पात्रको जीवनी लेख्दा दुर्बल पक्षलाई लेख्न कठिन हुन्छ । यस विषयमा सम र समका कृति (२०२९) लेखनका क्रममा अभिव्यक्त तरानाथ शर्माको लेखकीय विचार उल्लेख्य छ । उनले त्यसैबेला जीवित व्यक्तिमाथि जीवनीपरक कलम चलाउन कठिन हुने कुरा बताएका थिए । यस कृतिका रचना क्रममा शर्मालाई परे जस्तो अफ्ठ्यारो गिरीलाई परेको छैन । उनले कृतिमा पारिजातका जीवनका सबल र दुर्बल दुबै पाटालाई सन्तुलित रूपमा समेट्न सकेका छन् । जीवनी लेख्दा जीवनी नायक पारिजातका जीवनका राम्रा नराम्रा सबै पाटाहरू उजागर हुन् भन्ने मान्यता गिरीले राखेका छन् । त्यसो हुँदा हुँदै पनि यो जीवनीकृति गुणग्राही जीवनी नै हो ।

वास्तवमा हरेक जीवनीका नायक आम मान्छे जस्तै मान्छे हुन् । उनीहरूमा पनि अरू मानिसमा जस्तै प्राकृतिक कमीकमजोरी हुन्छन् । केही न केही कमीकमजोरीविना मान्छेले आफूलाई सुधार गर्न र विकास गर्न सक्तैन । जीवनी नायकका कमजोरी लुकाएर लेख्दैमा उसको चरित्र एकाएक महान् हुने होइन । एक किसिमको चरित्रको सफलतापछि जीवनी लेखिन्छ । सरसरती हेर्दा आम सफल मानिसका जीवनी उतार-चढावपूर्ण छन् । तिनका जीवनी पढ्दा केही न केही कमजोरीसहित सफल हुँदै गएको इतिहास छ । यस दृष्टिले पारिजातको सफलता खोजीमा गिरी सफल बनेका छन् । उनले पारिजातलाई कमजोरीसहितकी नायिकाका रूपमा उभ्याएका छन् ।

नेपाली साहित्य जगत्‌मा पारिजातको जन्ममिति विवादमै थियो । उनका दुईभन्दा बढी जन्ममिति प्रयोगमा थिए र छन् । सुश्री पारिजात कृतिमा ‘पुर्ख्यौली र बाल्यकाल’ अन्तर्गत वास्तविक जन्ममितिको निर्क्यौल गरिएको छ । यसमा पारिजतका विषयमै विद्यावारिधि कृष्णप्रसाद घिमिरेको सन्दर्भलाई आधिकारिक सन्दर्भ मानिएको छ । औपचारिक अध्ययनलाई स्वीकार गर्नु अनुसन्धानको र बौद्धिक सिर्जन परम्पराको धर्म पनि हो । घिमिरेका सन्दर्भअनुसार १९९० फागुन ३० अर्थात् १३ मार्च १९३४ का दिन पारिजातको जन्म भएको ठहर गरिएको छ । कुनै अन्तर्वार्तामा कृष्णप्रसाद घिमिरेले दार्जिलिङ गएर पारिजात पहिलोपटक स्कुलमा भर्ना हुँदा उल्लेख गरेको जन्ममितिलाई लिएको आत्मस्वीकृति दिएका थिए । अब अर्को आधार जन्मकुण्डली भए त्यो हुन सक्ने नभए यही हुने गिरीको ठहर छ ।

प्रस्तुत कृतिमा पारिजातको जीवनकथालाई विषयअनुरूपका उपशीर्षकहरूमा समेटिएको छ । ठुलो विषयलाई खण्डित गरेर प्रस्तुत गर्दा सङ्कथन पाठकमैत्री हुन्छ भन्ने कुरामा गिरी सचेत छन् । यसले कृतिलाई निबन्धात्मक, आख्यानात्मक शैलीमा रोचक बनाएको छ । विषयको पूर्णताका दृष्टिले हरेक शीर्षकलाई पठनीय र त्यत्तिकै मूल्यवान् विषय पनि बनाएको छ ।

सुश्री पारिजात कृतिका शीर्षकमध्ये ‘दार्जीलिङ : छेकुडोल्मादेखि विष्णुकुमारी बाइवा’ उपशीर्षकलाई नमुना मान्न सकिन्छ । यस उपशीर्षकमा पारिजातको ‘पहिलो कविता’, ‘चुरोटको लत’ देखि ‘पहिलो प्रेम’ सम्मका घटनालाई शृङ्खलित गरिएको छ । यहाँ समेटिएका एउटा पाठले थप अर्को पाठ पढ्नलाई अभिप्रेरित गरेका छन् । अर्को उपशीर्षक ‘काठमाडौंका सुरुवाती दिन’ मा पारिजातको काठमाडौं आगमनका प्रारम्भिक दिनहरूदेखि ‘प्रेमीको बिहेको निम्तो’ सम्मका प्रशङ्गहरू समेटिएको छ । यी शीर्षकका सामग्री पढिरहँदा जीवनी भन्दा बढी आख्यानको स्वाद आउँछ । यो लेखकको कलमको सिद्धिको प्रभाव पनि हो । उनी आफैमा विशिष्ट आख्यानकार हुन् ।

प्रस्तुत कृतिका कतिपय शीर्षक कवितात्मक लाग्छन् । ‘जीवन सङ्घर्ष र पराश्रयबाट स्वआश्रयतिर’, अस्वीकारको ठक्कर, डेरा : एउटा साहित्यिक चौतारी, जहाँ पारिजात त्यहाँ साहित्यिक जमघट, शीर्षक त्यस्तै शीर्षक हुन् । यसमा पारिजातका ‘आर्थिक सङ्कटका दिन’हरू देखि शिरिषको फूलको प्रकाशन, पारिजातबाटै पुस्तक प्रकाशनमा रोकेको घटना आदि समेटिएका छन् । यहाँ ‘पारिजात–शङ्कर’ सम्बन्धका विभिन्न पक्षलाई पनि आख्यानात्मक शैलीमा प्रस्तुत गरिएको छ । यो सम्बन्धको शृङ्खला अन्य विभिन्न समकालीन चर्चित साहित्यकारहरू भूपि, गोपालप्रसाद रिमाल, देवकोटा, इन्द्रबहादुर राई, ईश्वर वल्लभ, बैरागी काइँला, सुकन्या, चूडामणि हुँदै दृष्य–अदृष्य सहयोगीसँग जोडिएको छ । ‘राल्फा युग र पारिजात’ यस कृतिको एक महत्त्वपूर्ण इतिहासचेतसहितको जीवनी अंश हो । पारिजाको ‘कथायात्रा’ ले पारिजातको कथायात्रालाई बुझ्न सघाएको छ । ‘आरोप’, ‘प्रगतिवादी लेखन’, ‘पारिजात र राजनीति’, ‘सम्पादन, अनुवाद र स्तम्भलेखन’ जस्ता ससाना शीर्षकले पारिजातका जीवनका खास खास घटना र उनका सिर्जनाका बहुआयामलाई देखाएको छ । उनको राजनीतिक चेतना र सामाजिक चेतनालाई पनि समेटेको छ । वास्तवमा पारिजात स्रष्टा मात्र थिइनन् द्रष्टा, अनुवादक र समीक्षक पनि थिइन् र सङ्गठक पनि थिइन् भन्ने पक्षलाई समेटिएको छ । यस्तै ससाना शीर्षकमा पारिजातका जीवनका सङ्घर्ष र ससाना सफलताका सूत्रहरू खोजी गरिएको छ । जीवन आरोहअवरोहको यात्राबाट खारिँदै सफल बन्छ भन्ने पक्षलाई देखाइएको छ । यस कृतिमा समेटिएका चिठीपत्र, छद्मनामहरू, धार्मिक आस्था, पारिजात पनि रुन्थिन्, रङ्गमञ्च र नाट्य लेखन जस्ता उपशीर्षकले पारिजातका बहुआयाम र सिर्जनाका कोणबाट कृतिका लेखक गिरीको जाँगरलाई प्रष्टसँग देखाउँछन् । यहाँ पारिजातका जीवनका घामपानीका अनेक पक्षहरू देखिन्छन् । ती पक्षसँगसँगै लेखकको जाँगर पनि उज्यालो बनेर खुलेको छ ।

प्रस्तुत कृतिले जीवनी नायिकाको आनिवानीलाई निकै महत्त्वसाथ प्रस्तुत गरेको छ । ‘आनीबानी’ शीर्षकमा ‘चुरोट, रक्सी, प्रेम र यौन’ सँग पारिजातको सम्बन्धको उजागर गरिएको छ । अध्ययनको शैली, लेखनीका छद्नामहरू, धार्मिक आस्था, चलचित्र लेखनको अधुरो सपना जस्ता पक्षलाई पनि क्रमश : एकपछि अर्को शीर्षकलाई पढौँ पढौँ लाग्ने गरी रोचक तर तथ्यपूर्ण रूपमा प्रस्तुत गरिएको छ । यो गिरीको लेखन कौशल हो ।

लेखकको सर्जक व्यक्तित्वले अन्वेषक व्यक्तित्वलाई प्राय : पेल्दै ल्याएको अनुभूति हुन्छ । यहाँ समेटिएका कतिपय विषयवस्तु यथार्थभन्दा पनि लोककथा जस्ता लाग्छन् । सूक्ष्म दृष्टिले हेर्दा तिनलाई लेखकले याथार्थपरक ढङ्गले प्रस्तुत गर्न अधिकतम प्रयास गरेका छन् । यहाँ समेटिएका मध्ये ‘पारिजातको साहित्यिक दृष्टि’ शीर्षकको सामग्रीले पारिजातको समीक्षात्मक चेत अगाडि सारेको छ । पारिजातको ‘विविध संलग्नता’ शीर्षकको सामग्रीले पारिजातको साङ्गठनिक चेतना र सामाजिक एवम् मानवीय चेतनालाई देखाएको छ । यी वस्तुगत विषयका क्षेत्र भए पनि तिनको प्रस्तुतिशैली रोचक छ । लेखकले रोचक बनाउन आख्यानको शैली मात्र लिएका छैनन् विषयअनुरूपको गहनता पनि त्यत्तिकै छ । पारिजातसम्बन्धी प्रकाशित सबै पूर्वकार्यको उपयोग प्रयास र अरूण उप्रेतीदेखि सुमन मास्केसम्म (वर्णानुक्रममा) ५४ जना पारिजातका विषयमा जानकार र विशेषज्ञसँगको अन्तर्वार्तालाई समेट्नुले कृतिलाई गहन बनाएको छ । यस कृतिले पारिजातको अध्ययन, सरसङ्गतबाट विकसित कम्युनिस्ट राजनीतिक पक्षधरताका साथै पारिजातका लेखनीका विविध आयामहरूको पहिचान, अङ्कन र सूक्ष्म मूल्यनिर्णयमा लेखक निकै सफल देखिन्छन् ।

प्रस्तुत कृतिको अन्तिम उपशीर्षक हो– चिरनिद्रामा । यस उपशीर्षकमा पारिजातका जीवनका उत्तरार्द्धका दिनचर्या र निराशा एवम् सूक्ष्म आशाका विविध पक्षलाई समेटिएको छ । नेपाली नागरिकता नहुँदा उपचारका लागि विदेश जान पासपोर्ट बनाउनु पर्दाको सङ्घर्ष निकै मन छुने गरी प्रस्तुत गरिएको छ । पारिजातले पासपोर्टमा ल्याप्चे लगाएको प्रशङ्ग तथा पारिजातका अन्तिम इच्छाहरूको उल्लेख पनि निकै संवेदनशील ढङ्गले प्रस्तुत गरिएको छ । यो पाठ पढिरहँदा जोकोही पाठकको मन संवेदनशील बन्छ ।

जीवनी जन्मदेखि मृत्युसम्मको कथा हो । यस कथाका पृष्ठभूमिमा जीवनपूर्वको परिवेश पनि आउँछ र उत्तरार्द्धमा मृत्युपछिका नायकका जीवनसँग जोडिएका घटना पनि आउँछन् । आज भानुभक्तको जीवनी लेख्दा विश्वका विभिन्न कुनामा उनका तीन सय अधिक सालिक बनेका छन् भन्नु स्वाभाविक हुन्छ । देवकोटाको जीवनी लेख्दा सयौँ विद्यालय र महाविद्यालयहरू उनका नाममा खुलेका छन् भन्नु स्वाभाविक हुन्छ । त्यस्तै स्वाभाविक लाग्ने गरी पारिजातको मृत्युपछिका घटनाहरूलाई पनि यस जीवनी ग्रन्थमा समेटिएको छ । जीवनलाई जन्मको पृष्ठभूमिदेखि मृत्युपर्यन्तसम्म तन्काइएको छ । कृतिको परिशिष्टका रूपमा केही तस्बिरहरू समेटिएका छन् । तिनले पनि पारिजातको जीवनचरित्र प्रस्तुत गरिरहेका छन् । मृत्युपछिका घटनाहरूमा पारिजातका अन्तिम इच्छाहरूलाई यसरी प्रस्तुत गरिएको छ :

  • मरेपछि एकेडेमीमा नलैजानू,
  • आफ्नो अन्त्येष्टि स्व्यम्भूमा गर्नू,
  • शवमा हरियो सल ओढाइदिनू,
  • सिरानीमा लेलिनको फोटो राखिदिनू
  • सकिन्छ भने शरीरलाई महिलाले पनि बोक्नू ।

यी पारिजातका अन्तिम इच्छाको जनाकरी पाउनु पारिजातका जीवनीका पाठकको नैसर्गिक अधिकार हो । यो अधिकारलाई पनि लेखकले सुरक्षित गरेका छन् । यी इच्छापत्रका बुँदाहरूले समाज र राज्यलाई पनि केही सिकाएका छन् । नेपाली प्राज्ञिक जगत्लाई पारिजात प्राज्ञ नभएको गुनासो सधैँ रहिरहने छ । नेपाली शासकलाई पारिजातलाई नागरिकता नदिएको दाग सधैँ लागिरहनेछ । महिलाले लाश बोक्नु भन्ने चेतना उनको अग्रगामी चेतना हो । स्यम्भूमा अन्त्यष्टि उनको जन्मदेखिको धार्मिक सांस्कृतिक आस्था हो । लेलिनको तस्बिर उनको विद्रोही चेतनाको प्रतिविम्बन हो । लाशमा हरियो सल उनको शान्तिप्रिय चेतना हो । यहाँ उनको जीवनदर्शन प्रतिविम्बत छ ।

लेखक बितेको दशकौँपछि यति विधि सामग्री समेटिएको जीवनी कृति सार्वजनिक हुनु नेपाली साहित्यका लागि एउटा खुसीको कुरा हो । पारिजातका आत्मकथा, अन्तर्वाता र निकट सम्बन्ध रहेका व्यक्तिका विचार अनि अनुभवसमेतका आधारमा सिर्जना गरिएको हुँदा यो कृति सिर्जना हुँदाहुँदै वैज्ञानिक कृति पनि बनेको छ । पारिजातको जीवन पनि वैज्ञानिक पद्धतिमा सफल बनेको छ । यहाँ समेटिएका पाठमध्ये प्रेमीको बिहेको निम्तो पाठले यस कुरालाई देखाउँछ । पारिजातले व्यक्तिगत स्वतन्त्रताका लागि विवाह नगरेको पक्ष पनि छ र धोकाधडीका पक्ष पनि उत्तिकै समेटिएर आएका छन् । यी दुवै पक्षको प्रस्तुति वैज्ञानिक लाग्छन् । समग्रमा हेर्दा अनुसन्धानका दृष्टिले सन्दर्भहरूको आफ्नै पाराको प्रयोग, शीर्षकीकरण, खण्डका शीर्षकीकरण र अन्य कतिपय खड्कने कुराहरू कृतिमा नभएका होइनन् तर यसको अनुक्रमणिका, विषयवस्तुको संयोजन, परिच्छेद वा खण्ड योजना आदिले यस कृतिलाई अनुसन्धानकै तहमा प्रस्तुत गरेको छ । अनुसन्धान र सिर्जनाका सन्तुलित प्रतिशतका बिचबाट सिर्जित जीवनीकृतिका दृष्टिले, नित्यराज पाण्डेको महाकवि देवकोटा (२०१७), चूडामणि बन्धुको देवकोटा (२०३६), नरेन्द्रराज प्रसाईको देवकोटाको जीवनशैली (२०६६), रमेश शुभेच्छुको राजेन्द्र सुवेदीका आयाम (२०७२) जस्तै सुश्री पारिजात कृति नेपाली साहित्य जगत्‌को महत्त्वपूर्ण प्राप्ति हो । यसरी अनुसन्धान र सिर्जनाको शैलीको संयोजन गर्ने कला पनि विशेष कला हो ।

सुश्री पारिजात कृति एक किसिम पूर्ण रूपमा पारिजातलाई जान्न र बुझ्न सघाउने कृति बनेर आएको छ । सुश्री पारिजातलाई नेपाली साहित्य जगत्‌मा स्वागत छ । यसका लेखक गोविन्द गिरी प्रेरणालाई बधाई । यस कृतिकी नायिका पारिजातलाई सलाम !

डा. रमेश शुभेच्छु
(सम्पादक)

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 396
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

हाम्रो पुरुषार्थको पुरुषार्थ

February 5, 2024

साहित्यमा बहुलताको अवधारणा र चुतौति

January 28, 2024

प्राचीन नेपाली नाट्य सिर्जन प्रदर्शन परम्परा

January 18, 2024

स्मृति विम्बमा प्रतिविम्बित भारतीय नेपाली साहित्यका रत्नहरू 

January 9, 2024

युवा पुस्तामा मडारिएको निराशाको तुवाँलो

December 26, 2023

नमः सभाभ्यः सभापतिभ्यश्य

December 7, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.