बुँद राना नेपाली साहित्यका कविता, गीत, जगल र बालकविताका क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञ परिषद्मा रहेर प्राज्ञिक सेवा गरिसेका राना प्रगतिवादी स्रष्टाका रूपमा परिचित छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामाउनको के छ जवाफ ? शीर्षकको बालकविता समेटिएको छ । यस कविताले बालबोध्य भाषा र लयमा समाज परिवर्तनको चाहना राखेका छन् । सम्पा. |
पुरानै छ गाडा
उनै वृद्ध गोरु !
म टेक्टर् नयाँ खै
कहाँबाट जोरूँ ?
महान् भन्नु मात्रै
फगत् रैुछ ढुङ्गो !
पुजूँ या म धूलो
बनाएर फोरूँ ?
यही प्रश्न चर्को
अरू खास छैन !
जवाफै नखोजी
कहाँ मिल्छ चैन ?