बसन्त श्रेष्ठ
भर्जिनिया, अमेरिका
१
मैले मिठो कल्पना गरेको बेला
आँखामा सुन्दर सपना आईदिन्छ
बिपनाको बेला मेरो सुन्दर सपना
भागी भागी हिड्छ
यहि कारण हो
म सुन्दर सपना नदेखु भन्छु
किन कि मलाई
मेरो सुन्दर सपना
बिपना भएको मात्र देख्न मन
लाग्छ मलाई !!!
२
पर पर बस्तीमा कतै बजेको
शहनाई को आवाजले
मेरो मन विक्षिप्त पारिदिन्छ
लाग्छ आज पनि कतै
कसैको प्रेयसी
पराई बन्न गइ रहे झैं लाग्छ ।।।