काठमाडौँ । राष्ट्रिय कविता महोत्सव आगामी मङ्सिर अन्तिममा हुने भएको छ । कोरोना भाइरस महामारीका कारण स्थगित महोत्सव नेपाल प्रज्ञा प्रतिष्ठानले मंसिरको अन्तिममा गर्ने भएको हो ।
प्रतिष्ठानका अनुसार महोत्सव प्रतिष्ठानको सभाहल कमलादीमा हुनेछ । यसअघि महोत्सव असार ९ हुने तय भएको थियो । तर बन्दाबन्दी (लकडाउन) का कारण महोत्सव स्थगित भएको थियो ।
प्रतिष्ठानको असोज १८ गते बसेको परिषद् बैठकले महोत्सवको पुरस्कार राशीसमेत वृद्धि गरेको छ । पुरस्कार राशीमा वृद्धि गरेसँगै प्रथम हुनेले ५० हजार, दोस्रोले ४० तथा तेस्रो हुने तिन जनाले जनही ३० हजार एवम् प्रमाणपत्र पाउने छन् । यसअघि पुरस्कारको राशी ३०, २५ र २० हजार रहेको थियो ।