सुरज पनेरु
सौरपानी, गोरखा
हाल सान फ्रान्सिस्को अमेरिका
टीका लगाएर सभापति बन्छन यहाँ
तव ठुला राजनीतिज्ञ भन्ने ठान्छन यहाँ
हर वाणीमा राजनिती तिनको
घर-घर राजनिती कै कुरा यहाँ
राजनिती बुझेको धेरै उसले
म पनि त लाटो छैन
कहाँँ को नियम हो हे नेताजी
साधारण सदस्य बन्न पनि
सभापतिको सिफारीस चाहिन्छ यहाँ
लेक बाट आएको लेकाली हुँ म
तर झिना मसिना नठान्नु मलाई
केही सत्य खोतल्न खोज्दा
पावरको ध्वाँस देखाउँछौ यहाँ