SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » माधव घिमिरे मेरो साहित्यिक जीवनमा
बिभिन्न साहित्य/कला

माधव घिमिरे मेरो साहित्यिक जीवनमा

Sahitya SagarBy Sahitya SagarJuly 18, 2021No Comments9 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
 
  मोहन सिटौला
मोहन सिटौला (२००० बैशाख ०२, अप्रिल १५, १९४३, चुहानडाँडा, आठराई, तेह्रथुम) अंग्रेजी साहित्यका प्राध्यापक एवम् नेपाली साहित्यका स्रष्टा र द्रष्टा हुन् । उनका नेपाली र अंग्रेजी भाषामा विविध कृति प्रकाशित छन् । उनका नेपाली भषामा प्रकाशित कृतिहरुमा केहीसिर्जना, केहीविवेचना (समीक्षा), गोठालाहरू (निबन्धसङ्ग्रह),  परिभ्रमण (निबन्धसङ्ग्रह), अर्को प्रहर (कवितासङ्ग्रह), नयाँमुलुकको नाद (खण्डकाव्य र अन्यकाविताहरू), आवाजकाजुलुस र नयाँविश्व (कवितासङ्ग्रह) सिद्धिचरण सञ्चरण –महाकाव्य) जस्ता कृति प्रकाशित छन् । उनका दर्जनौं समालोचनाहरू विभिन्नविशेषाङ्क र प्रमुख जर्नल र दैनिक पत्रपत्रिकाहरुमा प्रकाशित छन् । नेपालबाट निस्कने गरिमा, मधुपर्क, कान्तिपुर तथा अन्य पत्रपत्रिका र स्वतन्त्र नेपाल, हाम्राकुरा डट कम, नेपालीपोस्ट डट कम, परेदेश डट कम, चौतारी, पिस जर्नालिजम आदि इ.जर्नलहरुमा समालोचना, लेख, अन्तर्वार्ता र कविताहरू नेपाली र अङ्ग्रेजीमा प्रकाशित  छन्। त्रि.वि. का प्रमुख जर्नलहरुमा शिक्षा, साहित्य, संस्कृति, भाषा र शिक्षणसम्बन्धी प्रशस्त लेख र रचनाहरू प्रकाशित देखिन्छन् । सिटौला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज –डीसी मेट्रो च्याप्टरको संस्थापक अध्यक्ष, इ‍.स २००३—२००४, युएसए,  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय समित, युएसए (केन्द्रीयअध्यक्ष, २००५— २००६), दोस्रो पटक २००६ जुलाइ देखि २००७) हुँदै हाल विभिन्नसंघ संस्थाका सल्लाहकार छन् ।  उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युएसए, भाषाविज्ञान समाज नेपाल, साहित्यिक सङ्घ नेपाल, अन्तर्राष्ट्रिय अङ्गेजी भाषाभाषी सङ्गठन, अष्टिन सोसाइटी अफ पोयट्स जस्ता विभिन्न संस्थासँग संलग्न छन् । साहित्य सागरको प्रस्तुत शृङ्खलामा सिटौलाको ‘माधव घिमिरे  मेरो साहित्यिक जीवनमा’ शीर्षकको संस्मरण समेटिएको छ । यस संस्मरणमा सिटौलाले घिमिरेलाई आफ्ना सिर्जनाको अभिप्रेरक पात्रका रूपमा उभ्याएका छन् । -सम्पा.
मेरो जीनको स्वचालित आयु यात्राजस्तै मेरै जीवनका मानसिक र अध्यात्मिक यात्रु बोकेर भौतिकरूपले यात्रामय भएको मलाई ठाउँठाउँमा विभिन्न स्रोतसाधनको स्वभाविक खाँचो खड्किएको महसुस भइरहन्छ । कहाँ, कहिले, के छैन, कहाँ, कहिले, के छैन । तर व्यावहारिक किसिमले स्वाभाविक भएको हुनाले यो फेरि कटु खालको चाहिँ होइन । यसै जीवन सम्झिन्छु, राष्ट्रकवि माधव घिमिरेलगायत नेपालका धेरै साहित्यिक विभूतिहरूका जीवनीलाई हेर्छु अनि एउटा उत्साह र जाँगर भरिएर आउँछ ।
विसं २००७ देखि पछाडि धर्मराज थापा, नातीकाजी, कोइली देवी आदिका स्वरहरू रेडियो नेपालबाट सुनिन लागेका थिए । केही समयपछिदेखि गीतकार माधव घिमिरेको पनि नाम आउन लागेको मलाई झल्को हुन्छ । विसं २०१७ र १८ मा उनको एक सारै राम्रो कविता विश्वबन्धु हामीले कलेजमा ज्यादै मन पराएर पढ्र्थ्यौँ । पछि आइए जाँच दिन काठमाडौँको क्षेत्रपाटिमा २०१८ सालमा आएर बस्न थालेपछि म बसेको फुपूको घरमा दुईपटक जति उनी र धर्मराज थापा त्यहाँ आएका थिए । त्यहीँ कवि माधव धिमिरेसित मेरो पहिलो चोटि भेट भएको हो । त्यहाँ उनले मलाई छन्दमा कविता लेख्ने प्रेरणा दिएका हुन् । हुन त मैले ८ , ९ र १० कक्षामा नै १५ सोरवटा छन्द दार्जिलिङको पाठ्क्रमअनुसार उतैबाट आएका शिक्षक र काठमाडौँ अनि वनारसमा उच्च अध्ययन गरेका संस्कृत साहित्य, व्याकरण आदिका स्थानीय आदरणीय विद्वान् धरणीधर न्यौपानेज्यूबाट थप संस्कृत साहित्य र छन्द ज्ञान केही सिकेको, पढेको थिएँ । तर त्यति लागिपरेर अभ्यास गरेको थिइनँ ।
आज सम्झँदा त्यो घटना पछि म विए र एमए अध्ययनताका सहपाठी साथीहरूसित छन्दमा पनि प्रशस्तै कविता रच्न थालेको हुँ । कविज्यूकै सम्पर्कमा रहँदा मैले भारद्वाज (अंङ्ग्रेजी र नेपाली द्वैमासिक साहित्यिक र सांस्कृतिक) पत्रिका पनि प्रकाशन गर्न थालेको हो । त्यसमा वहाँले भारद्वाज महर्षिको अत्यन्त महिमामय उषासूक्त शार्दूलविक्रीडित छन्दमा अनुवाद गरेर दिनुभयो र सोही पत्रिकाको प्रथम अङ्कमा केही ठुलो अक्षराकार र स्वर्णीम रङमा छापिएको छ ।
म एकलै अथवा सहपाठी साथीहरूसित वहाँको घरमा र धेरैजसो प्रज्ञाप्रतिष्ठानमा वहाँको कार्यकक्षमा जाने गर्थें । यो वर्षौं वर्षको प्रचलन थियो । त्यहाँ उहाँसित छन्दकवितामा राष्ट्रिय क्रमिकता, आधुनिकता र बढोत्तरी, नेपाली साहित्यको अन्राष्ट्रिय भाषामा अनुवाद र अन्तराष्ट्रिय तुलनात्मक समालोचना, कवितामा बिम्बविधान, नेपाली लोकगीतका सङ्कलन र संरक्षण नेपाली गाउँपाखाको हेरचाहा र विकास, हाम्रो वैदिक, संस्कृत साहित्य र संस्कृतिको पुनर्जागरण, नेपाली प्रकृतिसित नेपाली संस्कृतिको स्वाभाविक र जागरणजन्य तादाम्यको चेतना, विकास सभ्य, भव्य र शिष्ट व्यवहार अनि राष्ट्रिय अखण्डता जस्ता बहुविध विषयमा कुराकानी हुन्थ्यो ।
प्रज्ञा–प्रतिष्ठानबाट छापिने स्तरीय प्रज्ञा जर्नल, कविता पत्रिकामा वहाँको भूमिका लेखनमा एक भिन्नै र उत्कृष्ट किसिमको निबन्धीय शैलीको तेज र ओज हुन्थ्यो । ती सिर्जनशीलता र विचारात्मकतामा स्वच्छ सन्तुलित भएका भूमिकाहरू जहिले पनि प्रज्ञाप्रतिष्ठानमा गएर पढ्न सकिएला ।
कवि घिमिरेसितको यहाँसम्मको घटना मैले अन्यत्रै निकै लामै संस्मरणमा लेखिसकेको छु र त्यो छिटै प्रकाशनमा आउला । यहाँ चाहिँ सोही कुरो दोहोर्याउन त्यति आवश्यक नलागेर उल्लेख मात्र गरेको हुँ ।
एमए अङ्ग्रेजीका हामी केही सहपाठीहरू कक्षामाकोठामा र त्यसपछि डेराडेरामा पालैपालो भेला भई अंग्रेजी साहित्य त पढ्थ्यौँ नै साथसाथै नेपाली साहित्य पनि प्रशस्तै पढ्रथ्यौँ । त्यसै सिलसिलामा एक दिन कक्षामा हामीले प्रशिद्ध अङ्रग्रेजी रोम्यान्टिक कवि एस् टि कलरिजको कुब्लाखाँ भन्ने कविताको उच्चस्तरीय व्याख्यान सुनेर आयौँ । त्यस व्याख्यानमा विम्बविधानको पनि प्रशस्त व्याख्या भएको थियो । सो कवितामा चीनका महाबली सम्राट कुब्लाखाँको दृष्टिको वरिपरि सुरक्षाका तीन चक्र दूरदूरसम्म आँकेर घुमिरहन्थे र ऊ मदिरा वा अफिम अनि शक्तिको मादमा मक्ख परिहन्थ्यो । त्यसबेला म लेखनाथलगायत अन्य केही नेपाली र अङ्ग्रेजी कविताका बिम्बविधानका बारेमा केही समालोचनाहरू लेख्ने तयारी गर्दै थिएँ ।
कक्षाकोठाबाट डेरामा आएर मैले घिमिरेजीका पढ्न बाँकी रहेका कवितामध्ये युवक भन्ने मन्दाक्रान्ता छन्दमा रचिएको अति सुन्दर कविता पढी सिध्याएँ ।
     त्यहाँ भएको जूँगा रेखी भरखर बसी मुस्कुराई रहेको
को होला त्यो कुन लहडमा गीत गाईरहेको ….
हे तन्देरी उठन पृथ्वी तीन बित्ता उचाली
जस्ता मीठा हरफहरूमा यो माथिको अन्तिम हरफले मलाई चट्ट छोयो र त्यस तीन लाई माथि भनिएको कलरिजको तीनसित तुलना गरी र हाम्रो परम्पराका तीन बाचक शब्दावलीका ध्वन्यात्मक विविध अर्थका प्रचलनलाई पनि समेट्ने गरी एक लेख तयार पारेँ । तयार भएगतै दुई–तीन दिनमा कवि घिमिरेज्यूलाई प्रज्ञाकक्षमा भेटी सो सुनाएँ । त्यहाँ केही मेरा सहपाठी साथीहरू पनि पुगेका रहेछन् । वहाँ छक्क पर्दै खुसी पनि हुनु भयो । सबैले त्यहाँ त्यस्तो खालको साहित्यिक अनुशीलनको प्रोत्साहनोन्मुख समीक्षा गरेका थिए । मैले त्यस क्षेत्रको मेरो अध्ययन र लेखन क्रमशः बढाएँ ।
यस्तै सघन सत्संगत, अध्ययन अनि शनैशनै लेखनको परिणामस्वरूप पछि विसं २०४१ सालमा मेरी श्रीमती भुवनेश्वरी (प्रसाईं) सिटौला प्रकाशिका भएको केही सिर्जना : केही विवेचना मा चाहिँ निम्नलिखितअनुसार कवि घिमिरेको अध्ययनको तुलनात्मक साक्ष्य उल्लेख भएका छन् । उदाहरणका लागि तल केही प्रस्तुतछन् :
पृष्ठ नं ९४ मा कवि घिमिरेको अध्यात्मबादले व्याख्या गरेको परलोक सम्बन्धी कुरामा उनी त्यति विश्वस्त नभएको जस्तो केही झलक थाहा पाइन्छ :
      हाम्रो भेट हुँदैन हो कि सँगिनी धिक्कार कैले पनि
‘एलिजी : एक अध्ययन’ शीर्षकको लेखमा १३२, १३४ र १३५ पृष्ठमा जीवनका अन्यौल, विरोधाभास, र विवसताहरू करुण रसमा कवि घिमिरे व्यक्त गर्दछन् :
मान्छे हो किन हाँस्तछौ हृदयमा आँसु लुकाइकन ?
      … साँच्चै भन्दछु मर्नुपर्दछ भने बाँचेर के हुन्छ हे ?
…छैनन् आज उनी, म रुन्छु, नहुँला भोली, म, मेरा रुनन्
…..नासैलाइ छ सिर्जना सव भने, रोएर के हुन्छ हे !
तथापि सिर्जनाको शब्द उनले प्रयोग गरेकोमा उनी नाशवान् जीवनको जीवनवादी सौन्दर्यबोधतिर उन्मुख भएको झल्का पाइन्छ । वियोगी करुणरसका सबालमा कवि घिमिरे, मिल्टन, गे्र, सेली, टेन्निसन, देवकोटा आदिसित उच्चस्तरीय रूपमा तुलनीय छन् । त्यस कृतिको पृष्ठ नं ९४ पृष्ठमा उनको सौन्दर्य बोध सम्बन्धी पनि उल्लेख भएको छ । उनी सौन्दर्यवादी कलाकार हुने तिर लम्किरहेछन्, जीवनवादी भएर ।
उत्कृष्ट साहित्य र मान्छेको आवश्क्यकता : एक परिचय भन्ने लामो समालोचकीय लेखमामा साझा र समसामयिक विषयवस्तु, सिर्जना र सौन्दर्यबोध, स्वाभाविक रूपको कलात्मक मिठास र प्रभावकारिता अनि आदर्श रूपको उत्कृष्ट साहित्यको एक नमुना हुन् कवि घिमिरे भन्दै १६८ पृष्ठमा एक उद्धहरण पेस भएको छ :
      …छाया होओस् हरित वनमा फैलिने धूप होओस्
कैल्ये काहीँ यस डगरमा डोलिने रूप होओस्
रूपैलाई अमरपुरमा साँचिने सीप होओस्
साक्षी मेरो विजन कुटिमा तैलको दीप होओस् ( माछापुच्छ्रे )
सौन्दर्यबोध, नेपाली ठेट शब्दहरूको प्रयोग, रोम्यान्टिसिजम्, प्रकृति, मानव, अध्यात्मचेतको दीप बिम्ब, कलाकारिताको अमरता, कलाप्रतिको सिर्जनशील मोह, शान्ति र सुखको चिन्तना, कला र जीवनको समन्वय जस्ता वहुविध तत्त्वहरूको सन्तुलित ऐक्यबद्धताको प्रभावकारी छान्दसिक सम्प्रेषण यहाँ शाश्वत महत्त्वको महिमाका स्तरमा बेजोड छ । यतिको मात्रै पनि तुलनात्मक विशद व्याख्या हुन सक्छ । यी हरफहरू नेपाली सहित्य मात्र होइन विश्वकै उत्कृष्ट सुन्दर सिर्जनशील अभिव्यक्तिहरूमध्येमा पर्छ भन्ने मेरो जिरह हो । वस्तुतः अरू धेरै जस्तै ‘कालीगण्डकी ’ कविता माधव घिमिरेको एक मास्टर पिस हो ।
यीबाहेक मेरो निकै ठुलै आकारको अङ्गे्रजी समालोचनासंग्रह Wandering Essays मा पनि ठाउँठाउँमा स्रष्टा घिमिरेको उल्लेख मैले गरेको छु त्यसमा नेपाली स्रष्टाहरूलाई अलिखलि भए पनि अंग्रेजी भाषामा अनूदित उद्धरणसहितै पश्चिमी सर्जकसित तुलना पनि गरिएका छन् । । तर यहाँ सो पुस्तक उपलब्ध नभएको हुँदा उद्धहरण प्रस्तुत गर्न सकिरहेको छैन । यथा समयमा गरौँला ।
यसबाहेक उनले धेरैधेरै आधुनिक राष्ट्रिय गीत, प्रकृति र संस्कृतिसम्बन्धी गीत र कविता, मालती मङ्ले, अश्वत्थामा जस्ता अत्यन्त उत्कृष्ट स्तरका गीतिनाटक रचेका छन् र यी सब नेपाली मात्र होइन, वैश्विक जनजीवनमा पनि उही महत्त्वका छन् । तिनमा अश्वत्थामा गीतिनाटिकाको मैले बेग्लै समालोचना लेखेर कवि घिमिरेज्यूलाई सुनाएको पनि थिएँ । सो लामै लेख मसित सुरक्षित छ । त्यो छुट्टै कतै र मेरा अन्य धेरै प्रकाशोन्मुख सङ्ग्रहमा पनि छापिने छ । सो अश्वत्थामा लामो लेखको एक अनुच्छेद यस्तो छ ।
अश्वत्थामा को शाब्दिक अर्थ बुझ्न खोज्दा पीपल बृक्ष, अविनाशी, अनन्त वा शाश्वत व्यक्ति बुझाउने हुन्छ भनिएको छ । हाम्रो परम्परामा अष्ट चिरञ्जिीवीमध्ये गुरु दे्राणचार्यका छोरा महारथि अश्वत्थामा पनि एक हुन्– ‘अश्वत्थामा, बलिव्र्यासो’…. इत्यादि । तर सर्बप्रथम यसको प्रतीकात्मक अर्थ चाहिँ विषय र प्रसङ्ग अनुसार कृतिगत प्रसंङ्ग र तथ्याङ्कमा आधारित आआफ्ना गोडमेल, बोध र व्याख्याहरू नै हुन् – अध्यताहरूका दिग्दर्शनका सोचमा । यस कृतिमा कवि घिमिरिेले अश्वत्थामालाई क्रुर युध्द विभीषक, युध्द विभीषिका, त्यसको परिणामको पीडाबोध र पछुतोको पीडित पात्र, हृदय परिवर्तन, सुधार , करुणा र कल्याण जस्ता सधैँका मानवीय समस्या र समाधानका प्रतीकात्मक साधन र स्रोतका कार्यगत, सैद्धान्तिक एवम् अति प्रभावकारी मानिएको सिर्जनशील काव्यगत उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । छोटो छ यो, तर यसभित्रका अभिव्यक्तिहरूको व्यञ्जना र ध्वनिले यसलाई विशद महाकाव्यको गाम्भीर्य, विस्तृति , उच्चाइ र अमरतामा उठाएका छन् ।
उनका सिर्जनशील पुस्तकाकार कृतिबाहेक अन्यान्य अभिव्यत्तिहरूमा पनि उनी राष्ट्र, राष्ट्रिय अखण्डता राष्ट्रनिर्माता (खण्डकाव्य), सवै जातजाति, धर्म र संस्कृतिको मेल मिलापले भरिएको नेपाल बगैंचाका सवै फूलहरूको समुचित सिञ्चन हुनुपर्छ र यो गतिविधि अक्षुण रहनुपर्छ भन्ने कुरा सशक्त किसिमले भनिरहन्थे । उनको मानवता, सिर्जनशीलता, सौन्दर्यबोध, गाउँले माया र सम्मान शाश्वत महत्त्वको छ । यी सबै कारणले गर्दा उनलाई राज्यले र जनताले राष्ट्रकवि जस्तो महान् पदवी उच्च सम्मानका साथ प्रदान गरेको हो । यो सारा नेपालीको विशिष्ट गौरव र सिर्जनशील स्रष्टाहरूको लागि त झन् उच्च महिमाको विषय हो ।
यस समयसम्ममा यति महान् स्रष्टा, द्रष्टा र चिन्तक, धेरै सुन्दर र महान् कृतिका धनीकवि घिमिरे सम्बन्धी विशिष्ट अध्ययनहरू प्रशस्तै भएको कुरा सुनिरहेको छु । तिनको पनि सम्मान गर्दै यथा समयमा अध्ययन गरेर थप लेख्ने प्रयाशमा रहने छु ।
अबका दिनमा हाम्रो देशका यस्ता राष्ट्रिय अमर पदवी प्राप्त गरेका, महान् र चम्किला, उज्वल नक्षत्र, सिर्जनशील सुकृति, चिन्तक र प्रयोगकर्ता, उत्कृष्ट छन्दशिल्पी प्रतिभाशाली निष्ठावान् कलाकार, साहित्यिक तपस्वी, मानवताका करुणरसमयी स्रष्टा, जीवन सङ्घर्षका धीरललित महारथी हाम्रो भौतिक उपस्थितिमा हुँदैनन् । तर हाम्रो हृदयमा माधव घिमिरे सदा आदरणीय र स्मरणीय भइरहने छन् । उनीप्रति मेरो हार्दिक श्रद्धाञ्जली ! अस्तु ।
चावहिल, काठमाडौँ ।
२०७७ साल असौज ०४ से. २० र २०२
  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 254
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

लेखक राजु अधिकारीको उपन्यास ‘राज्याभिषेक’ विमोचित

October 1, 2021

शान्ति समाजले १५ स्रष्टालाई सम्मान गर्ने, को हुन् ती स्रष्टा ?

October 1, 2021

एपीवानमा ‘किताब जात्रा’

September 30, 2021

कलाकार शाह र केसी पुरस्कृत

August 29, 2021

टुकादेवीको कथा सङ्ग्रह ‘बार्दली’ सार्वजनिक

August 29, 2021

हिमाली समाजको जीवन्त चित्र

August 28, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.