कैलाली । वरिष्ठ उपन्यासकार गगनसिंह थापाको बुधबार निधन भएको छ। ७३ वर्षीय थापाको लिभर सिरोसिसका कारण निधन भएको पारिवारीक श्रोतले जानकारी दिएको छ।
उपन्यासकार थापाका सोह्र सौगात (२०३५ ), कर्णालीको छेउछाउ (२०७०) , पुर्खाको चिट्ठी (२०७२), मेरो मधुशाला (२०७४) , उज्ज्वली (२०७६) लगायत छ कृतिहरू प्रकाशित छन् । यसैगरी मरुभूमिकी महारानी यसै साता सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।
वि.सं. २००५ भाद्रमा अछामको पाटेखेतमा जन्मिएका थापाले मूलतः कर्णाली र सूदुरपश्चिम क्षेत्रको भाषा, सभ्यता र संस्कृतिमाथि कलम चलाउने साथै शैक्षिक र सामाजिक सेवाका अनुकरणीय कार्यहरू गर्दै आएका थिए।
पारिवारीक स्रोतका अनुसार उनको अन्तिम संस्कार उनकै ईच्छाअनुसार बिहीबार टिकापुरको कर्णाली नदिमा गरिएको छ ।
उपन्यासकार थापाका श्रीमती र कवि हिक्मत थापासहित तीन छोरा तथा एक छोरी छन्।