कुञ्जल शुभेच्छु लुइटेल
कुञ्जल शुभेच्छुको परिचय साहित्य सागरको माधव घिमिरे विशेषांकमा समेटिइसकेको छ । उनी कविता लेख्न र नयाँ नयाँ किताब पढेर त्यसको समीक्षा गर्न मन पराउँछन् । उनले कविता सिर्जना र पुस्तक समीक्षाबाट पुरस्कार पनि पाएका छन् । साहित्यसागरको यस शृड्खलामा उनको मोवाइल कविता समेटिएको छ । यस कवितामा अभिभावकले मोवाइल चलाएर बालबालिकालाई नचला भन्ने प्रवृत्तिको विरोध गरिएको छ ।
बाबा पनि मोवाइल
काका पनि मोवाइल
मामु पनि मोवाइल
मलाई न छो मोवाइल ।
सर पनि म्यासेजमा
मिस पनि फेसबुकमा
जतिखेरै मोवाइलमा
हामीलाई हुँदैन ।
मोाइलमा बच्चा खाने
बाघ हुन्छ कि ?
मोवाइलमा बच्चा टोक्ने
भालु हुन्छ कि ?
सबै मोवाइल हेर्ने
हाम्लाई नहेर भन्ने
हामीलाई ग्याम खेल्न
मोवाइल सिकाउने ।