कृष्णहरि बराल नेपाली साहित्यका सिर्जना र समीक्षा दुवै क्षेत्रमा उत्तिकै सक्रिय प्रतिभा हुन् । उनी मूलतः गीतकार र समीक्षकका रूपमा सुपरिचित छन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा विभिन्न सन्दर्भमा भइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको एउटा फूलको सामु हारेँ बोलको गीतिरचना समेटिएको छ । यस रचनाले निकै विम्बात्मक रूपमा शृङ्गारिक चेतनालाई नै प्रधान बनाएको छ । -सम्पा. |
फूलको सामु हारेँ म त ,जूनको सामु हारेँ
जिन्दगीमा पहिलो चोटि उनको सामु हारेँ
यो मायाको खेला,यो मायाको खेला
हारे पनि मजै लाग्ने आएछ बेला
चोरिएँ म ,लुटिएँ म,आफैसँग छुट्टिएँ म
आफ्नै हुँ कि उनको भएँ लौन भन्देऊ झुक्किएँ म
यो कसले भन्देला,यो कसले भन्देला
चोरिँदा नि मजै लाग्ने आएछ बेला ।