भारद्वाज मित्र (कृष्ण सुवेदी, २०११ चैत १८ गते तदनुसार, बाहुनटोल, दुवाचौर– ३ सिन्धुपाल्चोक, हाल : मेलम्ची न.पा.– ७, सुपुत्र : लीलाकुमारी र चित्रप्रसाद सुवेदी) नेपाली साहित्य र समाजसेवाका क्षेत्रमा समर्पित प्रतिभा ह’न् । नेपाली, अंग्रेजी, संस्कृत, हिन्दी, नेपालभाषा, तामाङ, मैथिली र भोजपुरी जस्ता विविध भषाको ज्ञान भएका सुवेदीले ओपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयबाट समाजसास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले साहित्यक उन्नयनका लागि कोषहरूको स्थापना र परिचालन गर्दै आएका छन् । उनले २०५५ व्यथित–सिन्धु प्रतिभा सम्मान कोषको संस्थापनामा नेत्रित्व र अध्यावधि अध्यक्षता गरिरहेका छन् । जनमत वाङ्मय प्रतिष्ठानमा जनमत–मित्र अनुवाद कोषको स्थापना, छन्द तरङ्गमार्फत छन्दसाधना पुरस्कार कोषको स्थापना, सिन्धुपाल्चोकमा बालसाहित्य प्रवद्र्धन कोशको सथापना जस्ता कामममा अगुवाइ गरेका छन् । उनका मा अगुवाई । How to Germinate Eppilipil (२०३८) प्राविधिक पुस्तक ‘चहचह’ (बालगीत सङ्ग्रह २०५९,) मित्रका कविताहरू (कवितासंग्रह २०६५), हाम्रो अधिकार हाम्रै भाषामा बालअधिकार महासन्धीको बालमैत्री अनुवाद र गीतहरू (सहकर्म २०६९) जस्ता कृति प्रकाशित छन् । उनका सम्पादनमा ‘अरनीको’ साहित्यिक सँगालो (२०३४ मा सहसम्पादन‘हेलम्बु बोल्छ’ हस्तलिखित साहित्यको सम्पादन (२०३८) ‘सिन्धुमिलन’ ( २०४५), ‘सिन्धुमिलन ग्रन्थ’ (सहसम्पादन २०५४), ‘प्राविधिक’ (सहसम्पादन २०५५), झुल्का’ साहित्यिक द्वैमासिक (अङ्ग १ देखि ३ सम्म २०५५–५६ र ०६५ देखि बालमैत्री प्रकाशनका रूपमा हाल प्रधान सम्पादक) का साथै ‘व्यथित स्मृतिग्रन्थ’ (२०६०) पत्रपत्रिका र ग्रन्थहरू सार्वजनिक भएका छन् । उनले महापण्डित राहुल संस्कृत्यायनको सिंह सेनापति उपन्यासको अनुवाद पनि गरेका छन् । उनका केही कृतिहरू अहिले प्रकाशनको नजिक रहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा सुवेदीका एक दर्जन हाइकु प्रस्तुत छन् । यी सबै हाइकुहरू प्रकृति केन्द्रित छन् । यी हाइकुले प्रकृतिसँगै जीवनबोधलाई पनि राम्ररी समाएका छन् ।
-सम्पा
१चैत
न्याउली रोयो
फूलको बजारमा
उराठे चैत ।
२. चैते धुलो
चैतको राप
धूले साम्राज्यसँगै
छेलियो गाउँ ।
३. डढेलो
उत्ताल व्यङ्ग्य
आगामी वर्षालाई
चैते डढेलो ।
४. बैँसालु
खाएको छैन
झरीले बैँसालु छ
कल्कलाउँदो ।
५. आउँदो बर्खा
प्रतीक्षारत
वासन्ती कलीजस्तो
आउँदो बर्खा ।
६. पर्खाइ
वर्खा पर्खेको
खप्दै गृष्मको राप
उर्लँदो मुना ।
७. जुवाडे चिसो
एलेको चिसो
बाह्रमासे परेछ
जुवाडे जस्तो।
एलेको चिसो
बाह्रमासे परेछ
जुवाडे जस्तो।
८. पुस
चिसोको राज
मस्तले मौलाएछ
पुसको मैना ।
९. जेठको धुप
तिर्खा लागेछ
धरतीलाई पनि
जेठको धुप ।
१०. धर्तीगर्भ
फराकिलो छ
आमाको काखजस्तो
धर्तीको गर्भ ।
११. धर्तीको रस
बग्दो रहेछ
नित्य श्रावजसरि
धर्तीको रस ।
१२. घाम र चिसो
घाम टाढियो
दक्षिणायन पर्दा
चीसोले गर्दा ।