आकाश अधिकारी युवा पुस्ताका सक्रिय गीतकार, जगलकार र नाटककार हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको सारभूत परिचयसहित ‘खोरियाको माया लाग्छ’ शीर्षकको गीतिरचना समेटिएको छ । यस रचनाले ग्रामीण परिवेशको जीवन्त सम्झनालाई समेटेको छ । गाउँका समस्या पनि गाउँको सम्झनासँगै मिसिएर अभिव्यक्त हुनु यस गीतिरिचनाको सामथ्र्य हो ।
-सम्पा. |
खोरियाको माया लाग्छ न पाखाको माया
जहाँ जान्छु पच्छ्याउँछन् वर पीपलको माया
खोरियाको…………… !
गाई बाख्रा चराउथ्यौँ बाल्यकालमा खर्कतिर !
अझैसम्म मन,मस्तिष्कमा गुराँस फूल्ने भीर !
टारिखेतको सम्झना छ घाँस परालको माया !
सहर बजार जता डुल्छु भेट्छु गाँउकै माया !
खोरियाको ……………!!
मेलापात गर्दै हिड्थिन् वृधा भाकी आमा !
ओछ्ययानमै थलिएछन् दमको रोगले बाबा !
सम्झनाले छाती पोल्छ सबको लाग्छ माया !
पसिनाको खोलो बग्छ देख्छु साहुको छाया !
खोरियाको…….!
तनहुँ, नेपाल