गाई मारी गधा पोस्ने हामीसँगै छन् नि
खान लाग्दा गाँस खोस्ने हामीसँगै छन् नि !
बलेको त्यो आगोमाथि पानी खन्याएर
निभेको अगुल्टो ठोस्ने हामीसँगै छन् नि !
बाँचुञ्जेल पराई ठानी तिरष्कार गरे पनि
मर्दा रुँदै आगो झोस्ने हामीसँगै छन् नि !
कसरी ती निमुखाले न्याय पाउलान् हरे
श्रम, सीप, रगत सोस्ने हामीसँगै छन् नि !
-वागमती ,सर्लाही