काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘भरतमुनिको नाट्यशास्त्र’को दोस्रो संस्करण प्रकाशित गरेको छ। प्रा. गोविन्दप्रसाद भट्टराईले नेपाली भाषामा अनुवाद गरेको ४१ वर्षपछि यसको दोस्रो संस्करण प्रकाशित भएको हो ।
ग्रन्थको प्रथम संस्करण २०३६ सालमा प्रकाशित भएको थियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा स्थापनाकालदेखि प्रकाशित हुँदै आएका तर हाल दुर्लभ रहेका महत्त्वपूर्ण ग्रन्थहरू आवश्यकता र औचित्यका आधार पुनः प्रकाशन गर्दै जाने नीतिअनुसार ‘भरतमुनिको नाट्यशास्त्र’ पुनः प्रकाशन गरेको बताएको छ । यो ग्रन्थ नाट्यसाहित्यका स्रष्टा र द्रष्टाहरूका लागि लाभदायी हुने प्रतिष्ठानले बताएको छ ।