पारसनाथ आचार्य (इन्द्रावती ५,धुसेनी सिन्धुपाल्चोक) युवा पुस्ताका उल्लेख्य प्रतिभा हुन् । उनी शास्त्रीय लयमा राम्रा कविता सिर्जना गर्न सक्छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको कहाँ दुष्टलाई बोलको गजल समेटिएको छ ।
-सम्पा. |
कहाँ दुष्टलाई सकूँ चुन्नलाई
धुँदैमा गधा खै कतै हुन्न गाई ।
सकेसम्म खप्थेँ बढेको छ तिर्खा
कहाँ मिल्छ पानी पँधेरो सुकाई ।
जता स्वार्थ मिल्ने त्यतै जान्छ मान्छे
बुझौं मौनतामा छ आँखा जुधाई ।
रसाएर आँखा कहाँ सिन्धु बन्छ
निभाएर आगो खरानी तताई ।
सधैं चल्नु पर्ने छ अस्तित्व जस्को
कहाँ सूर्य घुम्ला र यात्रा घटाई ।
इन्द्रावती ५, धुसेनी सिन्धुपाल्चोक