- समसामयिक
रमेश पोखरेल साहित्यिक सञ्चारकर्मी एवम् साहित्यकार हुन् । उनी समसामयिक विषयवस्तुमाथि गहिरो टिप्पणी गर्छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा बिउका लागि राखिएको धान बिउका लागि काम नदिने भएपछि खाल्डामा गाडिँदै गरेको घटनालाई विषय बनाएर समसायिक महत्वको फेसबुक स्टाटस प्रस्तुत गरेका छन् । सोही स्टाटसलाई यहाँ समसामयिक सामग्रीका रूपा प्रसतुत गरिएको छ ।
– सम्पा. |
चितवनमा सिफारिस गरिएभन्दा फरक जातको धानको बिउ ल्याएको भन्दै त्यो सम्पूर्ण बिउ खाल्डो खनेर गाडेको समाचार आजका पत्रिकाले छापे ! होइन के अचम्म ! त्यो धानको बिउ खाल्डैमा गाड्नुपर्ने थियो र ? हुन त त्यसमा विषादी हालिएको थियो भन्ने कारणले होला तर विषादी निर्मलीकरण गर्ने केही कुनै उपाय नै हुँदैन ? विषादी निर्मलीकरण गरेर खानयोग्य हुनसक्तैनथ्यो ? कृपया कृषि मन्त्रालयका विशेषज्ञले जबाफ दिनुपर्यो ।
भोखमरीको समस्या यति चर्काे छ, खाध्यान्न चैँ खालडोमा पुर्ने ?