नरेन्द्रराज प्रसाईं नेपाली साहित्यमा बहुमुखी ढङ्गले समर्पित प्रतिभा हुन् । उनी जीवनीकार, निबन्धकारका साथै राम्रा गीतकार हुन् । उनको परिचय साहित्यसागरमा पहिला नै समेटिइसकेको छ । यहाँ उनको सारभूत परिचय सहित उनको एउटा गीतिरचना समेटिएको छ । यस गीतिरचनाले सांस्कृतिक सहर भक्तपुरलाई विषय र विम्ब बनाएको छ । -सम्पा. |
सुरक्षाको ओत दिने धर्ती भयो भक्तपुर
देशभक्तिको पाठशाला भयो भक्तपुर !
जहाँ इमानले भरिएका मजदुर छन्
जहाँ अहोरात्र खट्ने किसान छन्
देशको सग्लो नमुना नै भयो भक्तपुर
मिलिजुलीको जनबस्ती रह्यो भक्तपुर !
जीवन बाँच्ने कलाको ठाउँ चाहिन्छ
नैतिक सिद्धान्त पढ्न यहीँ पाइन्छ
विकास खोज्नु परे पनि भक्तपुर
प्रगतिशीलको स्थाई थलो भक्तपुर !