लीलाराज दाहाल वर्तमान पुस्ताका निकै सक्रिय स्रष्टा हुन् । उनका लघुकथा, मुक्तक र गजलहरू पत्रपत्रिकामा प्रशस्त पढ्न पाइन्छ । साहित्यसागरमा उनको परिचय समेटिइसकेकाले यहाँ सारभूत परिचयसहित उनको गजल रचना समेटिएको छ । रोगी समय बोलको यस रचनाले आजका विकृत पक्षहरू र तिनले उगाडि सारेका समस्यालाई समेटेकोे छ । -सम्पा. |
अचेल यो रोगी समयले चित्कार गर्दैछ
फूलले नि आज काँडालाई बलत्कार गर्दैछ !
उनलाई भेटूँ भेटूँ लाग्न छोड्यो अचेल त
अब भने यो औषधिले चमत्कार गर्दैछ !
कसरी होला बाँच्ने अब ? सोच्दैछु म अझै
पुलिस अचेल चोर डाकालाई नमस्कार गर्दैछ !
अभाव र महङ्गीको यो अँध्यारो शासनमा
तस्करले पो इमान्दारलाई दुत्कार गर्दैछ !
वागमती ११, कर्मैया , सर्लाही