पिंडीमा झुस्स दाह्री फुलेको बुढो बस्छ
म प्रसन्न हुँदै दौडेर आगाडी आउँछु
मुसुक्क नमिठो हाँसो उनि हाँस्छन् ।
म पनि लजालु हाँसो राख्छु। आँखा जुद्छ।
मेरो कौतुहलता उनको दाह्रीमा छ।
मेरो बालक मन खुशी छ, किनकि घर्तिबाले
मेरो अनुमति बिना समातेर केहि बेरमा
उनको नियमित जागिर जस्तै मलाई दाह्री दल्ने छन्।
मेरो कलिलो बालक गालामा।
मैले अस्वीकृत स्वीकार जनाउने छु।
तर!
तर आज त्यस्तो भएन ।
म निजकै गएँ तर उनले मलाई तान्ने प्रयाश गरेनन्।
मलाई उनले तान्थे, म उम्किन खोज्थेँ ।
उनि बलियोगरी मलाई तानेर
उनका ठोसे दाह्री मेरो कलिलो गालामा
मजाले दल्थे। अनि मेरो पराजित् बिजय हुन्थ्यो।
त्यो मिठो पिडा म गुमाउन चाहन्न थेँ!
हाम्रो अलिखित सम्झौता!
तर आज …………….यस्तो भएन।
खै के भयो घर्तिबालाई!
मेरो बालक मन चुटुक्क कसैले चिमोटे जस्तो भयो! कटक्क दुख्यो।
म पुलुपुलु उन्लाई हेरीरहेँ।
केहि बोल्न सकिन।
दौडेर भान्सामा गएँ, आमा…. भन्दै।
म: – आमा …….. घर्तिबा……….? (घर्तिबा तिर देखाउंदै)
आमा: – के भो?
म: – बोल्दैनन्!?
आमा: – किन?
मैले भने, थाहा भएन|
(मेरो त्यो रुन्चे बोलि)
आमा बोल्नु भो,चर्को स्वरमा.. के भो दाई?
उनि बाहिरबाट कराए- अलि संच छैन………..|
कस्तो खल्लो, मैले कहिले नसुनेको कुरा
घर्तिबा बिरामी!?
आमा बोल्दैजानुभो …..
आज कसरी हलो जोत्छौ त दाई?
नजोतम कि आज?
उन्ले मानेनन् ………. भोली पनि जोत्ने पर्छ क्यारे …..
घर्तिबाको मलिनो आवाज आयो|
म फेरी दौडेर घर्तिबाको छेउमा पुगेँ।
उनलाई निहालेर हेरेँ।
काला, च्याउरी परेका बु ….ढा मान्छे।
ति खुलीरहने दाँत, दाँत भन्दा बाहिर पसारिएका पातला ओठ
अनुहार भरि फुलेका सेता दार्ही, झन्डै आँखाका डिल सम्म पुरै फैलिएका,
आधा कपाल देखिने फाटेको टोपी, टोपी बाहिर देखिने त्यो सेतो मैलो कपाल …
म अझै सम्झिन्छु त्यो दिन मैले पुरैनियालेर हेरेको थेँ उनलाई।
सँधै उनि सँग जिस्किंदै मजा हुन्थ्यो। फुर्सद कहाँ, फेरि
मलाई के था उन्मा पनि पिडा हुन्छ भनेर।
म त खाली उन्मा रमाउन चाहन्छु।
उन्ले दिने ठुलो सजायँ भित्र, मेरो चकचके बानीलाई।
त्यहि उन्को दाह्री दल्ने काम मेरो कलिलो गालामा।
आज मिलेन!
कस्तो रमाईलो पीडादायक मिठो हुन्थ्यो।
हाम्रो अलिखित सम्झौता त्यो ।
उनले पुरागर्न सकेनन् आज त्यो सझौता।
मलाई भर्खर जस्तो लाग्छ त्यो दिन, मैले नियालेर हेरीरहेँ
उनले पनि मलाई हेरे , मुसुक्क.. गालामा च्याउरी तन्किए,
हातले मलाई “आ” भन्ने ईसरा दिए।
मैले नाई भनेर कुम हल्लाएँ।
मेरो अझै बालक हठ,
मैले सोचेँ उनले तान्ने छन् र फेरी दार्ही दल्ने छन् ।
तर सायद उनि थाकीसके अब, बर्षौं बर्षको अविरल जोताई पछि।
मेरो घरमा उनले सात आठ बर्षको उमेरबाट
हलो जोत्दै आए|
अब सायद बिसाउन चाहान्छन्।
सायद कुनै ठुला सपना पनि देखेनन् उन्ले|
कुनै ठुला मान्छे पनि त होईनन्|
खाली मेरो दुनियाका ठुला मान्छे हुन् उनि|
म भन्दा धेरै बलिया छन्|
मेरो दाह्री छैन, उनको छ।
म जोत्न सक्दिन उनले हलो जोत्छन|
मेरो बालक मानस पटलका
सबै भन्दा बहादुर मान्छे उनि|
म हरेक दिन साँझमा उनलाई बिदा गर्न त….ल सम्म पुग्छु|
बिहान नहुँदै म उनको बाटो हेरीरहन्छु|
कस्तो सम्बन्ध यो?!
एक पल उनि सँग बिते,
दिनभरि मन खुशी|
दिनभर उनि सँग पछी पछी हिड्छु
उनले खेतबारीमा हलो दौडाऊँछन्।
म उनलाई पछ्याई रहन्छु ।
आमाले खाजा दिनुह्न्छ उनलाई।
म पनि सँगै खाने हठ गर्छु।
म पनि घर्तिबा सँगै खान्छु के….
आमा रिसाउनु हुन्छ|
घर्तिबाले आमालाई सम्झाऊँछन्, अनि मलाई सानो रोटीको टुक्रा दिन्छन्। |
आमाले घरमा मलाई बनाएको परिकार भन्दा
घर्तिबालाई बनाएको रुखो खाजा मिठो।
खै कस्तो हो यो सम्बन्ध!
उनले मात्र काखमा राखे मलाई आज,
उनि थकित् थिए ।
मैले बिस्तारै उनका दाह्री मुसारें।
उनले मेरो हातमा उनको हात राखे,
मेरो हातलाई अलिकति दबाए , आफ्नो गालामा
घुमाउन थाले।
मेरो हातमा उनका दाह्रीले घोच्न थाल्यो।
म गुदगुदिन थालें।
म उम्कने प्रयाश गरेँ।
उनले झन् मलाई दबाए।
कस्तो मजाको खेल यो, म रमाएँ।
आज घर्तिबाको दाह्रीमा
पुरै हात फेराउन पाउँदा खुशी भएँ।
घर्तिबाले धेरै बेर मलाई अँगालीरहे।
आमाले खाना ल्याउनु भो।
म उनले खाएको प .. र बसेर हेरेँ।
मेरो यो नित्य काम थियो ।
उनले दाल तरकारीमा
ढीड़ो मल्थे, पिंडो पारेर मुख्मा राख्थे,
खुर्लुक्क नचबाई निल्थे|
उनको रुद्र घन्टी छट्पटाउँथ्यो।
म दङ्ग पर्थें, म हाँस्थे,
उनले मलाई घरिघरि हेर्थे।
म लाज मान्थेँ।
उनले दुवै आँखे झीमकाउँथे।
म अझै लजाऊँथेँ।
खाने काम सकियो,
हलगोरु लिएर उनि लागे|
म खुशीले बुर्कुशी गरेँ।
पछि पछि लाग्नु मेरो काम
खेत जोताई शुरु भयो।
म उनको नक्कल गर्दै
आफ्नो काममा लागेँ।
तर उनि आज कम्जोर देखिन्थे।
म उनलाई खुशी देख्न चाहन्छु।
उनि खुशी हुँदा म खुशी हुन सक्छु।
मरो बालपनको साथी उनि ।
घरि..घरि थाकेर बसिरहे आज घर्तिबा।
म उनको ज्वरो नाप्थेँ।
निधार छामेर रोग निदान गर्न खोज्थेँ।
मलाई थाहा थिएन आज किन थाके घर्तिबा।
किन पैला जस्तै म सँग खेलेनन् ?
निराश छु म|
तर पनि उनि सँग रमाउने कोशिस गरिरहन्छु।
मलाई आमाले बोलाउनु भो।
घर्तिबालाई सोधेँ
म घर जाउँ? उनले हँ गरे।
म कुदेर घर पुगेँ
आजको हाम्रो काम आमालाई
एकै सास्मा बताएँ।
आमाले भन्नु भो घर्तिबा अलि बिरामी छन्
दुख नदे है।
हुन्छ आमा, मैले स्वीकारोक्ति जनाएँ
र सोधेँ, तर के भा छ उनलाई?
अब बुढा पनि भए।
आज अलि ज्वरो छ रे, आमा भन्दैजानुभो
म जिल्ल आमालाई हेरी रहेँ।
आमाले दिउसको खाजा उसिनेको अन्डा दिनु भो
एकै चोटी मुखमा राखेँ अनि दौडें।
मुस्कीलले अन्डा निलें।
उता घर्तिबा खेतमा ढले रे!
आमा पनि दौडेर पुग्नु भो।
मुखमा पानी हाल्दै ,
टाउकामा पानी ठोक्दै
आमा फत्फताउनु भो …
भनेको त हो नि काम नगर आज
सुनेनन् ई बुढा|
लौ न के भो?
आमाले यताउता हेर्नु भो| आत्तिनु भो|
म जिल्ल परें| यत्तिकैमा सानो भिड लाग्यो।
म भिडमा छिरेँ र
म एकनास् उनको फुस्रो अनुहार हेरीरहेँ।
कत्ति पनि हाँसो थिएन।
खल्लो लाग्यो।
निजीकबाट उनलाई नीयालें।
आँशुले भरिएका आँखाले मलाई हेरे।
मेरो गालामा ति कापेका, धुलो माटो लागेका हातले मुसारे।
मैले ‘घर्तिबा’ ……. भने।
बोलेनन् मुख मात्र खोले,
दुवै आँखाको किनाराबाट पानी बग्यो।
भिडले मलाई बिस्तारै बाहिर ठेल्यो।
धेरै मान्छेको बिचमा हराए मेरा घर्तिबा।
मैले अब देख्दिन उनलाई।
केहि भुसतिघ्रेहरु हाम्रो खाट लिएर आए।
खाटमा राखेर घर्तिबालाई लिएर गए|
राति धेरै बेर सम्म आमालाई प्रस्न गरेँ
के भो, किन भो, कसरी भो,
आमा मेरो उत्तर दिँदा दिँदै निदाउनु भो।
उत्तर आउन बन्द भो।
म निदाइन ।
मेरो त्यो बुढो साथी!
मेरो दुनियाको बहादुर र कर्मठ मान्छे,
मेरो बाल्यकालको साथी, आज अचेत अबस्थामा गयो।
मलाई थाहा छैन अब के हुन्छ?
म भन्छु भोली त ठिक होलान नि!
तर खै!?
आज कति दिनभो खेत जोताई भएन,
किनकि घर्तिबा आएनन्।
म घरमुनिको ढिकबाट हरेक दीन
घर्तिबा आउने बाटो हेरी ….. रहेँ
खोला देखि पारीसम्म आँखा दौडाएँ
फेरि कतै देखिएनन् घर्तिबा!
म निराश घर फर्किन्छु।
हजार प्रश्न वर्षाऊँछु आमालाई
एक दिन उत्तर आयो;
घर्तिबा मरे ……………..!
अब उनि कहिले आउदैनन्?
आमाले भन्नु भो उनि माथि गए!
सँधैका लागी।
म आकाश तिर हेर्छु र
भन्छु घर्तिबा, म पनि आउछु है!
उत्तर आएन……………………………|
म निराश धर्ती तर्फै आँखा फर्काएँ।
Post Views: 73