विपिन अगस्ति
इलाम
हाल काठमाडौँ
सुनौला बगैंचा भए आज खाली
बने फूल निर्धा गुमाएर माली
बने फूल निर्धा गुमाएर माली
थियो बोट राम्रो असाध्यै सजेको
यता फूल झर्दा भयो रिक्त डाली
बनी भक्त यौटा तिमी शारदाको
सजायौ धरा आज भाषा उचाली
तिमी पुत्र रत्नै बनेछौ धराको
तिमी काव्यश्रष्टा तिमी भाग्यशाली ।
रूवाएर राष्ट्र निभ्यो दीप यौटा
बनाएर फिक्का गयौ आज लाली
पुकारेर तिम्रो नयाँ कृर्ति नाम
गरें शब्द श्रद्धा सजाएर थाली ।
(भुजङ्गप्रयात)