उनकै यादमा …….
देख्छु मेरै शृजन विविधा न्यानु दीप्ती प्रकाश
श्रद्धा गर्लान् प्रकटित नयाँ शील्पी ठानेर खास
श्रोतैलाई पनि कुलचने श्वार्थ धिक्कार कर्म
कस्तैगर्दा पनि नवुझने लाग्न थाल्यो अचम्म (१)
श्रद्धा गर्लान् प्रकटित नयाँ शील्पी ठानेर खास
श्रोतैलाई पनि कुलचने श्वार्थ धिक्कार कर्म
कस्तैगर्दा पनि नवुझने लाग्न थाल्यो अचम्म (१)
हेर्छु फर्की विगत सपना झै भयो के थियो र ?
मर्ने चोला कति कहिरहुँ खर्चिये के भयो र?
आशा मर्दै थकित मन शन्तुशष्टी गर्ने उपाधि
नाचुन् सारा भ्रमर रसमा फूलको वासपाई (२)
ईच्छा तृश्णा सव मरिसके जागरै छैन केही
शिल्पीउर्जा रहित भ्रमको खेति गर्दैन कोही
आफ्नुभन्ने मनविच रहे के थियो के थिएन
वग्ने पानी सरी मन दिए विर्सने स्रोत छैन (३)
शिल्पीउर्जा रहित भ्रमको खेति गर्दैन कोही
आफ्नुभन्ने मनविच रहे के थियो के थिएन
वग्ने पानी सरी मन दिए विर्सने स्रोत छैन (३)
स्वार्थी को हो म सरिरु यस लोकैभरी पाइदैन
ज्ञानि दानि अरुसरी कुनै भित्र मै देखिदैन ।
वोलि अड्र्क्यो मन मुटुभरी शव्द खुल्दैन केही
आखा डुल्छन् नरतकी सरी अर्थ खुल्दैन केही (४)
कवी धर्म राज कोइराला
“तिमीले उठ्नु पर्छ चेली “
नारी अस्तित्व खोसिएको, त्यो भुमिबाट उठौं !
आखामा उर्लिएका आँसुका छाल पुछेर उठौं !!
समाजले तिम्रो गर्भासयसंग बिरोध गर्दा !
थुप्रै असत्यहरुबाट एउटा सत्य ओकल्न उठौं !!
चिसो बोराको ओछ्यानमा, लाग्दोहोला कति डर !
तिम्रो रजस्वला संगै त्यो छाउपडी उघारेर उठौं !!
हुम्लाको त्यो बहुपति प्रथा बिर्सेको छैन आज पनि !
तराइको दाइजो र बोक्सीको निहुमा जल्न छोडी उठौं !!
नबिर्स बार्पाककी त्यो फूलमायाको कथा पनि !
महिला हिँसा र उत्पीडनलाइ पन्छाएर अब उठौं !!
लक्ष्मी परियार जस्ता कयौ चेली कुटिएरै मारिए !
अन्याय र कुसस्कारको बिरुद्दमा खम्बा भइ उठौं !!
तिम्रो नाङ्गो शरिर अनि भोको पेटको आलोचनासंग !
कयौं पटक बलात्कार त्यो मन च्यातेर अब उठौं !!
बिर्सेको छैन उमा सिंहलाइ पत्रकार भनेर मारेको !
अत्याचारको पोल खोल्दै , कलम तिखार्दै फेरी उठौं !!
दंदकालमा उजाडिएका ति हजारौ सिउँदोलाइ सोधी हेर !
रंगहीन ती चेलीहरुको फेरी बुलन्द आबाज बनेर उठौं !!
न्यायकै खोजीमा प्राण त्यागे नन्द प्रसाद अधिकारीले !
ढुकढुकी लिएर बाँचेकी गंगामायाको आवाज बनि उठौं!!
हाम्रै छोरी निर्मला स्वर्गबाट रुदै कति धिक्कार्दैछिन !
बलात्कारीको लिंग काट्न धारिलो हतियार लिइ उठौं!!
थाकेको अनुहार लिएर दशधारा रसाउने नारी हामी !
महिला हुनुमा गर्व मान्दै संसात्भारिका दिदीबहिनी उठौं!!
दिक्षा बस्नेत
महिला सम्योजक
NRN NCC of USA 2019-21
कवि दिक्षा वस्नेत