- गीत
मणि नेपाली पनेरु नेपाली साहित्यमा सिर्जना, सङ्गठन र साहित्य सञ्चारका बहुआयामबाट लागिपरेका प्रतिभा हुन् । उनको कलम कविताका गीति रचना र फुटकर कविता दुवैतर्फ चलेको छ । यहाँ उनको हरायो’शीर्षकको गीतिरचना समेटिएको छ । यस गीतिरचनाले देशभक्तिको भावना अभिव्यक्त गरेको छ ।
-सम्पा. |
मेरो निन्द्रा हरायो मेरो भोक हरायो
मेरो मुटु हरायो मेरो सबथोक हरायो ।
थकाई मार्ने चौतारी हरायो
चौतारीको पिपल हरायो वर हरायो
मेरो विश्वास हरायो मेरो आस्था हरायो
मेरो मन्दिर हरायो मेरो द्यौता हरायो ।
मेरो वन हरायो मेरे उपवन हरायो
मेरो तन मन हरायो मेरो धन हरायो
मेरो पिप्ना हरायो मेरो स्वप्ना हरायो
मेरो विगत हरायो मेरो आगत हरायो ।
मेरो कवि हरायो मेरो काव्य हरायो
मेरो गीत हरायो मेरो सङ्गीत हरायो
मेरो जुनेली हरायो मेरो जून हरायो
मेरो गीत हरायो मेरो धून हरायो